2026 August 10/ 11:18: 58pm

विक्रम प्रजापति
इसिए इन्चार्ज, नाइटिङ्गेल एकेडेमी मा.वि.
बनेपा, जनागाल

१. नाइटिङ्गेल एकेडेमी मा.वि.मा शैक्षिकसँगै अतिरिक्त क्रियाकलापको अवस्था कस्तो रहेको छ ?
गुणस्तरीय शिक्षाको लागि सर्वप्रथम विद्यार्थीहरुको सर्वाङ्गिण शारिरीक विकास हुन जरुरी छ । त्यसको लागि अतिरिक्त क्रियाकलापको विशेष भूमिका हुन्छ । विद्यालयको वार्षिक क्यालदेण्डरमा अतिरिक्त क्रियाकलापको कार्यतालिका समावेश गरिएको हुन्छ । विद्यालयमा काभ्रे जिल्लामा परिचित तथा राष्ट्रिय स्तरमा नै सफल दक्ष तथा प्रेरणादायी म्युजिक, आर्ट, डान्स तथा खेल शिक्षकहरुद्धारा प्रशिक्षण गराइन्छ ।
२. विद्यालयमा कस्ता कस्ता खेलकूद प्रतियोगिताहरु संचालन गरिएको छ ?
विद्यालयमा समय सापेक्ष कुन समयमा कस्तो प्रतियोगिता गर्दा विद्यार्थीको शारिरीक विकास साथै गुणस्तरीय शिक्षालाई जीवन सापेक्ष बनाउनको लागि शैक्षिक ज्ञान साथसाथै विभिन्न विधाहरुमा खेलकूद प्रतियोगिताहरु गराइन्छ । जस्तै, फुटबल, भलिबल, बास्केटबल, खो खो, ब्याडमिन्टन, टेबुलटेनिस, कबड्डी तथा नृत्य, गायन र आर्ट लगायत हाजिरीजवाफ, हिज्जे, निबन्ध, हस्तलेखन, वादविवाद आदि यस्तै गतिविधिबाट हाम्रा विद्यार्थीहरुले पाएको सफलताबाट नै विद्यालयले छुट्टै पहिचान बनाउन सफल भएको छ ।
३. विद्यालयले संचालन गरेका अतिरिक्त कार्यक्रमहरुमा विद्यार्थीहरुको कस्तो रुची रहेको छ ?

“स्वस्थ र गुणस्तरीय शिक्षाका लागि खेलकूद” यहि नारालाई यस विद्यालयले आत्मसाथ गर्दै हामी विद्यार्थीहरुको रुची अनुसार बालबालिकाहरुलाई कसरी व्यवहारिक बनाउन सकिन्छ र भविष्यमा उनीहरुको जीवनमा उपयोगी कसरी गर्न सकिन्छ भनेर समयको माग अनुसार अतिरिक्त क्रियाकलापको तालिका बनाई विद्यार्थीहरुलाई कार्यक्रममा सहभागिता जनाउनको लागि उत्प्रेरित गर्दछौं । त्यसैले सबै विद्यार्थी भाईबहिनीहरुले अतिरिक्त क्रियाकलापमा विशेष रुची राख्ने गरेको पाइएको छ ।
४. विद्यार्थी क्षमता अनुसार कार्यक्रम गर्ने गरिएको छ कि विद्यालयको नियम अनुसार सबै विद्यार्थीहरुले भाग लिनुपर्छ ?
विद्यालयले वार्षिक क्यालेण्डर बनाएर लेभल अनुसार कार्यक्रमहरु गर्ने गरिएको छ । प्रि–प्राइमरी, प्राइमरी र सेकेण्डरी गरि विद्यालयमा छुट्टाछुट्टै कार्यक्रमहरु गर्ने गरिएको छ । लेवल अनुसार आफ्नो रितिथिति, परम्परा, सँस्कृति अनुसार कार्यक्रम संचालन गर्ने गरेका छौं । जसअनुसार नयाँ विद्यार्थी स्वागत कार्यक्रम देखि लिएर समय अनुसार शैक्षिक भ्रमण, स्विमिङ, गाईजात्रा, असार १५, क्रिसमस, सरस्वती पूजा, दशैं तिहार कार्यक्रम लगायत अभिभावक सम्मिलित गर्दै स्पोर्टस मिट साथै दीक्षान्त समारोह आदि गरिन्छ भने प्राइमरीलाई स्थलगत भ्रमण हाउस वाईज कार्यक्रमहरु छुट्टै स्पोर्टस मिट, म्युजिक, डान्स, आर्ट को व्यवस्था साथै विद्यालयमा हुने हरेक कार्यक्रममा समावेश गराईन्छ भने यस वर्षबाट विद्यार्थीहरुलाई सहि मार्ग निर्देशन अनुशासन र व्यक्तित्व विकासको लागि नेशनल क्याडेट कब्सको तालिम समेत संचालन गरिएको छ ।
५. निजी विद्यालयमा घोकन्ते शिक्षा मात्र हून्छ भन्ने आरोप छ नि ? नाइटिङ्गेलले अतिरिक्त क्रियाकलाप हुन्छ भनेर कसरी पुष्टि गर्छ ?
यसको पुष्टि त हामीले भन्दा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुले पनि अतिरिक्त क्रियाकलापमा उहाँहरुले नै आफ्नो नानीबाबुको हौसला बढाई विद्यालयको हरेक कार्यक्रममा बाक्लो उपस्थित जनाई राखेको छ । स्पोर्टस मिट मा अभिभावकको नै छुट्टै प्रतियोगिता भइराखेको छ । विद्यालयमा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम, झण्डोत्तलन समारोह, स्विमिङ, अवलोकन भ्रमण, पिकनिक, दशैं तिहार, स्पोर्टस मिट, अभिभावक दिवस, दिक्षान्त समारोह साथै विभिन्न चाडपर्व मनाउने मौलिक कार्यक्रम तथा नेपाल क्याडेट कप्सको तालिम यसले नै नाइटिङ्गेलमा गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा एक कदम अगाडि छ भनेर पुष्टि गर्दछ ।
६. विद्यालयको भावी योजनाहरु के के छन् ?
भौतिक पूर्वाधारलाई विस्तृत रुपमा बढाउने, खेल मैदानलाई अझ व्यवस्थित गर्दै हरेक अतिरिक्त क्रियाकलापमा अभिभावकको पनि सहभागितालाई अनिवार्य गर्दै लैजाने, बालबालिकाको अनुकूल खेलहरुलाई प्रोत्साहन गर्दै लैजाने र विद्यार्थीहरु सानैदेखि आफ्नो सँस्कृति बारे जानकारी गराउने जस्ता कार्यक्रमहरु अझ तिव्र अघि बढाउने विद्यालयको भावी योजना छ । 
अन्तमा...
आफ्नो बालबालिकालाई विद्यालय भर्नाको समयमा विज्ञापनको पछाडि नलागि स्वयम् नै विद्यालय सम्म गएर विद्यालयको भौतिक संरचना शैक्षिक अतिरिक्त क्रियाकलाप लगायतका अवस्थाहरु बारे बुझेर मात्र आफ्नो नानीको भविष्य कोर्ने विद्यालयलाई छनौट गर्नुहोला ।