2026 April 30/ 04:04: 14pm

    बनेपा/बनेपा नगरपालिकाको पाँचौ अधिबेशनको तेश्रो बैठकले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रम पास गरेको छ । 
    नगर प्रमुख लक्ष्मी नरसिं बादेले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मतले पास गरेपछि तयार गरेको बजेट उपप्रमुख रेखा सापकोटा दाहालले प्रस्तुत गरेकी थिईन् ।  

   उपप्रमुख रेखा सापकोटाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरु अनुपस्थित भएका थिए । ‘नीति तथा कार्यक्रममा उपस्थित भई सर्वसम्मत पास गरी वडा अध्यक्षहरुले सिफारिस गरेका वडागत योजनामा समेत भाग लिई जस्ताको तस्तै योजना छनौट गरिएको छ’–नगर प्रमुख लक्ष्मीनरसिं बादेले भन्नु भयो–‘दुईवटा बैठकमा उपस्थित भएर तेश्रो बैठकमा उहाँहरु अनुपस्थित रहनु भयो । योजना छनौट उहाँहरुकै सिफारिसका आधारमा गरिएको छ, नगर स्तरीय योजना भुगोल, जनसंख्याका आधारमा प्रदेश र संघ सरकारबाट विनियोजन गरेको रकममा नदोहोरिने गरी मिलाईएको छ ।’ नगर सभाबाट आर्थिक विधेयक २०७६, विनियोजन विधेयक, कार्यपालिकाबाट सिफारिस भएका विभिन्न प्रस्तावहरु पास भएका थिए । प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले बजेट तथा कार्यक्रम पास भएको जानकारी दिए ।     
    नगर सभाले आगामी आर्थिक वर्षमा गौरवका कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिएको छ । ‘म बनाउँछु मेरो बनेपा, मेयर पर्यटन प्रर्वद्धन कार्यक्रम, मेयर उत्कृष्ट शैक्षिक पदक, महिलासँग उपमेयर, प्रत्येक वडामा जेष्ठ नागरिक आराम तथा भेटघाट गृह निर्माण, प्राङ्गारिक उपजको प्रयोग गरौं, मेयर कप फुटबल, ‘जनतासँग मेयर’ जस्ता कार्यक्रम पास गरेको छ । ‘म बनाउँछु मेरो बनेपा’ भन्ने मूल नारालाई केन्द्रमा राखेर बनेपा नगरपालिकाको विकासलाई गति दिने बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ’– उपप्रमुख सापकोटाले बताईन् । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कुल ८८ करोड ६२ लाख ८७ हजारको बजेट प्रस्तुत गरिएको छ । कुल आयमा आन्तरिक आय ११ करोड ८८ लाख ७० हजार अनुमान गरिएको छ भने बाह्य स्रोतबाट ७६ करोड ७४ लाख १७ हजार अनुमान गरिएको छ । जस मध्ये वित्तीय समानिकरण अनुदान १६ करोड ४३ लाख, राजस्व बा“डफा“डबाट ९ करोड ९१ लाख, सशर्तत अनुदान २३ करोड १३ लाख, सामाजिक सुरक्षा तर्फ १० करोड र तरकारी तथा फलफूल मूल्य श्रृङ्खलामा २२ लाख समेत गरी नेपाल सरकारबाट ५९ करोड ६९ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फ वित्तीय समानिकरणबाट रु. १ करोड ८ लाख २३ हजार, राजस्व बा“डबा“डबाट २ करोड ९६ लाख ९४ हजार, सशर्त अनुदान १ करोड र  समपुरक अनुदान ३ करोड गरी प्रदेश सरकारबाट जम्मा रु. ८ करोड ५ लाख १७ हजार प्राप्त हुने अनुमान गरिएको छ । जिल्ला समन्वय समिति कोष तर्फबाटः रु. २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ ।  सडकबोर्ड नेपालबाट रु. ६० लाख र     मौज्दात रकम रु. ५ करोड ७० लाख हुने अनुमान गरिएको छ । 
    पू“जीगत खर्चतर्फ औजार उपकरण तथा मर्मत पू“जीगत रु. १ करोड ७५ लाख विनियोजन गरिएको छ । वडा स्तरीय योजना तर्फ कुल रु. ५ करोड ६० लाख विनियोजन गरिएको छ । विषयगत क्षेत्र पूजीगत तर्फ आर्थिक विकास अन्तर्गत खानेपानी तथा सरसफाईमा ५३ लाख, कृषि विकासमा ७४ लाख, पशुपन्छी विकासमा ४१ लाख, उद्योग विकासमा ३० लाख, सहकारी प्रबर्धनमा रु. १० लाख र पर्यटन प्रबर्धन पूर्वाधार विकासमा २० लाख गरी आर्थिक विकास अन्तर्गत कुल रु. १ करोड ७५ लाख विनियोजन गरिएको छ ।  सामाजिक विकास तर्फ शक्षा तर्फ ८३ लाख ३५ हजार, संस्कृति संरक्षणतर्फ रु. ७६ लाख पचास हजार, स्वास्थ्य तर्फ रु. ८६ लाख, युवा तथा खेलकुद तर्फ रु. २० लाख, महिला, बालबालिका तथा अपाड्ड क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. २० लाख, जनजाती क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. ७ लाख र दलित क्षमता अभिवृद्धि कार्यक्रम तर्फ रु. १० लाख समेत गरी सामाजिक विकास तर्फ कुल रु. ३ करोड ५५ लाख ८५ हजार विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ नगर स्तरीय योजनाका लागि रु. ८ करोड २८ लाख, बैकल्पिक उर्जा तर्फ रु. ११ लाख, भवन आवास  तथा शहरी विकासमा रु. २० लाख गरी पूर्वाधार विकास तर्फ रु. ८ करोड उनान्साठी लाख विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन तर्फ कुल रु. ७५ लाख विनियोजन गरिएको छ ।
    त्यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५ लाख विनियोजन गरिएको छ । नगर स्तरीय मागमा अधारित योजना तर्फ  १ करोड ४० लाख विनियोजन गरिएको छ ।  सडक बोर्ड तर्फ रु. ९० लाख विनियोजन गरिएको छ । समाजिक सुरक्षा कार्यक्रम तर्फ १० करोड विनियोजन गरिएको छ । प्रदेश समपुरक अनुदान तर्फ रु. ६ करोड विनियोजन गरिएको छ । जिल्ला समन्वय समिति कोष मार्फत प्राप्त हुने कार्यक्रमका लागि रु. ५ करोड ५ लाख विनियोजन गरिएको छ । सशर्त अनुदान तर्फका कार्यक्रमका लागि रु. २४ करोड १३ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनमा रु १ करोड ९ लाख  ९४ हजार विनियोजन गरिएको छ ।