बनेपा/नेपाल विद्युत प्राधिकरण आधिकारिक टेड युनियन निर्वाचन २०७६ काभ्रे विद्युत प्राधिकरण शाखामा सम्पन्न भएको छ ।
विहिबार सम्पन्न निर्वाचनमा नेपाल विद्युत्त प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी कल्याण परिषद र कर्मचारी सघंले निर्वाचनमा भाग लिएका थिए । काभ्रे विद्युत प्राधिकरण काभ्रे वितरण शाखाका प्रमुख तथा निर्वाचन अधिकृत रविन्द्रराज गुरुङ्गका अनुसार जिल्ला भरका विद्युत प्राधिकरण तथा शब स्टेस्नका गरी कुल १ सय २८ जना मतदाता रहेकोमा शत प्रतिशत खसेको बताएका छन् । कर्मचारी यूनियनले ९३ कर्मचारी, कर्मचारी सघं ३२ र कल्याण परिषदले १ मत प्राप्त गरेका थिए । विजयी टे«ड यूनियनले २ वर्षको नेतृत्व गर्ने निर्वाचन अधिकृत गुरुङ्गले वताए ।









