2026 August 06/ 10:14: 34pm

    बनेपा/काभ्रे तेक्वाडोको आयोजनामा सातौ राष्ट्रिय प्रोफेसनल तेक्वान्डो प्रतियोगिता बनेपामा सम्पन्न भएको छ ।
    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १० वटा टिमले भाग लिएका थिए । घिसिङ्गले नेपालले बल्ल खेलको बारेमा बुझेकाले अहिले खेललाई महत्व दिदै आएको बताउनु भयो । खेलले नेपालको पहिचान, आर्थिक, समाजिक र साँस्कृतिक रुपमा महत्व राख्ने भएकाले खेललाई प्राथमिकतामा राखिएको बताउनु भयो । राष्ट्रिय खेलकूद परिषद्ले सबै खेललाई प्राथमिकता दिई अफिसियल रुपमा अगाडि लैजान खोजेको घिसिङ्गले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले नगरले सबै खेल तथा संस्थाहरुलाई समान रुपमा राखी सहयोग गरेको बताउनु भयो । विगतमा समेत सहयोग हुदै आएकोमा नगरको पहिचान र ईज्जत राखी खेल प्रतियोगिता गर्न आयोजकलाई आग्रह गर्नु भएको थियो । खेलले मानिसलाई अनुशासित, आर्थिक, ब्यवसायिक बनाउने भएकाले नगरको नाम राख्ने गरी आयोजना गर्न आग्रह गर्नु भएको थियो ।
    कार्यक्रममा आईटीएफ अध्यक्ष अन्जन धमला, बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, प्रहरी प्रमुख चक्रराज जोशी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम हुने टिमलाई नगद ७५ हजार, द्धितियलाई ५० हजार र तृतिय हुनेलाई २५ हजार नगद पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम काभ्रे तेक्वाण्डो आईटिएफ उपाध्यक्ष किशोर बरुणले स्वागत मन्तब्य राख्नु भएको थियो भने काभ्रे तेक्वाण्डो आईटिएफ सघंका संस्थापक अध्यक्ष तथा वागमती प्रदेश तेक्वाण्डोका प्रमुख प्रशिक्षक राजमन्दिर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन काभ्रे तेक्वाण्डो आईटिएफका सदस्य बद्री तिमल्सिनाले गर्नु भएको थियो ।