2026 August 07/ 07:51: 26pm

धुलिखेल/धुलिखेल नगरपालिका पशु पंक्षी विकास शाखाको आयोजनामा एवं  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संम्वनयमा १ दिने पशु स्वास्थ्य शिविर धुलिखेल नगरपालिका वडा नं ११ को कल्छेमा सम्पन्न भएको छ ।  
    शिबिरमा २ सय ८४ नमुना गोबर परिक्षण, गाई भैंसी २४३, बाख्रामा ३१३, नाम्ले जुका विरुद्ध को औषधि वितरण गरिएको छ । गाई÷भैंसी  ९ ओटा मा गर्भ परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोतम हुमागाईले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमु विमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी शर्माले नगरपालिकाले भौतिक विकास सगै कृषि क्षेत्रमा समेत काम गर्दे आएको बताउनु भयो । कृषकहरुको घर घर मै पुगी अन्न बाली, पशुपन्छी हरुको उपचार गर्दे आएको शर्माले बताउनु भयो । नगरपालिकाले गाई भैसी तथा बाख्रामा लाग्ने विभिन्न रोगहरुको सबै वडामा पुगी सेवा दिएको बताउनु भयो । कार्यक्रममा ेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख राजकुमार हुमागाईंको आतिथ्यताममा तथा डा नितेश कार्की, डा अमृत कुमार देउजा पशु पन्छी बिकास शाखा प्रमुख पुरुषोतम हुमागाईं लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम
धुलिखेल नगरपालिका वडा नं ११ का वडा अध्यक्ष बिष्णु धितालको सभापतित्वमा, सम्पन्न भएको थियो ।  शिविरमा ८३ जना सहभागी भएको थिए ।