2026 August 06/ 03:20: 01pm

    बनेपा/सेना दिवस तथा महाशिवरात्रीको अवसर पारी बनेपा नगरपलिका अन्र्तगत अरनिको राजमार्गको पुलबजार देखि चारदोवाटोसम्म सरसफाई गरिएको छ ।
    नेपाली सेना कालिजंग गण धुलिखेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, बनेपा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमममा नगरपालिका क्षेत्र भित्रको सरसफाईका लागि विशेष जोड दिन आग्रह गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, कालिजंग गणका गणपति कर्णेल मिलन थापा, उपप्रमुख रेखा सापकोटा दाहाल, सहयाक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरु, प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सेना दिवसको अवसरमा सेनाले विभिन्न स्थानमा सरसफाईका कार्यक्रम संचालन गरेको थियो ।