2026 August 09/ 09:33: 56pm

हरिकृष्ण दाहाल
शाखा प्रवन्धक
सेञ्चुरी कमर्सियल बैक, धुलिखेल

    विक्रम सम्वत २०४१ माघ ७ गते पिता सूर्यप्रसाद दाहाल र माता स्व.दमयन्ति दाहालको कोखबाट तीन छोरा र ३ छोरी मध्ये पाँचौं सन्तान कनिष्ठ सुपुत्रको रुपमा साविक ढुंखर्क गा.वि.स.वडा नम्वर ४, कुनेखर्क हाल बेथानचोक गाउँपालिका वडा नम्वर ३ मा जन्मेका हरिकृष्ण दाहालको बाल्यकाल सामान्य रुपमा वित्यो । सानै देखि पढाईमा अब्बल दाहालको निम्न माध्यमिक तह सम्मको शिक्षा स्थानीय कृष्णगोपाल माध्यमिक विद्यालय ढुंखर्क महाङ्कालस्थानमा भएको थियो । माध्यमिक तह पार्वती माध्यमिक विद्यालयबाट  विक्रम सम्वत २०५६ सालमा प्रथम श्रेणीमा विद्यालय प्रथम हुन सफल दाहाल दश जोड दुई काभ्रे बहुमुखी क्याम्पसमा अध्ययन गरि ब्यवस्थापन संकायको विहानी सत्रमा प्रथम हुन सफल भएका थिए । ब्यवस्थापनमा स्नातक काभ्रे बहुमुखी क्याम्पस बनेपाबाट र शिक्षा संकायको स्नातक बनेपा क्याम्पस काभ्रेबाट अध्ययन गरेका दाहालले स्तातकोत्तर नेपाल कमर्श क्याम्पसबाट गरेका थिए । विक्रम सम्वत २०६७ सालमा रीता गौतम प्रणय सुत्रमा बाँधिएका दाहालका १ छोरा छन् । 
    अध्ययन सँगै काममा रुचि राख्ने दाहालले वि.सं. २०५८ साल देखि २०६७ साल सम्म साविक पञ्चकुमारी उच्च माध्यमिक विद्यालय हाल बनेपा निष्ट कलेजमा वित्त ब्यवस्थापन प्रमुख तथा शिक्षकको रुपमा काम गरेका थिए । वि.सं. २०६९ साल देखि साविकको अरनिको डेभलपमेण्ट बैंक पनौती शाखाबाट ब्यवस्थापन प्रशिक्षार्थी रुपमा बैकिङ करिअर सुरु गरेका दाहाल साविक अरनिको डेभलपमेण्ट बैंक नालाका प्रमुख, हालको सेञ्चुरी कमर्सियल बैंक पनौती शाखा प्रमुख, बैंकको केन्द्रीय कार्यालयको बजार ब्यवस्थापन विभागमा रिलेशनसिप मेनेजर हुँदै हाल सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाका शाखा प्रबन्धक हुन् । दाहाल नेपाल स्काउट जिल्ला तदर्थ समिति काभ्रेका सदस्य, दाहाल बन्धु अध्ययन प्रतिष्ठानका संस्थापक, दाहाल प्रतिष्ठान बागमती प्रदेशका सहसचिव, नेपाल रेडक्रस सोसाईटीका आजिवन सदस्य र बेथानचोक जेसीज बर्ष २०२१ शाखा अध्यक्ष हुन् । दाहाल विभिन्न परोपकार  संस्था लगायत सहकारी संस्थामा समेत आवद्घ छन् । नेपाल जेसीजबाट विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त दाहाल नेतृत्व तथा ब्यतिmत्व विकास संगै जनसम्पर्कको अग्रस्थानमा रहि बैकिङ सेवामा आवद्घ छन् । चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिनाले दाहालसँग गरेको संक्षिप्त कुराकानी ।


– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको संक्षिप्त परिचय दिनुस न ?

    नेपालमा बैकिङ पहुँच नपुगेका ठाउँमा अधिकतम सूचना प्रविधीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्न “सरल बैंकिङ सबैको लागि” भन्ने मूल नाराका साथ वि.सं २०६७ पौष १८ गते स्थापना भई वि.सं. २०६७ फाल्गुण २६ गतेदेखि यस बैंकले वित्तीय कारोबार गर्दै आएको छ । हाल देशको ७ वटै प्रदेशमा १ सय २६ वटा शाखा, १० वटा एक्टेन्सन काउण्टर, २४ वटा शाखा रहित बैकिङ र १ सय ४ वटा एटिम मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ । बैकको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा रहेको छ । हाल बैंकको चुक्ता पूँजी करिब ९ अर्ब ३४ करोड रहेको छ ।
– काभ्रे जिल्लामा तपाईहरुले कति शाखा सहित सेवा प्रदान गर्दै आउनु भएको छ ?

    हाल काभ्रे जिल्लामा ७ वटा शाखाहरु धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, नाल्दुम नगरकोट र दोलालघाटबाट वित्तीय सेवा प्रदान गर्दे आएका छौं । बैंकको सेवा विस्तार गर्ने क्रममा बैंकिङ पहुँच नपुगेको ठाउँमा छिट्टै शाखा रहित बैकिङ मार्फत वित्तीय सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।
– लगानीका कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आउनु भएको छ ?

    सरल बैंकिङ्ग सबैका लागि भन्ने मुल नाराका साथ स्थापना भएकोले आमजनताले सहजरुपमा आधुनिक प्रविधिको साथमा सरल बैंकिङ सेवा दिने बैंकको लक्ष्य रहेको छ । लगानी तर्फ सेञ्चुरी बैंकको मुख्य प्राथमिकता साना, मझौला तथा रिटेल व्यवसायमा रहेको छ । कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्ने, विपन्न वर्ग क्षेत्र, महिला तथा युवाले गर्ने उद्यमशिलतालाई थप प्रोत्साहन गरिरहेका छौं । साथै अर्थ व्यवस्था अन्तर्गतका अन्य क्षेत्रमा पनि लगानी गर्दै आएका छौ ।

– बैंकले राष्ट्र बैंक अन्तर्गतका विभिन्न कार्यक्रमहरुलाई प्राथमिकता राखेर लगानी गर्ने गरेको छ छैन ? के छ अवस्था ? जस्तै महिला उद्यमशील कर्जा, कृषि, विपन्न वर्गमा गरिने लगानी ?
    राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा हुने गरी हामीले उत्पादनमूलक, सेवामूलक लगायत विभिन्न क्षेत्रहरुमा लगानी गर्दै आएका छौ । नेपाल आफैमा कृषि प्रदान देश भएको अधिकांश जनता प्रत्यक्ष परोक्षरुपमा कृषि र कृषिजन्य व्यवसायसँग आवद्ध भएकोले कृषि क्षेत्रमा लगानी बैंकको मुख्य प्राथमिकतामा छ । जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुको उद्यमशिलता विकास भएमा मात्रै देशको आर्थिक विकासले थप गति लिने भएकोले महिला उद्यमशिलता विकासमा हामी प्रतिबद्ध छौं । महिलाहरुले गर्ने व्यापार, व्यवसायलाई प्राथमिकतामा राखी लगानी गर्दै आएका छौं । साथै विपन्न वर्ग कर्जा लगानीमा समेत विशेष केन्द्रित रहेको छाँै ।
– संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि बैंक तथा वित्तीय संस्थाले कार्य गर्नु पर्ने पुरा गर्न राष्ट्र बैंकको नियम छ ? यो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा तपाईहरुले के कति कार्यक्रम गर्नु भयो ?
    बैंकको सामाजिक उत्तरदायित्व पुरा गर्न हामी निरन्तर लागिरहेका छांै । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद ,वातावरण लगायतका क्षेत्रमा गर्दै आएको छ । आम सर्वसाधारणले प्रतिफल पाउने र वित्तीय साक्षरता प्रवद्र्धन गर्ने खालका कार्यक्रममा हाम्रो जोड रहेको छ । धुलिखेल शाखाले विजयादशमीको अवसरमा ब्याच नम्वर २०६५ धुलिखेलको आयोजनामा प्रथम खुल्ला धुलिखेल फुटसल प्रतियोगिता २०७८ मा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको थियो । हालै मात्र चौरीदेउराली गाउँपालिका वडा नम्वर ४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहकावीच न्यानो कम्बल बितरण गरेका छौं । साथै आकाश भैरव क्लबले विगत ५ बर्षदेखि संचालन गर्दै आएको धुलिखेल मेयरकप फुटबल प्रतियोगीतालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न आर्थिक सहयोग गरि उतm कार्यक्रममा बैंकले प्रदान गर्दै आएको बचत तथा ऋणका कार्यक्रम झल्कने ब्यानरहरु प्रदर्शन गरेका थियौं ।
    वित्तीय साक्षरता बढाउने क्रममा हालसालै हामीले आदर्श विद्या मन्दिर बनेपामा वित्तीय साक्षरता कार्यक्रम गर्ने तयारीमा छौं । साथै काभ्रेमा थप संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने तयारीमा छांै । काभ्रे जिल्लामा सेञ्चुरी बैंकले बचत तथा ऋणका नाफामुलक ब्यवसाय मात्र नगरी समुदाय सँग सहकार्य गरि सामाजिक काम गर्ने पहिलो बैंकको रुपमा परिचित छ ।
– आधुनिक बैंकिङ्ग अन्तर्गतका स्किमहरु के कस्तो ल्याउनु भएको छ ?
    कोरोनाको लहर पछि सामाजिक दुरी कायम गर्नका लागि पनि आधुनिक र डिजिटल बैंकिङ्गको आवश्यकता बढेको छ । आज हरेक व्यक्तिको हातमा स्मार्ट फोन छ । जसले आधुनिक सूचना प्रविधिमार्फत डिजिटल बैकिंग कारोवार गर्न प्रोत्साहन गर्छ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी पे (मोबाइल बैंकिग), इन्टरनेट बैंकिग, क्युआर कोड, विभिन्न कार्ड सेवाहरु मार्फत वित्तीय सेवा संञ्चालनमा ल्याएको छ । यस्ता धेरै सुविधा सहजतापुर्वक उपयोग गर्न सकिन्छ । बैंकले सहज एवं सरल रुपमा न्युनतम शुल्कमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिषा डेविट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड आदि प्रदान गर्दै आएको छ । सेञ्चुरी पे एप्लिकेशन ग्राहकहरुले आफ्नो मोबाइलमा डाउनलोड गरि विभिन्न बैंकिङ्ग कारोबार सजिलै गर्न सक्नुहुनेछ ।
– तपाई बैंकिङ्ग क्षेत्रमा रहेर काम गर्दै गर्दा यस क्षेत्रमा लगानीको अवस्था र अवसर कुन क्षेत्रमा देख्नु भयो र कसरी हेर्नु भएको छ ?
    म विगत ९ बर्ष देखि बैंकिङ्ग क्षेत्रमा कार्यरत छु । मेरो व्यक्तिगत दृष्टिकोणमा भन्नु पर्दा नेपालको अर्थ व्यवस्था आयातमा आधारित छ त्यो पनि वस्तु तथा सेवा उपभोगका लागि, अधिकांश युवा वैदेशिक रोजगारीमा आवद्ध छन् रेमिटान्सले आयातको खर्च धान्दै आएको छ । हामीले आन्तरिक उत्पादन पूर्वाधारमा लगानी बढाउदै स्वदेशमा रोजगारी वृद्धि हुने क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनु पर्दछ ।
    –  बैंकिङ्ग कार्यक्रमहरुमा बचत तर्फ के कस्तो सुविधाहरु प्रदान गर्नु भएको छ साथमा अन्य सुविधाहरुको बारेमा पनि जानकारी गराइ दिनुहोला ?
    बचतको कुरा गर्दा अझै पनि जनमानसमा भोलीका लागि, उद्यम व्यवसायका लागि बचत गर्नु पर्दछ भन्ने सोचको कमी छ । सुरक्षित बचतका लागि बैंकमै बचत गर्नु पर्छ भन्ने जागरुकता छैन । बैंकले बालबालिकालाई बैकिंङ सेवाको विकास गर्न सेञ्चुरी बालबचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, रेमिटान्स बचत खाता लगायत विभिन्न प्रकारका बचत योजना संचालनमा ल्याएको छ । बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा उच्च ब्याज प्रदान गर्दै आएको छ । आजको बचत नै भोली आर्थिक सम्मुन्नतीको आधार हो । निक्षेप प्रोत्साहन गर्नको लागि सेञ्चुरी कर्मसियल बैंकले आकर्षक ब्याजदरमा विभिन्न बचत सुविधा ल्याएका छौ । विशेष गरी रेमिट्यान्स बचतकर्ताहरुलाई अन्य भन्दा आकर्षक ब्याजदर प्रदान गर्दै आएका छौं । विदेशमा दुःख गरि कमाएको रकम बैंकमा बचत र मुद्धती खाता खोली राखेमा अन्य बचतभन्दा एक प्रतिशत बढी ब्याज प्रदान गरेका छौ ।
    – धुलिखेलमा बैंकको शाखा कस्तो छ ?
    २०६३ साल अगाडि धुलिखेल तथा आसपासका क्षेत्रमा धातुको टोकनबाट बैकिङ सेवा लिन बाध्य भएका सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुलाई आधुनिक बैकिङ सेवा प्रदान गर्न काभ्रे जिल्लाको धुलिखेलमा निजी स्तरको पहिलो बैंकको रुपमा वि.सं.२०६३ मा अरनिको डेभलपमेण्ट बैंक स्थापना भएको थियो । २०६३ सालबाट कारोबार संचालन भएदेखि यस क्षेत्रमा रहनुभएका ग्राहक तथा सर्वसाधारणहरुलाई बैकिङ सेवा प्रदान गर्दे आईरहेकोमा नेपाल राष्ट्र बैंकको पूँजी बृद्घि तथा एकीकरण नीति अनुसार २०७४ जेठदेखि अझै परिष्कृत अत्याधुनिक डिजिटल प्रविधीबाट सेञ्चुरी कमर्सियल बैंकले साविकको अरनिको डेभलपमेण्ट बैंक प्राप्ति गरेको हो । सेञ्चुरी कमर्सियल बैंकले आधुनिक प्रविधिमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । धुलिखेल नगरपालिका सँगको समन्वयमा भुकम्प पीडीत लाभग्राही, सामाजिक सुरक्षा भत्ता तथा प्रधानमन्त्री स्वरोजगार खाता खोली सहज रुपमा बैकिङ्ग सेवा प्रदान गर्दै आएको छौं । बैकिङ्ग पहुँच भन्दा बाहिर रहेका नागरिकहरुको घर दैलोमा गई वित्तीय साक्षरताका कार्यक्रम संचालन गर्दे आएका छौं । विभिन्न बैंकहरुमध्ये यस क्षेत्रमा सेञ्चुरी बैंकको सेवा आधुनिक, सरल र उत्कृष्ट रहेकोले सेञ्चुरी बैंकको शाखा अत्यन्तै राम्रो छ ।  
    – बैंकमा कति रकमसम्म जम्मा गर्न सकिन्छ ? के सानो रकम जम्मा गर्ने ब्यतिmहरुले ठूला निक्षेप कर्ता सरह सम्मान र सुविधा पाउन सक्छन् ?
    “सरल बैंकिङ सबैको लागि” भन्ने बैकको मूल नारा नै हो । यस बैंकमा निक्षेपकर्ताहरुले जति पनि रकम जम्मा गर्न सक्दछन । नेपाल राष्ट्र बैंकको नीति अनुरुप कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाले बैंकको कुल निक्षेपको १० प्रतिशतसम्म रकम एउटै संस्थाबाट लिन सकिन्छ । बैंकको कुल निक्षेप करिब ९४ अर्ब रहेको छ । त्यस हिसावले निक्षेप राख्न आउने संस्थाले चाहे जति रकम राख्न सक्दछन् । बैंकले निक्षेप वा कर्जा वा अन्य बैंकिङ सुविधाको आधारमा विभेद गर्दैन । तसर्थ साना ठूला सबै खालका ग्राहकहरुले बैंकबाट राम्रो सेवा सुविधा प्रदान गर्ने गरेका छौं । हाम्रो बैंकमा सानो वा ठूलो रकम जम्मा गर्ने र कर्जा सुविधा लिने आमग्राहक महानुभावहरुको सम्मान र सुविधामा कुनै विभेद छैन ।
    तपाई नेतृत्व तथा ब्यतित्व विकास गर्ने संस्था जेसीजमा पनि सक्रिय रुपमा लागेको देखिन्छ तपाईले बैकिङ्ग सेवा र जेसीजलाई सँगसँगै कसरी लानु भएको छ ?
    म बेथानचोक जेसीज बर्ष २०२१ को शाखा अध्यक्ष हो । मेरो कार्यकाल अब केहि दिन मात्र बाँकी छ । जेसीज १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको संस्था हो । प्रतिकुलतालाई अनुकुलता ल्याई समाजलाई सकारात्मक दिशातर्फ रुपान्तरण गर्ने युवाले नेतृत्वदायी भूमिका निर्वाह गरेको हुन्छ जेसीजमा म त्यहि युवा हो । बैकिङ सेवामा आवद्घ छु । मलाई जेसीज मार्फत पब्लिक रिलेसन र शाखाको ब्यवसाय प्रवद्र्घनमा धेरै सहयोग पुगेको छ । जेसीजले प्रदान गर्ने तालिम तथा कार्यक्रममा सहभागी हुन बैंक ब्यवस्थापनले मार्ग प्रशस्त गरेकोले बैकिङ र जेसीज सँग सँगै लान सकेको छु ।
    – धेरै जसो ग्राहाकहरु बैंकले कर्जा लगानीमा ढिलासुस्ती ग¥यो सहुलियत कर्जा चिनेको मान्छेलाई मात्र दियो र केवाईसिको नाममा दुःख दियो भनेर गुनासो सुनिन्छ नि ?
    हाल साल बैकिङ क्षेत्रमा तरलताको कमि भएकोले हाम्रो मात्र हैन समग्र बैकिङ्ग उद्योगमा नै कर्जा लगानी ढिलासुस्ती भएको छ । हामी ग्राहकको धितो, परियोजना र आवश्यकतालाई हेरि कर्जा लगानी गर्दै आएका छौं । साना तथा मझौला कर्जाहरु शाखाकै अख्तियारीमा हुने भएकोले छिटो छरितो रुपमा लगानी गर्न सकेका छौं । ठूला ब्यवसायिक कर्जाको लागि थप केहि दिन लाग्न सक्छ । सहुलियत कर्जाहरु ब्यतिmगत चिनजान भन्दा पनि परियोजना र आवश्यकताको पहिचान गरि लगानी गर्दै आएका छौं । बैंकमा खाता खोलेर लामो समयसम्म खाता संचालन नहुँदा ग्राहक महानुभावको निक्षेप सुरक्षणका लागि खाता निष्कृय हुने राष्ट्र बैंकको नियम छ । पहिले ६ महिना खातामा पैसा राख्ने झिक्ने भएन भने खाता निष्कृय हुन्थ्यो । अहिले बचत खाताको हकमा खाता निष्कृय समय ३ वर्ष र चल्ती खातामा छ महिना रहेको छ । यो केवाइसी नियमित अपडेट ग्राहक महानुभावहरुको निक्षेपको सुरक्षाका लागि आएको हो । फेरि हिजो खाता खोल्दा बालवालिका, विद्यार्थी, युवा, महिला केही वर्षमा जागिरे, व्यवसायी उद्यमी हुन्छ । त्यसै अनुरुप वित्तीय कारोबार बढेको हुन्छ, अस्थायी बसोबास, मोवाइल नम्बर, टेलिफोन, इमेल परिवर्तन भएको हुन सक्छ, परिवर्तित सूचना ग्राहकमहानुभावले समयमै दिनु भयो भने यो केवाइसी भंmझट भन्ने कुरा आफैमा हटेर जान्छ । डिजिटल बैंकिंग कारोबारको लागि पनि ग्राहकहरुको सूचना नियमित अद्यावधिक गर्न जरुरी छ । ग्राहकहरुको सुरक्षाको लागि नै बैकिङ क्षेत्रमा केवाईसी नियमित रुपमा अद्यावधिक गर्नुपर्ने हो । ग्राहकको ब्यतिmगत विवरण, बासस्थान र ब्यवसाय परिवर्तनको जानकारीको लागि मात्र केवाईसीको लागि अनुरोध गर्दै आएका छौं ।
– अरु बैंक छोडेर सेञ्चुरीमा सेवा लिन ग्राहक किन जाने ?
    सेञ्चुरी बैंक आधुनिक प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको छ । बैंकले बचत तथा मुद्धति निक्षेपमा उच्चतम व्याज दिंदै आएको छ । बैंकको सेवा छिटो छरितो र सरल रहेको छ, कर्पोरेट, साना तथा मझौला कर्जा, कृषि कर्जा, महिला उद्यमी, युवा, विपन्न क्षेत्र वर्ग लगायत सबै कर्जा प्रदान गर्दै आएको छ । बैंकले अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिका माध्यमबाट गुणस्तरिय सेवा प्रदान गरिरहेकोले बैंकिङ्ग सेवाको लागि ग्राहकहरुको पहिलो रोजाइ सेञ्चुरी बैंक नै भएको छ । आधुनिक र उच्चस्तरिय सेवा आज ग्राहकको रोजाइको विषय बनेको छ ।