2026 August 07/ 04:44: 59pm

    बनेपा/पतञ्जली योग समिति काभ्रेले महाशिवरात्रीको आयोजनामा बनेपाको चण्डेश्वरी मन्दिरमा अखण्ड गायत्री मन्त्र महा मृत्युजन्य जप तथा यज्ञ आयोजना गरेको छ । विहान ६ बजेबाट साँझ ६ बजेसम्म आयोजना गरेको जप तथा यज्ञमा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
    पतञ्जली योग समितिका बागमती प्रदेश अध्यक्ष ग्रुवेन तौजले लगायतका पदाधिकारीहरु, जिल्ला अध्यक्ष हरिशरण श्रेष्ठ तथा पदाधिकारीहरु, महिला अध्यक्ष, युवाहरुको सक्रिय सहभागिता रहेको थियो । पतञ्जली योग समितिले विश्व शान्तिका लागि गत वर्ष देखि अखण्ड गायत्री मन्त्रको जप तथा यज्ञ आयोजना गर्दै आएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, राष्ट्रिय सभा सदस्य कमला पन्त, धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेलका नगरपालिकाका उपप्रमुख विमला शर्मा, विभिन्न राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, सामाजिक क्षेत्रका ब्यक्तिहरु, सुरक्षा निकाय तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।