बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले दोलखा जिल्ला शाखाको भवन निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ । बैशाख महिनाको नियमित बैठकबाट शाखाले भवन निर्माणका लागि रकम प्रदान गर्ने निर्णय गरेको थियो ।
शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले दोलखा जिल्ला अध्यक्ष जीवन लामालाई ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका थिए । दोलखा जिल्ला शाखाले भवन निर्माण कार्य गरिरहेको छ । एउटा जिल्लाले भवन निर्माण गर्दा अर्काे जिल्लाले सहयोग गर्ने उदेश्यले उक्त निर्णय गरेको अध्यक्ष तिमल्सिनाले बताए । प्रदेश नम्वर ३ भित्रका जिल्लाहरुमा उपत्यका बाहेक भवन निर्माण गर्दा आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।









