2026 August 25/ 03:35: 37pm

    समाज जति समुन्नत र प्रविधी मैत्री बन्दै जान्छ त्यति नै फरकखालका अपराधहरुको जन्म हुँदै जान थालेको छ। पत्याउन कठिन तर सत्य घटना बनेका छन् काभ्रेका केहि गम्भीर अपराधहरु। जेठाजुले बुहारीलाई बन्चरो प्रहार गरी हत्या गरेको घटना हुनु अघि सोहि स्थानमा दम्पत्तिको निर्मम तरिकाले हत्या गरिएको थियो। एक पछि अर्काे अपराधका घटनामा अपराधीहरु उम्कन त सकेका छैनन् तर अपराधीहरुको मनोबल बढ्दै जान थालेको छ। हत्या पछि अर्काे अपराध जर्बजस्ति करणी सम्बन्धी हो। परिवारका सदस्य नभएका ब्यक्तिहरुलाई जर्बजस्ती करणी गर्ने र ब्लाकमेलिङ्ग गरी मर्न बाध्य पार्ने मध्येका एक शारदा बतासेका ब्यक्ति पुर्पक्षका लागि थुनामा छन्। तर पनि उनको अपराध गर्ने शैली र स्वरुप अनौठो छ। प्रविधिको दुरुपयोग गर्दै भएका अपराधले समाजमा कलंक थपिदिएको छ। 
    तेमाल गाउँपालिका वडा नम्वर ६ ठुलोपर्सेल घर भएका ५१ बर्षीय टुल्कु लामाले सोलुखुम्बु घर भएकी २० बर्षीय युवतीसँग अवैध जर्बजस्ती शारिरीक सम्बन्ध राखेका छन्। उनको सम्बन्धबाट युवती गर्भवती भईन्। ८ महिनाको गर्भ टुल्कु स्विकार्न तयार छैनन्। युवतीको स्वास्थ्य परिक्षण पछि माईती नेपालको जिम्मामा छाडिएको छ। तर उनको पेटमा भएको गर्भका मालिक वा ? गर्भको जिम्मेवारी कसैले लिएको छैन। अबैध सम्बन्धबाट रहेको गर्भबाट जन्मने बच्चा र बच्चा जन्माउने आमाको भविष्यका बारेमा सरोकारवाला चिन्तित छन्। तर युवती सहमतिमा सम्बन्ध राखेकाले टुल्कु विरुद्ध कुनै उजुरी नदिने अडानमा छिन्। कामको सिलसिलामा सोलुखुम्बु पुग्दा युवतीसँग ख्यालख्यालमा प्रेम हुँदा सम्बन्ध राख्न पुगेको युवतीले आमा बनेपछिका चुनौती कसरी सामना गर्ने भन्ने तनावमा छिन्। महाभारत गाउँपालिका वडा नम्वर १ गोकुले धाप घर भएकी १४ बर्षीया बालिकालाई २१ बर्षीय युवकले मध्यरातमा घरमा सुतिरहेको समयमा झ्यालबाट पसेर जर्बजस्ती करणी गरे। बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा नाताले आफ्नै काका पर्ने युवकले जर्बजस्ती करणी गरी बालिकालाई ज्यान मार्ने धम्की दिएको उल्लेख छ। बालिका सुत्ने कोठामा ढोका लगाएर गर्मीका कारण झ्याल खुल्ला राखेर सुतेकी थिईन्। राती करिब ११. .३० बजे बालिका सुत्ने कोठामा झ्यालबाट प्रवेश गरी बसेका थिए। बालिका पिसाब फेर्न बाहिर गएर भित्र प्रवेश गरे लगत्तै उनले जर्बजस्ती गरेका थिए। बालिका चिच्याउन खोज्दा मुख बन्द गरी घाँटी निमोठी मार्ने प्रयास गरेका युवकले करणी पछि कसैलाई नभन्न धम्की दिदै झ्यालबाटै भागेका थिए। 
    बाल्यकाल पीडा नै पीडामा विताएकी २८ बर्षीय एक युवती श्रीमान्को साथमा रहँदा रहँदै तीन जना पुरुषको पटक पटकको बलात्कारमा परेकी छिन्। रामेछाप जिल्ला साबिक चिसापानी गाविस वडा नम्वर १ घर भई हाल मन्थली नगरपालिका वडा नम्वर ८ घर भई धुलिखेल नगरपालिका वडा नम्वर ४ बखुण्डोलमा बस्दै आएकी युवती बलात्कारमा परेकी छिन्। सहकर्मीहरुले वर्षाै देखि जर्बजस्ती करणी गरेको पीडित युवतीले बताएकी छिन्। लकडाउनका कारण मुलुकमा आर्थिक संकट गहिरिदै छ। समाजमा विभिन्न प्रकारका अपराध बढ्न थालेका छन्। अपारधका यी नमुना हुन्। समाजमा प्रविधिको विकासको प्रयोग बढेको अपराध न्यूनीकरणमा सरोकारवालाहरुको ध्यान जानु जरुरी छ।