- २ अरब ५१ करोड आय
- ६० प्रतिशत मात्रै खर्च, करदाता थपिदै
धुलिखेल/२ अरव ५१ करोड ४ लाख २० हजार ८ सय ७८ रुपैया ७२ पैसा संघ र प्रदेश तहमा राजश्व संकलन भएको छ । स्थानीय सरकारले संकलन गरेको राजश्वको विवरण प्राप्त भएको छैन । पुँजीगत तर्फ ६०.६६ प्रतिशत मात्रै खर्च भएको कार्यालयले जानकारी दिएको छ ।
संघ सरकारका लागि २ अरव ३५ करोड २३ लाख ३७ हजार ५ सय ८२ रुपैया ७१ पैसा राजश्व संकलन भएको छ । असार ३१ गते एक दिनमै ८९ करोड २ लाख ८१ हजार ४ सय ६१ रुपैया राजश्व संकलन भएको छ । केन्द्रिय सरकारको कोषबाट १२ अरव ९५ करोड ३० लाख ८ हजार १ सय ६६ रुपैया खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकका अनुसार असार ३१ गते एक दिनमा ५ करोड १५ लाख ९० हजार ७ सय ६९ रुपैया खर्च भुक्तानी गरिएको छ । प्रदेश सरकारको कोषमा असार ३१ गतेसम्म १ करोड ६१ लाख ८७ हजार १ सय २० रुपैया जम्मा भएको छ । असार मसान्तको दिन ३४ लाख १५ हजार ९ सय ७८ रुपैया जम्मा भएको थियो । चालु र पुँजीगत खर्च गरी प्रदेश अन्र्तगत विनियोजन गरिएको बजेटमा ८८ करोड ८६ लाख २८ हजार ३ सय ६८ रुपैया खर्च भएको छ । असार ३१ गते १७ करोड ९० लाख ७८ हजार ६ सय ३९ रुपैया भुक्तानी गरिएको छ । स्थानीय सरकारले भुक्तानी गरेको रकम यसमा संलग्न गरिएको छैन । प्रदेश र संघ सरकारको गरी असार मसान्तको दिन १८ करोड २४ लाख ९४ हजार ६ सय १७ रुपैया भुक्तानी भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
प्रदेश अन्र्तगत रहेका डिभिजन वन कार्यालय, शहरी विकास तथा भवन कार्यालय, स्वास्थ्य कार्यालय, भूमिगत जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा तालिम केन्द्र, सार्वजनिक निर्माण कार्यान्वयन इकाई प्रदेश नम्वर ३, कृषि ज्ञान केन्द्र, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला आर्यर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय र मसलाबाली विकास केन्द्रले आम्दानी रकम जम्मा गरिदिएका छन् । जिल्लामा १३ वटा कार्यालय प्रदेश मातहत छन् । ३१ वटा संघ सरकार मातहत रहेका कार्यालयहरुले पनि आम्दानी रकम बैकमा जम्मा गरिदिएका छन् । स्थानीय तह बाहेक प्रदेश र संघ मातहत ४४ वटा कार्यालय जिल्लामा कार्यरत छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार संघ, प्रदेश रस्थानीय सरकार अन्र्तगत खर्च हुन नसकेको रकम चालु तर्फ २ अरव ९४ करोड ३ लाख ७२ हजार ६ सय ४९ रुपैया रहेको छ भने पुँजीगत तर्फ २ अरव १६ करोड ८८ लाख ९३ हजार ८ सय ५० रुपैया रहेको छ । स्थानीय सरकारको पुँजीगत खर्च कति खर्च हुन सकेन विवरण प्राप्त भएको छैन । चालु तर्फ २ करोड ७६ लाख ८७ हजार ७ सय रुपैया खर्च हुन सकेको छैन । कुल ५ अरव १० करोड ९२ लाख ६६ हजार ४ सय ९९ रुपैया खर्च हुन सकेको छैन । पुँजीगत तर्फ ६०.६६ प्रतिशत मात्रै खर्च भएको कार्यालयले जानकारी दिएको छ । प्रदेश सरकारको ४७.८४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । संघ सरकारको ६६ प्रतिशत खर्च भएको छ । भुकम्पबाट प्रभावित लाभग्राहीहरुको अनुदान निकासा ६६.२३ मात्रै खर्च भएको छ ।
थपिदै करदाता
गत आर्थिक वर्षको अन्त्यसम्ममा ४६ हजार २ सय ७४ जना करदाता कायम भएका छन् । कर कार्यालय धुलिखेलमा ब्यक्तिगत प्यान नम्वर लिनेहरुकोे संख्या ६ हजार ८ सय ४४ पुगेको छ । सरकारले साउन १ गतेबाट तलव भुत्तानीका लागि अनिवार्य प्यान नम्वरको ब्यवस्था गरे सँगै प्यान लिनेहरुको भिड लागेको छ । ब्यापारीक तर्फ ११ हजार ६ सय २७ जना करमा समावेश भएका छन् । आर्थिक वर्ष २०७४÷२०७५ मा मात्रै ९ हजार ८ सय ९८ जना करदाता थपिएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा रहेको कर कार्यालयले रामेछाप, सिन्धुली, दोलखा, काभ्रेपलान्चोक जिल्लालाई सेवा प्रदान गरेको छ ।





