2026 April 20/ 04:37: 23am

   धुलिखेल/“समृद्धिका लागि युवा” भन्ने संस्थाले युवाहरुका लागि विभिन्न कार्यक्रम गर्ने उद्देश्यले शुक्रबार धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले युवाहरुमा निराशा नभई आशा र तागत हुनुपर्ने बताए । संसार बदल्न सक्ने क्षमता भएका युवाहरुले पहिले आफुलाई बदल्न तयार हुनु पर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले आफु बसेको अवस्था र बर्तमान समयमा आशा देखाउँदै युवाहरु मार्फत सबै चिजको रुपान्तरण गर्नु पर्ने आंैल्याए । केहि गर्न तत्परता, जागरण र जोश आवश्यक रहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले युवा भनेको जोश जाँगर र तत्परता भएको शक्ति भएकाले त्यसलाई सकारात्मक रुपमा अगाडी बढाउनुपर्ने बताए । कार्यक्रममा अध्यक्ष सिवी तामाङले समृद्धिका लागि युवा भन्ने संस्थाले धुलिखेल क्षेत्रका सबै युवाहरुको परिवर्तनका लागि लाग्ने बताए । भावना र बस्तुगत अवस्था तथा युवाहरुको तागतलाई शक्तिमा बदल्न नगर प्रमुख ब्याञ्जुले सुझाव दिए । सचिव राम यगोलले संचालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको थियो ।