2026 August 07/ 03:05: 08am

बनेपा/नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना, बनेपा नगरपालिकाको प्रायोजक तथा रोटरी क्लब अफ धुलिखेलको सह–प्रयायोजन र रोटरी क्लब अफ काभ्रे भ्याली तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा प्रथम ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । 
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा भएको उक्त प्रतियोगितामा प्रमुख अतिथि बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले खेलको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी सापकोटाले अपाङ्ग भएका ब्यक्तिहरुले पनि केहि गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणलाई बदल्नु पर्ने सापकोटाको भनाई रहेको थियो । प्रतियोगितामा काठमाण्डौँ उपत्यका भित्रका ५ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रतिस्पर्धीहरुले ह्विलचियरबाटै बास्केटबल खेल खेलेका थिए । प्रतियोगितामा पुरुषतर्फ टिम एल्लो प्रथम र टिम व्हाइट द्धितिय र टिम रेड तृतीय हुन सफल भएका छन् भने महिलातर्फ टिम ग्रीन प्रथम र एल्लो द्धितिय भएका छन् । 
प्रतियोगितामा मानार्थ अतिथिका रुपमा रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठ रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जिवनकाजी माकजु श्रेष्ठ, क्लबका प्रशासक इन्जिनियर डा. राम लामा, सह–सचिव वातावरण इन्जिनियर लक्ष्मण लामा, रोटरी क्लब अफ काभ्रे भ्यालिका अध्यक्ष अनुपकुमार श्रेष्ठ, लायन्स क्लब अफ नेपासिटिका अध्यक्ष पदम सुन्दर श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मानबिर तामाङ, स्पाइनल ईन्जरी पुनस्र्थापना केन्द्रका सोसल डिपार्ट प्रमुख पौडल ज्ञानकुन्ज शैक्षिक प्रतिष्ठानका कार्यकारी निर्देशक प्रताप बैद्य र भाईस प्रिन्सिपल रत्नराज खतिवडा लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिमलाई मेडल, सर्टिफिकेट र नगद पुरस्कार प्रदान गरिएको थियो ।