2026 April 21/ 09:27: 23am

श्रीखण्डपुर/सेन्टलम एल्बम एकेडेमीमा  युकेजीका ४५ जना विद्यार्थीलाई दिक्षित गरिएको छ ।
            दिक्षित समारोह विद्यालय संचालन समितिका सचिव ईश्वर महाजुको प्रमुख आतिथ्यतामा तथा प्राईमरी ईन्चार्ज श्रृजना बुढाथोकीका सभापतित्वमा भएको थियो । 
कार्यक्रमका प्रमुख अतिथी महाजुले प्रविधिको विकास सगै विद्यार्थीहरुलाई शिक्षा प्रदान गरेको बताए । महाजुले विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको तर्फबाट कुनै कसुर बाँकी नराखिएको तर अभिभावकले पनि आफ्ना बालबालिकालाई विशेष ध्यान दिएर पढाईको गुणस्तर बारे सल्लाह र सुझाव दिनु पर्ने बताए ।  
            विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले विद्यार्थीहरुलाई सम्मानसँगै दीक्षित गर्ने संस्कृतिको विकासले उनीहरुमा आत्मबल बढ्ने बताए । यस्ता कार्यक्रमले पढाईमा पनि सकारात्मक प्रभाव पार्ने बताए । बढ्दो प्रतिस्पर्धाका बीच विद्यालयले विभिन्न कार्यक्रमहरु गर्दे अध्यापन गराउँदै आइरहेको र आगामी दिनमा समेत निरन्तरता दिइने ज्ञावालीले बताए ।  
दिक्षान्त समारोहमा संचालक पदमसुन्दर श्रेष्ठ, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र सञ्चारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रममा  स्वागत मन्तब्य सरला नेपालले गरेकी थिईन भने सञ्चालन शिक्षिका सोविता हुमागाईंले संचालन गरेकी थिईन् । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुती गरेका थिए ।