बनेपा/पूर्व संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता, नेकपा केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले गरेको आक्रमणको विभिन्न क्षेत्रबाट खेद र भत्र्सना गरिएको छ ।
सरकारको खम्बाका रुपमा रहेका मन्त्री बास्कोटालाई माफियाको समुहले आफ्नो स्वार्थ पुरा नभए पछि विभिन्न प्रयोजनमा ब्यक्त गरेका भनाईहरुलाई प्रविधिको माध्यमबाट अडियो तयार गरी चरित्र हत्या गरिएको थियो । मन्त्री बास्कोटाले नैतिकताका आधारमा आफु माथी प्रश्न उठेसँगै राजिनामा दिई छानविनका लागि मार्ग प्रशस्त गर्नु भएको थियो । पुर्व मन्त्री बास्कोटाले अडियो बनाई सार्वजनिक गर्ने मिश्र विरुद्ध मानहानीको मुद्दा दर्ता गर्नु भएको छ । मिश्रले भने जस्तो मन्त्री बास्कोटाले मागेको भनिएको कमिसनका लागि स्विस कम्पनीसँग सुरक्षण मुद्रण प्रेसका लागि छलफल र प्रकृया समेत शुरु नभएकाले बास्कोटा निर्दाेष भएको पुष्टी भएको थियो । सुरक्षण मुद्रणका लागि विभिन्न मन्त्रालयका कागजात छाप्ने एक वर्षको शुल्क सहित २३ अर्ब मात्रै जर्मन र फ्रान्सले प्रस्ताव गरेका छन् । जसमा ६ वटा मन्त्रालयका सह सचिवहरु सहितको कमिटी छ ।
मन्त्री पदबाट राजिनामा दिएका बास्कोटाको शक्तिलाई क्षयिकरण गरी मानसिक, शारिरिक र भौतिक रुपमा सखाप पार्ने उदेश्यले बुधबार विहान बिहान ७.५० बजे मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पु¥याएको थियो । उक्त घटना प्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गर्दै आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्नु भएको छ । अध्यक्ष प्रचण्डले घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आतंककारी समुहले गराएको अपराधिक घटनाको राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक विक्रम चौलागाई र सह संयोजक राजकुमार श्रेष्ठले विज्ञप्ती प्रकाशन गरी भत्र्सना गरेका छन् । अनेरास्ववियु केन्द्रिय समितिका संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङले विज्ञप्ती जारी गरी भत्र्सना गरेका छन् भने जिल्ला संयोजक उपेन्द्र शर्मा र सह सयोजक युवराज लामाले विज्ञप्ती प्रकाशन गरी भत्र्सना गरेका छन् ।
मन्त्री बास्कोटाको नीजि निवासलाई लक्षित गरी गराईएको घटनाको मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, दलका भातृ संगठन तथा तिनका नेता कार्यकर्ताहरु, शुभेच्छुकहरु, जिल्लाबासीहरु सबैले निन्दा गरेका छन् । मन्त्री बास्कोटालाई ढाडस दिदै भनेका छन्–‘ बमले घर भत्काउन सकौला तर गोकुल बास्कोटाप्रति काभ्रेलीजनमा रहेको आशा, बिश्वास र भरोसा भत्काउन सक्दैनौं । कायरहरु’





