कोही निर्दाेषीलाई दोषीको आक्षेप लाग्दा जीन्दगीको कुनै औचित्य नै रहँदैन बरु दोषीको अभियोगले निर्दाेष पनि दिन प्रति दिन मरेतुल्य हुन पुग्दछ । दुर्भाग्यको मैदानमा जब भाग्य खडा बन्न पुग्दछ यो क्षण जीन्दगीको सुस्केराहरु यथार्थको ऐना भित्र स्पष्ट झल्किन थाल्दछ । त्यहि वेदनाका सुस्केराहरुलाई शब्दै शब्दको बेग बगाई आफ्नै वास्तविकताको जीवन्त चिनारी दिएर आत्म निरही कथालाई कसैको निम्ति बाँच्ने अभिप्रेरणा बनाउने प्रयासमा आफ्नो पीडाका पोख्दैछु ।
मान्छे जन्मनु भनेको संघर्ष झेली बाँच्नु नै मान्छेको जीवनको एक आपेक्षिक सार बन्न पुग्दछ । संघर्षको भूमिमा यथार्थको पाइला टेकी बाँच्ने मान्छे नै मान्छेलाई समयकै सापेक्षिक हिसाबले चिन्दछ । यहि मान्छे समयको धुरी चढेर संघर्षको मार्ग उकाल्न सफल मान्छेको नितान्त कथा भित्रको वेदना पोख्दै मेरो समग्र कथाका एक एक अंश आवाज संचारको माध्यमद्धारा अभिव्यक्त गर्ने प्रयास गरेको छु । सर्वहारा वर्गीय परिवारमा जन्म भएकोले होला जीवनमा संघर्ष नझेलेका कुनै पनि पल थिएन । पापी पेट पाल्न जीन्दगीलाई संघर्षको धारमा चल्न सक्नु नै जीन्दगीको रित रहेछ । यहि रित अनुरुप जीवनका माटोहरुलाई समयको आकृतिमा ढालिँदै जीवन रुपी संघर्षको ठूलो पर्वत चढ्नु सरह थियो । चरम यातना अभाव र पीडा खेपेर पनि जीन्दगीलाई न्यानो तुल्याउन संघर्षको आगो तापेर बाँच्न सक्ने मान्छेको पृष्ठभित्र म स्वयं पनि पर्दछु । जीन्दगीको गाडीलाई यथार्थको बाटोमा गुडाउन त्यति सहज देखिदैन । तर यहि सहजता अपनाएर जीन्दगीको गाडी यथार्थको बाटोमा हुइँक्याउन असिम संघर्षको सामना गर्नु पर्दाेरहेछ । संघर्षको अर्काे पाटोमा दुःख सुखलाई झेल्न पनि सक्नु नै मानवीय जीवनमा जटिल उदाहरण बन्न पुग्दछ । संघर्ष झेल्दा झेल्दै जीन्दगीले सुख उपभोग गर्न खोज्दा दुनियाँ आफ्नै वैरी बनि डाहा ईष्र्याको प्रतिभावले आफ्ना खुशी सुखको चैनहरु खोस्न पुग्दछ ।
आफ्ना भन्नेहरुले आफ्नोबाट आफैलाई बहिष्कार गर्दा सोच्नुहोस् त कसको के लाग्दो रहेछ र । यस्तै आफन्तबाट आफै सर्वस्व लुटिएको मान्छेको पंक्तिमा म स्वयंमलाई सबै समक्ष चिनाउन चाहन्छु । मान्छे भित्र जब इष्र्या अनि डाहाको परिभ्रममा परि मान्छेले मान्छेकै निम्ति विनाशमय संघारमा उभ्याउन बाध्य तुल्याउँदछ तब मान्छे भित्र मान्छेको प्रतिशोधका अग्नीमय ज्वालाहरु मानसपटल भित्र देखि उर्लिदै सल्किन थाल्छन् । यहि प्रतिशोधको भावनाद्धारा रचित रंगमञ्च भित्र पिजडा भित्र मान्छेले मान्छेलाई थुनाउने दाउमा लागिरहेको हुन्छ चाहे त्यो बालक होस् या युवा जवान होस् चाहे वृद्ध होस् । यस्तै आफ्नै रगतबाट आफै बहिष्कृत हुनुको पीडालाई मैले आज बहन गर्नु परेको छ । यो समयको एउटै साथी मैले संचारमाध्यम बनाएको छु । मलाई आफैं मरेतुल्य झै भएको छ । कसैले जानी जानी चाहेर वा नचाहेर अकाट्य पाप गर्ला र ? यस्तो वृद्धअवस्थामा पनि पापको भारी बोकेर वैंशको माझ कसले विसाउन चाहला र ? आफ्नै रगतको साइनो पर्ने नातिनी सरहको छोरीलाई कसले यस्तो घृणित कार्य गर्न सक्ला र ? कोही कसैले सुन्दा बुझ्दा पनि अवहेलनाको थुक नथुक्ने को पो होला र यहाँ । नातिनीको साइनो पर्ने व्यक्ति सँगको यस्तो पाप कर्मले जिउँदै नर्कमा पु¥याउन शिवाय अरु के नै होला र ? तर कसैले नसोचेको कुराहरु पनि जीन्दगीमा हुँदो रहेछ । मान्छेको ईख अनि सर्पको विख पनि नचाँहदा नचाहँदै लाग्दो रहेछ । मान्छेको इखले जीन्दगीको यथार्थमा टोक्दा जीन्दगीमा सर्पको विख सरि लाग्दो रहेछ । यहि इख आज जिउँदै मार्ने बिख बनेर म निर्दाेषमाथि झुठ र कपटको रचनामय अभिनयको पात्र बनाई षडयन्त्रको फन्दामा फसाई कानुनको नजर समक्ष दोषी बनाई कानुनको कठघरीमा उभ्याई हातका दुवै नाडीमा हत्कडीको भाग्यदार बनाउने साख्य नातिनी भनाउँदीको अभिप्राय के थियो म बुझ्दिनँ ।
मैले संघर्ष झेली कठिनतापूर्वक पाएको सुखलाई उपभोग गरी मर्न नपाउँदै यस्तो नर्कमा जिउँदै मार्न खोज्नुको तात्पर्य के हो ? म अहिले पनि अनभिज्ञतामा खडा भएर अलमलमा अल्झिन पुग्दछु । आफ्नै दाजुभाई एवं नातेदारहरु नै मेरो बर्बादीको पक्ष बनेर मलाई जिउँदै मरोस् भन्ने अभिप्रायले यस्तो ढोंगी बनावटी नाटक रचेर वास्तविकताको चित्रणमा ढाल्ने षडयन्त्र किन गर्न पुगे साँच्चै म जान्दिनँ । उनीहरुको षडयन्त्रले मेरो जीन्दगीलाई बर्बादीको खाल्डोमा खसाल्नुको रहस्य मैले विस्तारै आफ्नै परिवारबाट ज्ञान गर्दै गए । रातको घडी एक्कासी घरको ढोका बाहिरबाट ढकढकाउँदा ती ढकढकाईले म एवं स–परिवार निद्राबाट अनायसै झसंग विउझिन पुग्यौंं । हत्तपत्त ढोका खोल्न म जुरुक्क उठेर ढोका खोलि हेर्दा त प्रहरीको एक हुलले पूरै घर घेरिसकेको थियो । प्रहरीहरुको कानुनी अनुसन्धान प्रक्रियालाई पूरा गर्ने उद्देश्यको निम्ति प्रहरीहरुले मलाई आफूसाथ जानको निम्ति अनुरोध गर्नुभयो । प्रहरीसँगको प्रत्यक्ष अन्तरलाप र घरका सम्पूर्ण परिवारसँग सरसल्लाह मुताबिक परिवारमाथि केही शारिरीक एवं भौतिक क्षति नहोस् भन्ने हेतुले धैर्यधारणको सहानुभूति दिलाई प्रहरीको साथ गएँ । प्रहरीहरुले मध्यरातमा एक्कासी घरमै आई किन ल्याईयो ? म दोधारमै थिएँ । जब इलाका प्रहरी कार्यालय पुगेर प्रहरीको मौखिक कुराबाट थाहा पाएँ कि आफ्नै साख्य नातिनी पर्ने छोरी चेलीमाथि मैले अनैतिक व्यवहार गरि हातपात गरि उनी माथि मैले आफ्नो यौन तृप्ति मेटाउने बलात्कार जस्तो घिनलाग्दो व्यवहार गरेछु । षडयन्त्रको कैदी कानुनको पासामाथि फ्याँकी असत्यलाई कानुनी तवरमा नाटकीय अभिनय गरि रचेका बनावटी जालझेल माथि कुनै पनि तहकिकात अनि अनुसन्धान विनै सत्यताकै आधार मानेर इप्रकामा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेको आधारको हिसाबले हावादारी तालमा छानविनकै नाटक गरी अन्धाधुन्द मध्यरात घर भित्र आई लैजानुमा केही शंकाको गहकिलो पक्ष यस भित्र तैनाथ थियो ।
आफ्नै साख्य रगतले नातिनी पर्ने छोरी चेली माथि यस्तो पापमय सम्बन्ध गाँसेर कसले पो गाउँ समाजलाई मुख देखाउन लायक होला र ? आफ्नो भन्नेहरुको हृदयभित्र द्धेष र रिसरागको अग्नी बलेर पो म माथि यस्तो प्रतिशोधको भावना जगाएर यस्तो फन्दामा पार्न चाहनु नै आफन्तहरुकै चाहना थियो । सम्पूर्ण असत्य गवाहीलाई सत्यताको रंग पोतेर वनावटी ढाँचाले छोपी वास्तवमा यथार्थ नै हो भनि पुष्टि गरि कानुनले मलाई आफ्नै जंजिरमा बाँधी थुनुवा बनाएर थप अनुसन्धानको निम्ति २४ दिन हिरासत पश्चात कानुनी प्रक्रियालाई अग्रसर गर्ने सल्लाह मुताबिक जिल्ला अदालत कार्यालय धुलिखेलमा न्यायाधिवक्ताको फैसला अनुसार थप अनुसन्धानको निम्ति पूर्ण छानविन गर्न जिल्ला कारागार शाखा धुलिखेल पठाउने आदेश दियो । कारागारको चारतल्ले दिवार अनि वरिपरी काँडेतारको बारले बेरिन पुगेको अभागी पुर्पुरो परिस्थितिको एकान्त कन्दरामा जीवन यथार्थहरु बरफ झै पग्लिन थाल्दा बेदनाहरु मन देखि अनायासै उब्जिएका उर्लिँदो वेदनाहरु छलछली आँखाबाट अश्रु बनि बर्रबरी साउने झरि झै झरिरहँदो रहेछ । यस्तो विषम परिस्थितिमा पनि कठैबरा भनेर सान्त्वनाको भाव दर्साउने कोही साहारा छैन यहाँ । ओरालो लागेको मृगलाई बाछीले पनि लखेट्दो रहेछ साँच्चै यस्तै भएको छ मेरो जीन्दगीमा । कसैबाट पृथक भएर एक्लिँदै जीवन जिउन मजबुर भएको छु । सायद रित्तिएको भाग्य लिएर मृत्यु सहेर जीउने मान्छे मध्ये म स्वयम् एक आफैं ठान्दछु । जसले जुन नियत लिई म जस्तो दुर्भाग्यता माथि ताली मारेर प्रतिशोधको भावना जगाई मेरो जीन्दगीमा बदनामको तातो तेजाब छर्केर चरित्रको रुपहरु कुरुप तुल्याउन सबल घटिया अनि निजले रचेको जुन बर्बादीले यसरी बर्बाद हुन पुगेको छु । त्यसको पालोको पैंचो तिराउन दैवको लेखान्त पुस्तकमा तिम्रा कर्तुत हेरी यसको लेखा तिमीले स्वयम पनि तिर्नुपर्ने छ । आज म झै तिमी पनि बेसहारा अनि बेवारिस जीन्दगी लिएर मेरो सामु भिख माग्ने हालमा काबिल बन्ने छैनौं ।
तिमीले मलाई किन दुख दियौ त म अझै भन्न सक्दिन । यति याद छ कि तिमीले मलाई दुख दिएर आफ्नै मनलाई धिक्कारेको अनुभुती भने छ । नाता जे होस सम्वन्ध महत्वपूर्ण कुरा थियो र हो । कहिल्यै गलत दृष्टिकोणबाट नजर नराखेको ब्यक्ति अपराधको भागिदार बन्न पुग्छ । तिम्रो उमेरको बैश छचल्किँदा तिमीले ठान्यौ होला संसार मेरै हो । मैले धानेको छु । मैले जे गर्दा पनि हुन्छ । त्यो तिम्रो महाभुल थियो र हुनेछ । तिमीलाई मेरा आँशुले धिक्कार्ने छन् । पलपल मेरो आँशुको श्राप लाग्नेछ । तिमीले त कसको सहारामा लागेर त्यसो ग¥यौं प्रहरी, अदालत पनि बेसुरमै हुने रहेछ । न प्रमाण, न कुनै आधार कसैले भनेको आधारमा म दोषि प्रमाणीत भएँ । पारिवारीक समस्या थियो भने पनि तिमीले मलाई समाजकै अगाडी नाङ्गो बनाएर लखेटन सक्थ्यौं त्यसो पनि गरिनौं । एक्कासी मलाई मध्यरातमा प्रहरी पठाएर जेलमा पु¥याउनु रहस्य समयले खोल्छ होला । भगवान मेरो साथमा छन् । म आत्तिएको छैन । आत्तिने पनि छैन । एक दिन यसको हिसाव किताव हुनेछ ।
मान्छेको शरिर एउटा बाहना रहेछ । मन र आत्मा ब्यक्तिको चलायमान शक्ति हो । जुन शक्तिलाई ब्यक्तिले चलाउँछ त्यसले निरन्तर अगाडी बढाई रहन्छ । मैले भोगेका भोगाईहरुको चाहना र अरुको बाहनालाई छुट्टयाउन सक्ने साहस म मा हटेको छैन । संसारका कयन ब्यक्तिहरु झुटा आरोपको शिकार बनेका छन् । आरोप प्रमाणीत गर्ने माध्यम अदालत मात्रै हैन । अदालत बोलीको भरमा प्रभावित बन्यो भने पनि आत्मा र भगवान साक्षी हुन्छन् । त्यसको परिक्षामा मैले दिन काटिरहेको छु । विश्वास छ भगवानले सत्य छुट्याउँदै न्याय दिनु हुनेछ ।
पुकार श्रेष्ठ
धुलिखेल, काभ्रे









