2026 April 20/ 01:08: 33am

    पाचँखाल/पनौती नगरपालिकामा मुख्य कार्यालय रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो नवौं कार्यालयको रुपमा पाँचखाल नगरपालिका वडा नं. ४, तामाघाटमा पाँचखाल सेवा केन्द्र शुरु गरेको छ ।
     सेवा केन्द्रको उद्घाटन पाँचखाल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुन्दर तामाङले गरेका थिए । कार्यक्रममा बोल्दै तामाङले सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. नेपालमै पहिचान बनाउन सफल र एक्सेस सिल्भर ब्राण्ड प्राप्त सहकारी संस्था भएको संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरु थोरै मार्जिनमा, प्रभावकारी र गुणस्तरिय रहेको बताएका थिए । संस्थाको आफुहरुले पनि  सदस्यता लिने  जनतालाई संस्थाको सदस्यता ग्रहण गरी संस्थाको वस्तु तथा सेवा उपभोग गर्न अनुरोध गर्न बताएका थिए । पाँखालमा आर्थिक क्षेत्रमा एउटा ईट्टा थप्ने कार्यको शुरुवाती भएकाले पाचँखालका कृषकहरुको आय स्तर उकास्न सहकारीले भुमिका खेल्न सक्नु पर्ने बताएका थिए । सहकारी ठुलो हुदैमा राम्रो नहुने भएकाले सदस्यहरुलाई सेवा सुविधाका आधारमा ठुलो हुने बताएका थिए ।
     कार्यक्रममा पाँचखाल न.पा. ७ का वडाध्यक्ष एवं न.पा. का सहकारी उपसमितिका संयोजक पुष्कर ढकाल, ने.वि.प्रा. का प्रमुख गोविन्द प्रसाद घिमिरे, संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ लगाएतका ब्यक्तिहरुले सहकारीले प्रतिस्पर्धा नभई सहकार्य गरी अगाडी बढनु पर्ने बताएका थिए  । त्यसै गरी कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको ८ वटा सेवा केन्द्र र १ वटा आफ्नै भवनमा मुख्य कार्यलय सहित ९ ठाउँ बाट सदस्यहरुलाई सेवा दिएको वताएका थिए । संस्थाका कुल कारोबार १ अर्ब ६२ करोड शेयर पुजीं १७ करोड र सदस्य सख्या १९ हजार ५ सय रहेको बताएका थिए । कार्यक्रममा बस्नेतले  सेवाहरुको बारेमा प्रस्तुती गर्दै सदस्यहरुलाई १३ प्रतिशत सम्मको वचतमा ब्याज प्रदान गरेको समेत जानकारी गराएका थिए ।  
    कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष कुमार प्रसाद लामिछानेले गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको सभापतित्वमा सम्पन्न भएको थियो ।