‘चेष्टा’ को गौरवपूर्ण रजत वर्ष
मोतीराम तिमल्सिना
कार्यकारी सम्पादक
‘असल समाज निर्माणका लागि सत्य समाचारको सम्प्रेषण’ भन्ने मुल उदेश्य लिएर शुरु भएको चेष्टा साप्ताहिक पत्रिकाले २५ वर्षे यात्रा तय गरेको छ । प्रदेश नम्वर ३ को राजधानीका लागि प्रस्ताव गरिएको, विकास र अवसरका हिसावले सम्भावना नै सम्भावनाले भरिएको काभ्रेपलाञ्चोक जिल्ला सांस्कृतिक, सामाजिक र आर्थिक रुपले सम्पन्न हुने तरखरमा छ । दुईवटा प्रमुख राजमार्ग मार्फत दुई मुलुक चीन र भारतसँग जोडिएको र केन्द्र समेत रहेको काभ्रेपलाञ्चोक जिल्लामा यतिखेर २५ वटा साप्ताहिक, १० वटा एफ एम र ७ वटा अनलाईन नियमित प्रकाशन प्रसारण भईरहेका छन् । जिल्लाबाट संचालन भएको टिभी राजधानी सरेको छ भने दैनिक पत्रिका बन्द भएका छन् । यो प्रतिस्पर्धात्मक अवस्थामा हामी हामी गौरवपूर्ण इतिहासको रजत वर्ष कार्यक्रम मनाउन सफल भएका छौ । मोफसलमा रहेर २५ वर्षे यात्रा तय गर्नु् आफैमा चुनौती त छँदैछ त्यसमा पनि राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशन भएको साप्ताहिक पत्रिकाले २५ वर्षे यात्रा तय गर्नु खुशीको कुरा हो ।
२०५१ साल असोज महिनामा विचार प्रधान मासिक पत्रिकाका रुपमा चेष्टा प्रकाशन शुरुवात भएको थियो । २०५० साल भदौ ३० गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पहिलो नम्वरमा दर्ता भएको चेष्टा प्रजातन्त्र प्राप्ती पछिको जिल्लाको पहिलो पत्रिका हो । जिल्ला हुलाक कार्यालयमा २०५५÷२०५६ मा दर्ता भएको चेष्टा साप्ताहिकले प्रकाशनहरु संचार र प्रविधिको अभावमा पाठकहरुलाई हुलाक मार्फत पठाउने गरेको थियो । समाजमा भएका विभिन्न घटनाक्रम र समस्याहरुलाई उजागार गर्न सक्छ भन्ने उदेश्यले पत्रिकाको नाम चेष्टा रहेको थियो । नाम अनुसारको काम गर्ने गरी असल समाज निर्माणका लागि सत्य समाचारको सम्प्रेषण भन्ने मुल नारा बनाई पत्रिका प्रकाशन निरन्तर भईरह्यो । निरन्तर प्रकाशनले २५ वर्षे यात्रा तय गरेको छ । ३० पृष्ठको एक हजार प्रति निकाल्ने अनुमति प्राप्त गरेको पत्रिकामा केशवप्रसाद बडाल सम्पादक रहने गरी दर्ता भएको थियो । विदुरप्रसाद सापकोटा प्रकाशक रहेर दर्ता भएको पत्रिका प्रकाशनको पहिलो अकंमै प्रकाशक÷सम्पादक विदुर सापकोटा, कार्यकारी सम्पादक गोकुल बास्कोटा र कार्यालय सहयोगी प्रचण्ड बञ्जारा रहनु भएकोे थियो । केशव बडाल सल्लाहकार, नारायण पाण्डे कानुनी सल्लाहकार र गोकुल गौतम बजार ब्यवस्थापकको रुपमा हुनुहुन्थ्यो । बनेपा तीनदोबाटोमा कार्यालय समेत रहेको पत्रिकाको पोस्ट बक्स नम्वर ६०५९ काठमाडौ थियो । क्रियटिभ कम्युटर सर्भिसमा कम्युुटर गरी आइडियल डिजाईनर्समा डिजाईन गरिएको उक्त अंक बाणी अफसेट प्रेस टेकुमा छापिएको थियो । ३० पृष्ठ नै प्रकाशन भएको पत्रिकाको कभर रंिगन थियो । मुल्य रु १२ राखिएको मासिक पत्रिकामा विशेषगरी राजनीतिक विषय बस्तुका विचार र समाचारलाई प्राथमिकता दिईएको थियो । २०५६ कार्तिक ११ गते विहिबार देखि पत्रिकाले साप्ताहिक आकार ग्रहण ग¥यो । अशोक ब्याञ्जु प्रकाशक, भोजराज तिमल्सिना सम्पादक र हरिगोपाल प्रधानाङ्ग ब्यवस्थापक रहेका थिए । पोस्ट बक्स नम्वर ५१४ रहेको पत्रिकाको कार्यालय बनेपा ६ बसपार्कमा रहेको थियो । टेलिफोन समेत राखी ब्यवस्थित रहेको कार्यालयको कम्युटर लेआउट दिपेन्द्र बादे÷किरण श्रेष्ठले पेसिफिक कम्युटरमा गर्दै आउनु भएको थियो । कमलादी अफसेट प्रेस बानेश्वर छापाखाना रहेको त्यतिबेलाको अवस्थामा पत्रिका निरन्तर प्रकाशनका क्रममा केहि कम्युटर अपरेटहरु परिवर्तन भएका थिए भने मुद्रण पनि परिवर्तन गरिएको थियो । बनेपाबाट हरेक राति काठमाडौसम्म पुगेर नियमित पत्रिका प्रकाशन गरी बनेपा फर्कनु कम्ति चुनौती थिएन ।
२०५९ जेष्ठ १५ गते भोजराज तिमल्सिनाले सम्पादकबाट दिएको राजिनामा स्विकृत गरी प्रकाशक अशोक ब्याञ्जु सम्पादकको समेत जिम्मेवारीमा रहनु भयो । २०५७ कार्तिक २४ गते देखि मैले चेष्टा साप्ताहिकमा कार्य प्रारम्भ गरेको थिएँ । २०६६ मसिंर २५ गते देखि कार्यकारी सम्पादकको भूमिकामा कृयाशिल छु । २०५९ मसिंर २६ गते देखि रामशरण बजगाईलाई कार्यकारी सम्पादकको जिम्मेवारी प्रदान गरिएको थियो । त्यो अवधीमा चेष्टा पत्रिकाको निरन्तरताका लागि धेरै ब्यक्तिहरुको योगदान रहेको थियो । जसको स्मरण स्मारिकामा गरिएको छ । चेष्टा साप्ताहिकमा पुरानै टिम केहि बाहेक अधिकांश कृयाशिल हुनुहुन्छ । चेष्टाले २०५७ कार्तिक १७ गते, २०६३ असोज ५ गते, २०६५ कार्तिक ११ गते र २०६६ कार्तिक ११ गते विशेष स्मारिका प्रकाशन गरेको छ । जिल्लामा यस्तो स्मारिका प्रकाशन गर्ने पत्रिका पनि चेष्टा पहिलो पत्रिका हो । प्रेस काउन्सिल नेपालले गर्ने पत्रपत्रिका बर्गिकरणमा २०५८ साल देखि निरन्तर रहँदै आएको चेष्टाले २०६५ साल देखि क श्रेणी कायम गर्न सफल भयो । मोफसलमै पहिलो क श्रेणीको साप्ताहिक पछिल्लो बर्गिकरणमा क्षेत्रिय स्तरको जिल्लाकै एक मात्र क श्रेणीको पत्रिकाका रुपमा स्थापित हुन पुग्यो ।
सुचना र संचार सत्य र तथ्यमा आधारित भएन भने सामाजिक जीवनको हरेक पक्षको उदेश्य परिपुर्ति संभव हुदैंन । आजको युगको लाभ र सुनिष्चितता सुचनाको सही सम्प्रेशणद्वारा नै लोक कल्याणकारी समाजको प्रत्याभुत गर्न सकिन्छ । समाजको हरेक तह र तप्का पारदर्शीता, जवाफदेहिता र उत्तरदायी बन्न नसक्दा आजको नेपाली समाजको हरेक पक्ष गतीहीन र उपलव्धी हिन बनेको सर्वबिदित्तै छ । राज्य, शाशन प्रक्रिया, राज्य संयत्रका राजनितीज्ञ, कर्मचारीतन्त्र र लाभकारी जनता समेत आफुले पाउँदा विधि र प्रक्रिया भन्दा पनि बल र चाप्लुसीबादमा आधारीत भै रहेको अवस्थामा त्यसको तिखो आलोचना गर्न सकिएन र गरिएन भने हजारौ वर्ष देखिको यो गलत प्रवुत्तिको अन्त्य हुन सक्दैन र हामीले खोजेको समृद्द समाज निर्माण हुन सक्दैन । तर्सथ देशको शासन प्रणाली जस्तो छ त्यस्तै जीवन पद्दत्ति बन्न बनाउन सके मात्र विधीको शासन कायम रहन्छ । विधीको शाशन बिनाको आजको युगको सार्मथ्य असम्भव र गतिहीन हुनेछ ।
स्वतन्त्र पत्रकारिता मािथ राज्य र शशस्त्र समुहहरुबाट तथा अन्य विभिन्न क्षेत्रबाट भएको आक्रमणका प्रयासका बाबजुत पत्रिकाको निरन्तरता चुनौतीकै विषय थियो । शक्तिको मात र हतियारको कर्कश आवाजले मानिसहरुको स्वतन्त्र मस्तिष्कलाई दास बनाउने एउटा अध्याय चलेको थियो । त्यो टिकेन र टिक्न सक्दैनथ्यो पनि । खासमा चेष्टाको मान्यताको दार्शनिक पक्ष यहि थियो र कालान्तरमा यो विजयोन्मुख पनि छ । राजाको प्रत्यक्ष शासनमा प्रशासनबाट खेप्नु परेको धम्की र शशस्त्र द्वन्द्वका केहि गलत प्रस्थापनहरुले दिएका मनोवैज्ञानिक अवयवहरुलाई आम पत्रकारिता भन्दा ज्यादा नै भोग्नु प¥यो चेष्टाले । त्यसले हामीलाई विचलित बनाएको मात्र होइन, हरेक शक्तिका पछाडि उसको विजयको प्रशंसक बनेर रङ बदल्ने रहर पनि जगाएन । राजनीतिक दम्भहरुका पहाड माथि प्रहार गर्दा अलोचक र प्रशंसक दुवै पंक्ति आर्जन हुनु स्वभाविकै हुन्छ । कालो–सेतो दुवै उस्तै हुन् भन्ने सम्प्रेषण गरेर सबैको प्रिय हुने धन्दा पनि चलाएनौं हामीले ।
आम पत्रकारिताको संसारतर्फ ध्यान पु¥याउने हो भने देखिन्छ – अप्राकृतिक आग्रहहरु र बल प्रयोगहरु चेतनाको विकास सँगै भेटिदै जान्छ । मानव चेतनाको अभिव्यक्तिलाई थुन्न खोज्ने जुनसुकै झण्डा ओडेका होउन् यो उनीहरुको युग होइन । चेष्टाले समकालीन समाजमा गरेको वकालत पनि यहि हो । समाजमा हरेक अङ्गहरुका संचालक जनता हुन् । अहिले जसले पनि आफ्नो आकांक्षा पुरा गर्नु प¥यो भने जनताले नै फैसला गर्ने विधिलाई मान्नु पर्छ । जनताको सहभागितामा सम्पन्न क्रान्तिको सन्देश र त्यसले प्राप्त गरेको संविधान, संविधान विपरीत जाने शक्तिहरुलाई खबरदारी गर्नु हाम्रो दायित्व ठानेका छौ हामीले । हामी कुनै अमूर्त जनताको कुरा गर्दैनौ । प्रत्यक्ष रुपमा जनता आफैं सहभागी भएर खोजिने निकासको वकालत गर्नु हाम्रो अखबारी दायित्व हो । यसलाई नै जनताको सेवा ठानेका छौं हामीले । अभियानमा साथ दिने सबैमा आभार प्रकटगर्न चाहन्छौं ।





