2026 April 19/ 10:20: 37pm

नेपालको कानुन, दैवले जानुन् । मान्छेको चेतना र बदलिँदो परिवेश त्यस्तो भईसकेको रहेछ । उद्धार गर्दा, विपद्मा परेकालाई सहयोग गर्दा भगवान खुशी हुनेछन् भन्ने अग्रजहरुको भनाई ठिक विपरीत हुन थालेछ । भगवान भन्दा धेरै मान्छे रिसाउँदा रहेछन् । आपत्मा परेकालाई सहयोग गर्दा मान्छेहरुले उल्टै प्रताडना दिँदा रहेछन् । दुःख दिँदा रहेछन् । स्वच्छ मनले सहयोग गर्दा पनि दुःख हुने भएपछि समाजमा सहयोगी भावना कसरी पलाउँला ? पलपलमा स्वार्थ भेटिए पछि निस्वार्थ मान्छेले कसरी सहयोग पु¥याउला ? सहयोग माग्ने, सहयोग लिने अनि आपूm अनुकूल भएन भन्दै हुँदै नभएको कथा बुनेर फसाउने नारी चरित्रको कसरी ब्याख्या गरौं म ? संहिता कानुन, नयाँ संविधान नेपाली पुरुषहरुका लागि पासो हो कि ? नेपाली नारीहरुलाई मुक्त गर्ने बुटी हो । कसरी हुन्छ प्रयोग र दुरुपयोग ? कसले गराउँछ त्यसको सहि सदुपयोग ? कानुनका छिद्राहरुमा टेक्दै हुँदै नभएको घटनालाई दुरुस्तै बनाएर फसाउने रणनीति पछिल्लो समय बाक्लिदै गएको छ । जन्म दिने आमा नारी । घरमा हुने दिदी, बहिनी, भाउजु, बुहारी नारी । चरित्र लिलाम गर्ने पनि नारी ? पैसा कमाउनु छ भने सोझो काम गरेर विहान बेलुकाको छाक टार्ने गरिब मजदुरलाई किन फसाउनु ? केहि क्षण त उनिहरुले न्यानो महसुस गर्लान् तर जीवनभर उनको आत्माले, मन मुटुले उनिहरुलाई शान्ति प्रदान गर्ने छैन । 
    यतिखेर म समाजको आँखामा सजायँ भोगिरहेको कैदी हुँ । घटना घटाए पनि, नघटाए पनि स्वयं मलाई, उनलाई र भगवानलाई बाहेक अरुलाई थाहा छैन । अरुको नजरमा खराब नै हौला । नेपालको कानुनले पनि मलाई सजायँ दियो । दण्ड ग¥यो तर आत्माले स्विकारेको छैन । यसको फल भगवानले मरे पछि पनि सम्वन्धित ब्यक्तिहरुलाई दिन्छन् । उनिहरुले पनि त्यहि बुझेका होलान् । तत् स्थान र समयमा यस्ता भोगाईका परिणामहरु देख्न सकिन्छ । सबै नेपालीहरु नेपाल आमाकै कोखमा जन्मिए । शरीर उस्तै, फेर्ने सास उस्तै मुटु एउटै अनि रगत पनि एउटै । काल पनि उस्तै फरक यति मात्र हो कि काल कसको कतिखेर कहाँनिर आइपुग्छ र मरण हुन्छ त्यो थाहा हुँदैन । बाँकी सबै एउटै मालाका फुल हौं हामी । त्यो मालामा गाँसिएका फुलहरु मात्र फरक फरक रंगका हुन् । गाँसिएका त एउटै मालामा छन् । यहि सोच बोकी आफ्नो सपना बुन्दै थिएँ । मेरो सोच गलत रहेछ । यहाँ त कलि पो लागिसकेको रहेछ । नारी भनेको संसारको श्रृष्टिकर्ता हुन् । नारी देवी पनि हुन् । कलियुगको जवानाले गर्दा होला नारीको सुन्दरता नै फेशन झै बजारीभाउ भैसकेको रहेछ । पहिला पहिला त नारीको सुन्दरता नै नेपालको गहना हो भन्थे तर यो मोडर्न कलियुगमा त त्यहि नारीको सुन्दरता नै नेपालको बजारी भाउ झै भैसकेको रहेछ । किन नारीहरुले सुन्दरतालाई पैसाको निम्ति लिलामी गर्छन् ? नारीको चरित्रमा कैयौं युवाहरु कानूनको शिकार भएका छन् । स्वार्थ लुटुन्जेल ओच्छ्यान बनिदिन्छन् । स्वार्थ पूरा हुन्छ तब त्यो स्वार्थ पैसाको निम्ति बार्गेनिङ्ग शुरु हुन्छ । बार्गेनिङ्गमा पैसाको कुरा मिल्दैन अनि कानुनकोमा गएर जबरजस्ती यौन शोषण गरेको भन्दै मुद्दा हालिदिन्छन् । त्यस्तै नारीको चरित्रमा एउटा निर्दोष मजदुर म । जीन्दगीको बाटोमा आफ्नो लक्ष्यको सपना बुन्दाबुन्दै अचानक ढुंगाको तेश्रो बाटोमा लड्न पुगें । को छ र आफ्नो ? अनि को छन् र नाता ? धेरै रोयो मेरो मुटु अनि लेखें मेरो कथा मेरो व्यथा । 
    २०४९ साल मंसिर २१ गते सिन्धुपाल्चेकमा मेरो जन्म भयो । जब म बुझ्ने र पढ्न लायकको भएँ तब मेरो बुबाआमाले गाउँकै सरकारी स्कूलमा भर्ना गरिदिनुभयो । म भन्दा अघि जन्मनुभएको मेरो ४ दिदी र एक दाजु हुनुहुँदोरहेछ । पढाईमा राम्रो हुँदै गएँ । केही महिनाको अन्तरालमा ४ दिदीहरु धुलिखेलको सञ्जीवनी कलेजमा भर्ना हुनुभयो । बुबा ड्राइभर काम गर्नुहुन्थ्यो । बुबाको आम्दानीले घर खर्चदेखि हाम्रो र दिदीहरुको पढाई खर्च पुगेको थियो । उहाँको मेहनतका कारण खान लाउनको कमी थिएन । पढाईलाई निरन्तरता दिइरहें । जीवनको एउटै लक्ष्य थियो पढाईलाई पूरा गरेर बुबा आमाको निम्ति असल छोरा भएर घरको जिम्मेवारी सम्हाल्ने । अध्ययनमा लिप्त भएँ । शिक्षा नै भगवानको ज्ञान उपदेश हो कर्म पुण्य प्राप्त छ शिक्षामा नै खै कहाँ छ र शिक्षाको ज्ञान भन्दा ठूलो यो जगतमा सर्वज्ञा पाइन्छ शिक्षामा नै । कसैमाथि मैले सानै भएपनि कुविचार, सोच राखिनँ । कुनैलाई हेप्नुपर्छ, कसैलाई दबाउनुपर्छ र कसैमाथि शोषण गर्नुपर्छ यस्ता कुनै सोच मेरो दिमागमा आएन । थियो त एउटा सोच त्यो हो शिक्षाको सर्वज्ञा ज्ञान । जुन शिक्षा म अरुलाई पनि बाँड्ने गर्थें । बुबाको काम नै घर बाहिर भएकाले हामी सबै परिवार धुलिखेलमा डेरा गरी बसेका थियौं । ठूली दिदीको विवाह भयो । दिनहरु बित्दै गए । म ९ कक्षामा पुगें । पढाई निकै राम्रो नै थियो । माईली दिदीको पनि विवाह भयो । विस्तारै मेरो सोच बदलिन पुग्यो । मेरो गाउँमा पनि म भन्दा धेरै पढेकाहरु शहरमा योग्यता अनुसारको जागिर नपाएर घरमा नै खेती किसानी गरेर जीविका चलाएका छन् त कोही हलो जोतेर जीविका चलाइरहेका छन् पढाईले त झन् खै के गर्ला र  ? 
    धुलिखेल आएकै दिन देखि नै साथी शरदसँग भेट भयो । त्यसपछि उसले मलाई आफ्नै गाडीमा सँगै लिएर हिँड्न थाल्यो । साथीसँगको संगतले मैले गाडी चलाउन सिकें । मैले राम्रोसँग गाडी चलाउन जानि सकेपछि लाइसेन्स बनाउने योजना भयो । साथीकै सल्लाहमा लाईसेन्स पनि बनायौं । लाईसेन्स लिएर गाडी नपाउन्जेल म साथीकै गाडीमा हिँडिरहें । त्यसको २ महिना पश्चात भक्तपुरमा बुलेरो भेट्टाएँ र चलाउन थालें । गाडी चलाउन थालेपछि भक्तपुरमा कोठा लिएर बस्न थालें । निरन्तर म गाडी चलाउन थालें । जीन्दगीको लक्ष्य सानो होस् या ठूलो आखिर त्यस लक्ष्यलाई पूरा गर्नु मेरो कर्तव्य हो । जीवनको सुनौलो बाटो कोर्न आफ्नो लक्ष्य र हिम्मत चाहिँदो रहेछ । जुन मैले पूरा गरें । जीन्दगीको बाटोमा संघर्ष भनेको पनि महसुस गरें । अत्यन्तै रमाइलो हुँदोरहेछ । सायद सानो छँदाको पल होस् या ठूलो छँदाको क्षण आखिर जीवन भनेकै संघर्ष र अन्त्य रहेछ । विस्तारै जीवनको सुख र दुःख नियाल्दै गएँ । अनि आफ्नो लक्ष्यलाई पनि विस्तारै चुम्दै गएँ । “लक्ष्य विनाको मानिस को जन्मन्छ र यो धर्तीमा, सत्यता नै मानिसको विजय हो मानिस जन्मन्छ र अरु कुन लोकमा” विस्तारै मेरो जीन्दगीको संघर्षहरु बढ्दै गए । अनि संघर्षमा भेटिएका जीवनका हरेक दुःखहरुलाई साथी बनाउँदै गए । यसरी नै मेरो दिनचर्या चल्दै गयो । जति दिन महिना बिते पनि म कहिल्यै घर गइनँ । किनकी मलाई बुबाको डर लाग्थ्यो । बुबाको आदेशलाई पालना नगरी म आफ्नै सुरमा संघर्ष गर्न निस्केको थिएँ । त्यसैले म घर जाँदिन थिएँ । एकदिन मेरै गाउँमा जानुपर्ने टिप आयो । त्यतिबेलासम्म बुबाहरु जन्मघर फर्किसक्नु भएको थियो । सायद म जादिनँ थिएँ होला । तर के गर्नु मेरो लक्ष्य मेरो कर्म यहि पैसा थियो ।
    टिप लिएर सिन्धुपाल्चोक गएँ । टिप पु¥याएर बुबा आमा भएको ठाउँमा पुगें । बुबाले त्यहि पहिलाकै नपढेको रिसले गर्दा फेरी पनि गाली गर्न थाल्नुभयो । सोचेको थिएँ धेरै वर्षको अन्तरालमा बुबाआमालाई भेटेको छु मलाई देख्ने बित्तिकै बुबा हर्षले खुशी हुनुहुन्छ तर आज पनि बुबाले मलाई गाली गरि नै रहनुहुन्छ । त्यसपछि म घरभित्र नछिरी फर्किएँ । हुन त कसको बुबाआमाले आफ्नो सन्तान बिग्रियोस भन्ने चाहन्छ र ? मेरो बुबाले भन्नु भएको पनि ठिकै थियो । तर बुबाको सोचलाई मैले पूरा नगरे पनि म बुबालाई मेरो कारणले कहिल्यै दुःखी बनाउने छैन । किनकी मेरो भगवान भनेकै बुबाआमा हुन् । यो संसारमा अपार माया गर्छु त केवल मेरो आफ्नो बुबाआमालाई मात्र । म जहाँ जस्तो ठाउँमा भएपनि म भगवानलाई यहि प्रार्थना गर्छु कि मेरो आमाबुबाको रक्षा गरिदेऊ । सदा खुशी राखिदेउ । विस्तारै दिनहरु बित्दै गए । जन्ममाता मेरी आमा कर्म देह बुबा अर्काे जन्म हजुरकै कोखमा भगावनसँग यहि दावा गर्दछु । मैले गाडी चलाएको पनि ३–४ वर्ष बितिसकेको थियो । सानो गाडी छोडि ठूलो गाडी चलाउन थालें । टिपर चलाउन थालें । जीवन राम्रोसँग चलिरहेको थियो । खै कतिखेर मेरो जीवनमा एक्कासी कालो औंसीको रातले छायो । आकाश आएर थिचेसरी भयो । दिउँसै रात परेझै भयो । एउटा सोच्दै नसोचेको र कल्पना समेत नगरेको एउटा कहालीलाग्दो घटनाको दोषीको आरोपको शिकार बन्न पुगें । २०७३ साल माघ २० गतेको दिन म चेहेरेबाट बालुवा लिएर काठमाडौंतर्फ आइरहेको थिएँ । बाटोमा एक युवतीले लिफ्ट मागिन् । बनेपा ल्याएर उनलाई छाडिदिएँ । गाडी साँगा पुगेको थिएन मलाई प्रहरीले गाडी सहित पक्राउ ग¥यो । जिल्ला प्रहरी कार्यालय काभ्रेमा म विरुद्ध परेको उजुरीका आधारमा तपाईलाई पक्राउ गरेका हौ प्रहरीले जवाफ फर्कायो । म नाजवाफ भएँ । देउराली घर भएकी एउटी युवतीलाई एक्लो अवस्था पारेर जबरजस्ती नाजायज सम्बन्ध राखेको उजुरीमा उल्लेख रहेछ । सुन्दा पनि घिन लाग्दो थियो । अचानक विना ढुंगाको तेश्रो बाटोमा लड्न पुगें । प्रहरीहरुलाई यो सब झुटो हो फसाउन खोजिएको कुरा बताएँ । म निर्दाेष छु । मेरो केही गल्ती छैन । यहाँसम्म की म यस्तो घिनलाग्दो कार्य सोच्न पनि सक्दिनँ । रोएँ कति कराएँ तर मेरो पुकार त्यहाँ कसैले पनि सुनिदिएनन् । थुनुवा कोठामा लगि थुनिदिए । के यहि हो त कानून कार्यान्वयन ? कानूनको सहि गलत छुट्याउने तरिका ? यदि हो भने त संसारमा जो जोसँग दुष्मनी छ त्यहि व्यक्तिलाई चरित्रहीन नारीकै अपवाद लगाइदिए भैहाल्यो नि ? के नै गर्नुपर्ने रहेछ र ? बस् दुई थोपा आँशु अनि अपवादको तिन शब्द बोली बोलिदिए कानुन समक्ष त्यहि प्रमाण हुने रहेछ । यदि मलाई जस्तै नारीलाई पनि अनुसन्धान गरे सायद हामी जस्ता निर्दोषहरु बजारमा बिक्ने चरित्रहीन नारीको सिकार बन्ने थिएनौं होला ? 
    हिरासतमा बसेको केहि दिन पछि केटिको परिवारहरु आएर मलाई भन्न थाले हामीलाई केही पैसा दियौ भने हामी केस फिर्ता लिन्छौं । त्यतिखेर मैले महसुस गरें बुबाआमा यति सम्मका हुँदा रहेछन् आफ्नै छोरी चेलीको शरीर लिलामी गरेर पैसाको ब्यापार पनि हुन्छ र ? जसलाई समाजको मतलब नै छैन अनि आफ्नो इज्जतको पनि । मैले भने खाएको विष मात्र लाग्छ नखाएको विष कसरी लाग्न सक्छ । मैले लुटेर तपाईहरुजस्तै आफ्नै छोरी चेलीलाई बिकाएर ल्याएको पैसा पनि हैन । त्यसैले म तपाईहरुलाई पैसा दिन सक्दिनँ । त्यति भन्दा उनीहरु चुपचाप आफ्नो बाटो लागे । हे भगवान हाम्रो भाग्य तेरो मैदान, जे गर्छस् गर । मलाई जिल्ला अदालतमा पेश गरियो । न्याय दिने तराजुमा पैसा तौलिए पछि कसरी मलाई निर्दाेष ठान्थ्यो र ? ७ वर्ष कैद तोकियो । पैसाकै कारण मैले न्याय पाउन सकिनँ भन्ने मेरो ठहर हो । देशमा आधा भन्दा बढी जनताहरु आज कमाए आज र भोलि कमाए भोलि नै खानुपर्ने स्थिति छ । कानुनले त्यस्तैलाई जेल हालेर पुरुषार्थ देखाउँदा रहेछन् । जीन्दगीको बाटोमा संघर्ष गरेको ब्यक्ति, जसले आफ्नो खुट्टामा उभिन संघर्ष गरिरह्यो त्यहि ब्यक्ति जिउँदै मरेतुल्य भएर आफ्नो अन्जानी कैद कटाइरहको छ । अझै पनि कानुनले दुईतर्फी निस्पक्ष ढङ्गले अनुसन्धान गरेन भने आज म निर्दाेष परें भोलि अरु निर्दाेषहरु पर्ने छन् । 

 

सरोज खत्री
धुलिखेल, काभ्रे