बनेपा/नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादनलाई प्राथमिकतामा राखेर दशकौदेखि काभ्रेमा सकृय रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एर्सईई परीक्षा दिएर बसेका विद्यार्थीहरुको म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि खुल्ला म्याराथुन प्रतियोगिताको आयोजना गर्न लागेको हो । एर्सईई परिक्षापछिको समयमा विद्यार्थीहरुमा नैराश्यता पलाउने, खाली समय धेरै हुने कारणले दुव्र्यसनको अत्याधिक जोखिम हुने भएकाले ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नेपालकै इतिहासमै पहिलो पटक ज्ञानकुञ्ज म्याराथुनको आयोजना गर्न लागेको हो । ‘विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावनाको विकास गराउँदै उनीहरुलाई कुलतको जोखिम कम गराउन म्याराथुनको आयोजना गर्न लागेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले बताए । नेपालभरीकै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुले म्याराथुनमा सहभागी बन्न पाउनेछन् । प्रतियोगिता छात्रा र छात्र दुवै विधामा संचालन हुनेछ । ज्ञानकुञ्ज म्याराथुनमा प्रथम हुने विद्यार्थीले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् ।
किल एडिकसन, स्टे हेल्दीको नारा बोकेर आयोजना हुन लागेको म्याराथुन आगामी जेठ ३२ गते बनेपामा संचालन हुने ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले बताए । प्रतियोगिताको छात्रतर्फ ६ किलोमिटर लामो म्याराथुन हुनेछ भने छात्रातर्फ ३ किलोमिटरको हुनेछ ।









