2026 April 19/ 11:29: 02pm

    बनेपा/सिकाइ संस्कृति विकासका लागि बाल पत्रिका भन्ने मूल मर्मका साथ ‘बाल उदय’ मासिक बालपत्रिका बजारमा आएको छ । ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर बाल पत्रिका प्रकाशनमा ल्याइएको हो । 
    प्रकाशक एवम् सम्पादक नरेन्द्रकुमार नगरकोटीका अनुसार पत्रिकाको प्रत्येक पृष्ठमा फरक भूगोलका बालबालिकाका रचना पत्रिकामा समावेश गरिएका छन् । सम्पादक नगरकोटीले यस बालपत्रिकामार्फत नयाँ प्रतिभाको उजागर र बालबालिकालाई विशेष स्थान दिने बताए । बालबालिकालाई लक्षित गरेर प्रकाशन गरिए पनि सबै अभिभावकका लागि समेत पठनयोग्य हुने उनको दाबी छ । बालबालिलाई केन्द्रित गरी पठनयोग्य पत्रिका प्रकाशन गर्नु चुनौतीको विषय भए पनि आफ्नो टिमले उक्त जोखिम लिएरै पत्रिका प्रकाशन गरेको उनले बताए । उनले बालबालिकाको प्रत्यक्ष सहभागितामा स्कुलस्कुल र जिल्लाजिल्लामा सिर्जनात्मक सीप विकास कार्यशाला सञ्चालन गरिने पनि बताए ।