2026 August 06/ 07:51: 48pm

भकुण्डे/नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघ नमोबुद्ध नगर समितिको बैठक एवं प्रशिक्षण नमोबुद्ध नगरपालिका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता  सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तिमल्सिनाले नमोबुद्ध नगरपालिकामा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन, नीति तथा कार्यक्रम तय गरि अघि बढेको बताउनु भयो । तिमल्सिनाले संघलाई वडास्तरसम्म विस्तार गर्न, खेलकुद गतिविधिलाई अझै व्यवस्थित र प्रभावकारी बनाउन प्राथमिकताका साथ अघि बढ्ने बताउनु भयो । कार्यक्रममा नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डे, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको नेकपाका नेताहरु बिष्णु खनाल, कृष्णचन्द्र आचार्य, संघका जिल्ला अध्यक्ष माधव भुर्तेल, नमोबुद्ध नपा ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल लगायतले मन्तव्य राखेका राख्नु भएको थियो  । कार्यक्रम संघका नगर कार्यसमितिका अध्यक्ष सुदिप पौडेलको सभापतित्व तथा सञ्जीव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।