2026 April 20/ 06:08: 21am

    पनौती/पनौती साहित्य समाजको आयोजनामा साहित्यकार तुयुकाजी ताम्राकारद्धारा लिखित ‘पर्वतराजमा आनन्द’ किताबको बरिष्ठ साहित्यकार मोहन दुवालले एक कार्यक्रमका बिच लोकार्पण गरेका छन् ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी दुवालले आनन्द भनेको चिज कसैले लिने र दिने होईन त्यो चिज आफैमा हुने हो त्यसैले कसरी लिने भन्ने मात्र हो त्यसैले मनमा सधै आनन्द लिने गरौ बताउँदै साहित्य भनेको ज्ञानको भण्डार हो, जति झिके पनि बाडे पनि नसकिने दुवालले बताए । साहित्य भनेको सकारात्मक सोचेर साहित्यमा लागेमा सफल भईने उनले बताए । आफु सबै पेशा छाडेर निरन्तर साहित्यमा लागेकाले ३२ जिल्लाबाट सम्मानित भएको उदाहरण दिदै दुवालले साहित्यमा निरन्तर लागेमा मन आनन्द हुने बताए । साहित्यले समाज परिवर्तन हुने भएकाले सोही अनुसार सभ्य र चोटिला साहित्य लेख्नुपर्ने उनले बताए । कार्यक्रममा संविधान सभा सांसद रामहरी सुवेदी, शिक्षासेवी रामप्रसाद अधिकारी, साहित्यकार सूर्य प्रसाद लाकोजु, लोकगायक मच्छेश्वर सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लेखक साहित्यकार तुयुकाजी ताम्राकारले विभिन्न पेशा गरे पनि साहित्यमा जस्तो आनन्द कुनैमा नभएको बताए । ‘सबै हेरे, भोगे यसमा चाँहि आनन्द लागेको छ, फुर्सदको समयमा किताब निकाल्ने प्रयास गर्दा गर्दे सफल भएँ’– उनले भने ।
    कार्यक्रम पनौती साहित्य सामाजका अध्यक्ष रामसुन्दर देउजाको सभापतित्वमा सम्पन्न भएको थियो ।