2026 August 07/ 01:54: 40am

पनौती/पनौती उधोग बाणिज्य सघंका पधादिकारीहरुले गत शनिबार पदस्थापना गरेका छन् । पनौती उधोग वाणिज्य सघंमा भोला थापाको नेतृत्वमा नयाँ समिति चयन भएको थियो । समितीलाई वागमती प्रदेशका कृषि तथा पशुपन्छि मन्त्री बसुन्धराहुमागाईले  बदाई तथा शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी हुमागाईले कृषि र ब्यपार ब्यबसाय तथा उद्योगलाई सगै लानु पर्ने बताउनु भयो । पनौती भेगमा उद्योग कम भएका कारण पनि कृषि तथा पशुपालन क्षेत्रलाई कसरी ब्यबसायीकरण गर्न सकिन्छ त्यस तर्फ ध्यान दिनु पर्ने हुमागाईले बताउनु भयो । कार्यक्रमा जिल्ला समन्वय प्रमुख दिपक गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उप प्रमुख गिता बन्जारा, बेथान्चोक गाउँपालिका प्रमुख भगबान अधिकारी, नेपाल पत्रकार महासघंका अध्यक्ष बद्रीराज तिमल्सिना लगाएतल शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रमको अधयक्षता पनौती उद्योग वाणिज्य सघंका अध्यक्ष भोला थापाले गर्नु भएको थियो ।