2026 August 08/ 03:02: 54am

    धुलिखेल/सिविक फोरमले जिल्ला भित्र संचालित सामी परियोजनाको बार्षिक समिक्षा गरेको छ । अध्यक्ष झलकबहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामी परियोजनामा कार्यरत कर्मचारीहरु, सरोकारवाला निकायहरु, स्थानीय सरकारका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
    सामी परियोजनाले बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुलाई दिने ज्ञान तथा सिपका बारेमा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए भने बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको परिवार तथा फर्किएका ब्यक्तिहरुका अवस्थाका बारेमा समेत सामी परियोजनाले पारेको प्रभावका बारेमा जानकारी गराएका थिए । बैदेशिक रोजगारीमा ठगिएका ब्यक्तिहरुको सहजता तथा कानुनी उपचारका लागि भएका प्रयासका बारेमा सहभागिहरुले जानकारी गराएका थिए । रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले रोशी गाउँपालिकामा सामी परियोजनाबाट भएका उपलब्धीका बारेमा जानकारी गराउँदै आगामी दिनमा स्थानीय सरकारले परियोजना संचालनका लागि गर्नु पर्ने प्रयासका बारेमा बताउनु भएको थियो । सामी परियोजना धुलिखेल, मण्डनदेउपुर, भुम्लु र रोशी गाउँपालिकामा संचालन भएको छ । जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा सामी परियोजना मार्फत राहदानी बनाउन आउने सेवाग्राहिहरुलाई परामर्श दिने कार्य भईरहेको सेवा प्रदायक संस्था सिविक फोरमका कार्यकारी निर्देशक एवं परियोजना प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो । उहाँले जिल्लामा सामी परियोजना मार्फत चालु आर्थिक वर्षमा भएका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।