2026 August 10/ 11:18: 07pm

भिम न्यौपाने
प्रमुख पदका उम्मेदवार
पनौती नगरपालिका

स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा एमाले पनौतीका प्राथिकताहरु के हुन् ? 
    आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले यस अघि २०७४ मा ब्यक्त गरेका प्रतिवद्धताहरुको निरन्तरता पनि छ । केहि नयाँ थप छन् । धेरै प्रतिवद्धतापत्रहरुको कार्यान्वयन भईसकेको छ । केहि प्रकृयामा छन् । स्थानीय पूर्वाधारको समुचित विकासः पनौती नगर विकासको मूल आधार, पनौतीमा गुणस्तरीय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधार, स्वस्थ, सफा, हरियाली, सुन्दर साँस्कृतिक पनौतीः स्वस्थ, सुखी र खुशी पनौती नगरवासी, कृषि, सहकारी, उद्योग, संस्कृति र पर्यटनः पनौतीबासीको आर्थिक समृद्धिको ठोस आधार, सामाजिक न्याय, सुशासन र मानवअधिकारः पनौती नगरको खास पहिचान, सीप, ज्ञान, रोजगारी सहितका जिम्मेवार युवाः समृद्ध पनौतीका आकर्षक गहना, उचित संरक्षण गरिएका बालबालिका र वृद्धवृद्धाः पनौती नगरको वैभव अथाह रहेको छ । हामी यि विषयलाई  प्राथमिकतामा राखेर काम गरिरहेका छौं । 
    
विषयगत प्राथमिकता के के हुन् ? 
    हामीले     स्थानीय विकास र पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायतका विषयलाई थप प्राथमिकतामा राखेका छौं । पर्याप्त स्थान र सुविधाहरुसहितको बसपार्कको व्यवस्थापनलाई पाहिलो प्राथमिकतामा राखी कार्य अगाडी बढाइनेछ । मानेश्वरी स्थित बसपार्कलाई प्रस्थान र आगमन तथा पनौती भ्रमणमा आउने पाहुनाहरुको लागि आवश्यक जानकारी दिने सूचना केन्द्रको रुपमा स्थापित गरिनेछ । वडाका प्रमुख केन्द्रहरुसम्म पुग्नेगरी सडकहरुलाई  कालोपत्रे वा ढलान गरी पक्की बनाइनेछ । पुण्यमाता, रोशी, लिलावती,  सुडीखोलाहरुको दायाँ वायाँ करिडोर निर्माण गरिने छ । घनावस्ती भएका स्थानहरुमा भारीमालबाहक सवारीसाधनहरुको लागि छुट्टै सडकको व्यवस्थागरिनेछ । महालक्ष्मी नगरपालिका, धुलिखेल नगरपालिका तथा नमोवुद्ध नगरपालिकासंग समन्वय सहकार्य गरी लाँकुरीभन्ज्याङ तथा नमोवुद्धमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाइनेछ । बनेपा–पनौती–खोपासी–कामीडाडा–फापरवारी–हेटौडा सडकलाई संघ÷प्रदेश सरकारसंग समन्वय गरी बैकल्पिक राजमार्गको रुपमा विकसित गरिनेछ । 
    ग्वार्को–लाँकुरीभन्ज्याङ–पनौती–दाहालटार–चौकीडाडा–कटुन्जेवेशी सडकलाई संघ÷प्रदेश सरकारसंग समन्वय गरी बैकल्पिक राजमार्गको रुपमा थप व्यवस्थित गरिनेछ । पनौती–खोपासी–ढुंखर्क–मिल्चे–बोराङ–फापरवारी सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी निर्माण तथा स्तरोन्नती गरिनेछ । पनौती–महेन्द्रज्योती–बासडोल–भैसेपाटी–बनेपा सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । खोपासी–बल्थली–टोड्के–भुग्देउ सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । नागेचौर–सल्मिटार –बल्थली –भुग्देउ सडकलाई संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । ढल्मले–हुलाक– काठमाडौ युनिभर्सिटी हाइ स्कुल – धुलिखेल सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । पनौती मल्पी रोशी जोरघट्ट, गुर्दुम, पुछारी सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । लामाबगर पुल – कलाती – मगरगाउँ – पार्थली – ढुंखर्क सडकलाई संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । चाम्लेबजार–घिमिरेगाउ–भंगेरी–बासडोल भैसेपाटी बनेपा सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । चालिसे– नयागाउ –फुलचोकी सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । चालिसे–चामखर–बाँसडोल–साँगा सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी निर्माण गरिनेछ ।
    ढाडाचौर–बुढापोखरी–रानीकोट सुर्यविनायक सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । मानेदोभान–मुरलीखोला–रानीकोट–भक्तपुर सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी स्तरोन्नती गरिनेछ । मानेदोमान–खानीखोला–फूलचोकी पर्यटकीय सडक निर्माणको कार्यलाई संघ÷प्रदेश सरकारसंग समन्वय गरी अगाडि बढाइनेछ । मानेदोभान स्थित फूलचोकी मन्दिरको म्एच् तयार गरी मन्दीर निमार्ण गरिनेछ । मदन भण्डारी प्रौधोगिक विश्वविद्याल निर्माणको कार्य अगाडि बढाउन संघ÷प्रदेश सरकारसंग समन्वय गरिनेछ । बोक्सेदह–घिमिरेगाउ–नयापुल–आशापुरी–भक्तपुर सडक संघ÷प्रदेश सरकारसंग समन्वय गरी निर्माण तथा स्तरोन्नती गरिनेछ । कम्तिमा ३ हजार जनाको क्षमताको पनौती नगरभित्र एक आधुनिक सभाहल निर्माण गरिनेछ ।
    शिक्षण सिकाई क्रियाकलापलाई बालमैत्री, प्रविधिमैत्री, २१ औ शताव्दी सुहाउँदो तुल्याई पनौती नगरपालिकालाई गुणस्तरीय शिक्षाको हवको रुपमा विकास गरिनेछ । सबै विद्यालयहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन प्रोत्साहन, क्षमता विकास र अनुगमनलाई प्रभावकारी बनाइनेछ । सवै सामुदायिक विद्यालयहरुको पूर्वाधार (भवन, कक्षाकोठा, फर्निचार आदि) लाई बालमैत्री, सुरक्षित, भयरहित र आकर्षक रुपमा विकास, निर्माण तथा सुधार गरी सुविधायुक्त तथा आकर्षक शैक्षिक वातावरणको विकास गरिनेछ । आगामी ५ बर्षमा कम्तिमा ४ वटा माध्यमिक तहका सामुदायिक विद्यालयहरुलाई अत्याधुनिक भौतिक पूर्वाधार सहितको नमुना विद्यालयको रुपमा विकास गरिनेछ । आगामी ५ बर्षमा कम्तिमा ४ वटा १–८ तहका आधारभूत विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिनेछ । आगामी ५ बर्षमा कम्तिमा ५ वटा १–५ तहका आधारभूत विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गरिनेछ । आगामी ५ बर्षमा कम्तिमा ५ वटा बालबिकास केन्द्रहरुलाई नमुना बालबिकास केन्द्रको रुपमा विकास गरिनेछ । नगरका सवै विद्यालयहरुमा रिस, तनाव, निराशा लगायतका दैनिक मानवीय जीवनका समस्या समाधान गर्ने उदेश्यले ध्यान, योग, संगित, नृत्य, नाटक, चित्रकला जस्ता क्रियाकलापहरुलाई प्रवर्दन गर्दै खुशी रहन सिकाउने पाठ्यक्रम र बालबालिकाहरुलाई पढ्दै कमाउदै भन्ने अवधारणालाई साकार पार्न उद्यमशीलता पाठ्यक्रम निर्माण गरी लागु गरिनेछ । 
    पनौती नगरपालिकामा निर्माणाधिन २५ सैयाको पनौती नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला, तथा विशेषज्ञ सेवा सहित ३ महिना भित्र सञ्चालनमा ल्याइनेछ ।  वडा नं ४ स्थित टौखाल स्वास्थ्य चौकी, वडा नं ७ स्थित पनौती स्वास्थ्य चौकी, वडा नं ९ स्थित सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं १२ स्थित कलाँती भुमिडाडा स्वास्थ्य चौकी भवनको यथाशिघ्र निर्माण सम्पन्न गरि संचालनमा ल्याइने छ र वडा नं ५ को चौकोट स्वास्थ्य चौकी, वडा नं ८ को मल्पी र ११ को बल्थली स्वास्थ्य चौकी सहित खरिबोट र सुब्बागाउँ शहरी स्वास्थ्य केन्द्रको जग्गा सहित सुविधायुक्त भवनको निर्माण गरिने छ्र सबै स्वास्थ्य संस्थाहरुको निर्माण सम्पन्न गरिने छ । सबै नगरवासीहरुको स्वास्थ्य बिमा गरिने छ । खोपासी र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा मार्फत औषधि बितरणका लागि ३ महिना भित्र फार्मेसी संचालनमा ल्याइने छ । स्वास्थ्य क्षेत्रका मेरुदण्ड महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकहरुका लागि क्षमता अभिवृद्धि तालिम कार्यक्रम संचालन गर्ने, मासिक प्रोत्साहन रकममा बृद्धी गर्ने, निशुल्क स्वास्थ्य बिमा, दुर्घटना बिमाको व्यवस्था गर्ने र अध्यान अवलोकन भ्रमण कार्यक्रम संचालन गरि प्रोत्साहित गरिने छ । उमेर हदका कारण ६० बर्षमा बिदाइ हुने महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई थप रकम उपलब्ध गराइने छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ओएनलएम सर्भे गरि भूगोल जनसंख्याका आधारमा स्वास्थ्य संस्था र स्वास्थ्य सेवाका जनशक्तिहरुको दरवन्दी समायोजन गरिने छ र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनको व्यवस्था गरि क्षमता अभिवृद्धि तथा वृत्ति बिकासको व्यवस्था गरिने छ । मानसिक रोगको डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न वडाहरुमा मासिक रुपमा मानसिक रोग बिशेषज्ञबाट मानसिक स्वास्थ्य क्लिनिक संचालन गरि परिक्षण, परामर्श, उपचार तथा निशुल्क औषधि वितरण  गर्ने र मनोसामाजिक परामर्शदाता नियुक्त गरि मानसिक समस्या रोकथाम तथा नियन्त्रणमा परिचालन गरिने छ । 
    एकीकृत खानेपानी आयोजनालाई ‘सर्वग्राहक एक सम्मान ’ भन्ने निति अनुरुप अधिकारीक जनता लाभान्वित हुने गरी सम्पन्न गर्न अधिकतम प्रयास गरिनेछ । एकिकृत खानेपानी परियोजना शुरु नहुने अवधिसम्म पानीको दिगो र स्वस्थ मुहान खोजि वैकल्पिक उपायको माध्यमबाट शुद्ध पिउने पानीको व्यवस्था गरिनेछ । उक्त आयोजनाले नसमेट्ने क्षेत्रहरुमा थप योजनाहरु मार्फत पानी उपलब्ध गराउने प्रबन्ध मिलाइनेछ । परम्परागत पानीका स्रोतहरुको पहिचान र अभिलेखिकरण संरक्षण गर्न आवश्यक बजेट व्यवस्थापन गरिनेछ ।     एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइनेछ र आगामी ५ वर्षभित्र सवै घरमा शुद्ध पिउने पानीको धारा पुर्याइनेछ । यस कार्यक्रमलाई व्यवस्थित बनाउन उपभोक्ता समितिहरुको गठन र सञ्चालन प्रणालीमा सुधारका लागि व्यवस्था गरिनेछ । खानेपानी स्रोत उपलव्ध नभएका स्थानहरुमा लिफ्ट लगायतका वैकल्पिक उपायहरुको खोजी गरी आवश्यक व्यवस्थापन गरिनेछ । त्यस किसिमका प्रणालीहरुमा सौर्य प्रणाली जडान गरि सञ्चालन गरिनेछ । सौर्य प्रणाली जडान नभएका ठाउँमा लिफ्ट प्रणालीबाट खानेपानी वितरण गर्ने उपभोक्ता समितिको विद्युत महसुलका लागि अनुदानको व्यवस्था गरिनेछ । सरसफाई सम्वन्धी आधारभूत अवधारणा बुझाउने किसिमका कार्यक्रमहरु तयार गरि सञ्चालन गरिनेछ । मेरो सहर म सफा गर्छु भन्ने कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरी सहरलाई प्रदुषण मुक्त बनाइनेछ । सरसफाइका लागि आवश्यक आधुनिक साधन र उपकरणको व्यवस्था गरिनेछ । व्यवस्थित ढल निकासको व्यवस्थापन गरिनेछ । सघन बस्ती भएका स्थानमा अग्र प्राथमिकतामा ढल निकासको विस्तार गरिनेछ । निर्वाहमुखि कृषि पेशालाई तालिम, परामर्श,अनुदान तथा आवश्यक सहुदियत सुविधाको माध्यमबाट व्यवसायिक कृषि तर्फ आकर्षित गरिनेछ । कृषि बिमा शुलभव्याजदरमा सहज कृषि कर्जा,कृषि उत्पादनको पहुँच, किसान र उपभोक्ता बिचको दुरी न्यूनिकरणका लागी आवश्यक गृहकार्य गरी कृषिलाई सम्मानित पेशा बनाइनेछ । एक वडा एक कृषि उपज संकलन केन्द्र निर्माण गरिनेछ । किसानहरुले उत्पादन गरेको कृषि उपजहरु सिधै उपभोक्तासम्म पुर्याउने कार्यको व्यवस्थापन गरिनेछ । नगर स्तरीय आधुनिक कृषि बजारको निर्माण गरी सञ्चालनमा ल्याइनेछ । 
    घरेलु उद्योग स्थापना गर्न चाहने युवाहरुका लागि विशेष प्राथमिकता दिने नीति लिइनेछ । स्वरोजगारीको लागि ठोस आइडिया सहितको प्रस्तावनाको आधारमा हरेक बर्ष कम्तिमा २५ जना युवाहरुलाई बीउ पुँजीको व्यवस्था गरिनेछ । विभिन्न प्रतिष्पर्धात्मक खेलकुदमा सहभागी खेलाडीहरुको मनोबल उच्च राख्नका लागि प्रोत्साहन भत्ता उपलव्ध गराइनेछ । विभिन्न खेलकुदका विषयगत क्लवहरुको क्षमता अभिवृद्धिको व्यवस्थापन गरिनेछ । १ टोल १ युवा क्लवको अवधारणा अगाडि बढाइनेछ । नियमित रुपमा विभिन्न विधाका खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । नगर स्तरीय युवा विकास कोष स्थापना गरि सञ्चालनमा ल्याइनेछ । नगर खेलकुद परिषद स्थापना गरिनेछ । नगरस्तरीय नाचघर एवं नाटकघर स्थापना गरिनेछ । स्थानीय स्तरमा उत्पादित वस्तुहरुबाट हुने लघु उद्योग स्थापनालाई प्रोत्साहित गरिनेछ । यस्ता उद्योग स्थापनाको लागि अनुदान र उद्योग दर्ता प्रमाणपत्रको आधारमा सहुलियत ऋणको व्यवस्था मिलाइनेछ । प्रत्येक टोलमा विपद पर्दा उद्वार गर्न चाहिने आवश्यक उपकरणहरु चुस्तदुरुस्त अवस्थामा राख्ने व्यवस्था गरिनेछ ।बढ्दो सहरीकरण सँगै बढ्दो आगोलागी लगायतका जोखिम निवारणका लागी ५ वर्षको अवधिमा कम्तिमा पनि २ वटा दमकलको व्यवस्था गरिनेछ । बाढी, पहिरो वा अन्य कारणले गर्दा सडक यातायात अवरुद्ध हुँदा सर्वसाधरणको उद्धारको लागी धेरै भन्दा धेरै पनौती वासिको पायक पर्ने स्थानमा कम्तिमा पनि ३ वटा हेलिप्याड बनाइनेछ । विपद व्यवस्थापनका क्रममा स्थानीय स्तर रहेका सुरक्षा निकाय र यस क्षेत्रमा काम गर्ने संघसंस्थासंग समन्वय गरी संयन्त्र निर्माण गरी परिचालन गरिनेछ । प्रत्येक टोलका इच्छुक युवाहरुलाई विपद व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिनेछ ।
    पनौती नगरपालिकाले आफ्नै एफ.एम रेडियो संचालन वा कुनै एफ.एम रेडियो संग सहकार्य गरी नगरपालिकाका योजना, कार्यक्रम र गतिविधि तथा नागरिकका कामकर्तव्य बारे सुचना तथा जानकारी दैनिक रुपमा प्रशारण गर्ने व्यवस्था मिलाइनेछ । साथै अनलाइन तथा वेबसाइट मार्फत पनि सूचना सम्प्रेषण गरिने छ । नियमित रुपमा नगरवासीहरुसँग टोलटोलमा नागरिक सुनुवाईको व्यवस्था गरिनेछ । नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयहरुमा सुझाव पेटिका राखी सुझाव लिने व्यवस्था मिलाइनेछ । नगरपालिका कार्यालयमा गुनासो तथा सूचना अधिकारीको व्यवस्था गरिनेछ । पनौती नगरलाई स्मार्ट सिटिका रुपमा विकसिति गरिने छ ।  नगरका सबै क्षेत्रमा टेलिफोन सेवाको व्यवस्था मिलाइने छ ।  नगर स्तरिय सुचना केन्द्रको व्यवस्था मिलाई एकद्वार प्रणालीबाट सुचना सम्प्रेषणको व्यवस्थापन मिलाइनेछ । स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धि गरिनेछ । स्थानीय न्यायिक समितिका निर्णयहरु यथासिघ्र कार्यान्वयन गराउने र त्यसको अनुगमन गर्ने संयन्त्रको विकास गरिनेछ ।