2026 August 08/ 05:08: 44pm

    धुलिखेल/सशस्त्र द्वन्द्वका क्रममा घाईते भई अपाङ्गता भएका ब्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन (प्रथम संशोधन) कार्यविधि, २०७४ बमोजिम कार्यदलमा नाम भएका तर हालसम्म घाईते अपाङ्गता प्रतिशत निर्धारण नभएका ब्यक्तिहरुलाई सूचिकृतका लागि आवश्यक प्रकृया पु¥याएर निवेदन आब्हान गरिएको छ ।
    यसअघि विभिन्न मितिमा घाईते तथा अपाङ्गहरुले जिल्ला प्रशासन कार्यालय मार्फत अनुदान लिंदै आएका छन् । सशस्त्र द्वन्द्वका क्रममा घाईते भई अपाङ्गता भएका ब्यक्तिहरुको अपाङ्गता प्रतिशतका आधारमा तीन महिना भित्र कार्यदलमा समावेश भएको प्रमाण सहित आवेदन दिन आब्हान गरिएको छ ।