2024 April 27/ 08:58: 00am

    आवेश, उत्तेजना । परिघटना र घटना । मान्छेको छैटीमा लेखिए अनुसार हुने रहेछ जन्म, मृत्यु र भोगाई । त्यहि भोगाईले मान्छेलाई अनुभवी बनाउने रहेछ । अरु घटना छाडौं । पछिल्लो घटनाले मलाई बाँच्नु न मर्नु बनायो 
। प्रविधिको सदुपयोग भन्दा दुरुपयोग भएको छ । यसकै कारण ग्रामिण भेगमा मोेवाईल विवाह हुन थालेको छ । ब्यक्तिहरु आत्महत्या गर्न उन्मुख भएका छन् । पछिल्लो चरणमा आत्महत्याका घटनामा बृद्धी हुनुको कारण प्रविधि पनि जोडिएको छ । प्रविधिले धेरै सहज त बनाएको छ तर असहज पनि भएको छ । प्रविधिमा प्रयोग हुने धेरै कुराले विकृति ल्याएको छ । सामाजिक सञ्जालकै कारण ब्यक्तिको ज्यान थालेको छ । 
    कामको सिलसिलामा म काठमाण्डौ तिर बसोबास गर्दछु । विभिन्न जिल्लाहरुमा घुम्न जाने गर्थे । मकवानपुरतिर जांँदा एउटी युवतीसँग भेटघाट भयो । चिनजान हुँदै जाँदा मोवाईल नम्बर आदान प्रदान भई फोनमा कुराकानी हुँदा हामी दुबै विचमा माया प्रेम भयो । प्रेम हुँदा हुँदै केहि वर्र्ष भित्रै काठमाडौ ल्याई प्रेम विवाह गरी काठमाडौमा नै कोठा लिई राखेको थिएँ । माया र  प्रेम हुँदा हुँदै विवाह गर्ने निर्णय गर्दा हामीले अभिभावकहरुको पनि सहमति लिएका थियौं । काठमाडौमा बसेको केहि समय पछि उनले म पढ्छु भनेकोले घरमा ल्याई राखि भर्ना गरिदिए । २०६८ सालमा एस.एल.सी.पास गरी हामीबाट १ छोरीको जन्म भयो । घर व्यवहार चल्दै आएको थियो । उनी गाउँमा र म काठमाडौमा बस्न थालेका थियौं । उनी बच्चा हेर्ने र घरको काम गर्ने म बाहिर काम गरेर उनलाई सहयोग गर्ने गरेको थिएँ । श्रीमती गाउँकै छिमेकी नाताको आफन्तसँग फेसबुकमा चिनजान गरी कुराकानी गर्न थालेकी छिन् । विस्तारै कुराकानी बढ्यो । फोटो आदान प्रदान हुन थालेको थाहा पाएँ । त्यो कुरा जानकारी पाए पछि मैले श्रीमतीलाई सम्झाई बुझाई गर्दा अटेर गरिन् । शुरुमा त हुन्छ जस्तै कुरा गरिन तर पछि उनले मैले भनेको मानिनन । केहि गर्दा पनि नमाने पछि श्रीमतीलाई डर देखाउन सामान्य कुटपिट गरेको थिएँ । गाली गरेको वास्तै भएन । मैले पु¥याउन नसकेको केहि थिएन । सबै कुराको सुख र सुविधा दिँदा पनि उनको मन म सँग अडिएको थिएन । 
    उनी मेरो सामान्य कुटपिटमा माईती गईन् । श्रीमती माईती घर भएपछि म विरुद मकवानपुर जिल्लामा उजुरी गरेकी रहिछिन् । पछि उक्त घटना काभ्रे जिल्लामा भएको भन्दै बनेपामा पठाईएको रहेछ । उनको र मेरो अभिभावक  श्रीमतीको सानीआमा, मेरो दाजु समेत बसी छलफल गरी अब आईन्दा हामी दुबैले कुनै किसिमको गल्ती नगर्ने, छिमेकी केटालाई आवश्यक कारवाहीको लागी सार्वजनिक अपराध सम्वन्धी मुद्धा दर्ता गरियो । पुनः हामी दुबै जना  मिलेर घरमा गई बस्यौ । पुराना घटना र विषयमा दुबै जनाले इगो नलिने कुरा भयो । भोलिपल्ट श्रीमतीको सानी आमालाई मकवानप्ुर पु¥र्याउन काठमाण्डौ बल्खु गएँ । सानी आमा सासुलाई बल्खुमा पु¥याई घर आउने क्रममा मलाई घरबाट फोन गरी तिमि छिटो घर आउ घरमा समस्या भएछ । तिम्रो श्रीमतीले काम विगारेछ भन्ने खवर आयो । काठमाडौबाट सोहि दिन साँझ साँढे ६ बजे तिर घर आई पुग्दा श्रीमती मृत अवस्थामा देखें । श्रीमती सँग सल्लाह नै गरेर म सासुआमालाई पु¥याउन काठमाडौ गएको थिएँ । अन्य ब्यक्तिले पसलमा श्रीमती झुण्डिएको देखेर मलाई खवर गरेका थिए । हाम्रो सामान्य पसल पनि थियो । दिउसो घरबाट चाउचाउ किन्न किराना पसलमा गएको समयमो चार वर्षको छोरीलाई पसल भित्रै राखेर उनले आत्महत्या गरिछन् । बन्द पसल भित्रै झुण्डिएको अवस्थामा बच्चा रोई रहेको सुनि तिम्रो आमा कँहा गईन् ढोका खोल भनि ढोका खोल्न लगाई तिम्रो आमा काँहा छ भनि सोध्दा आमा सुति राख्नु भएको छ भनेकी थिईन् । पछि ढोकाबाट हेर्दा झुण्डी रहेको अवस्थामा देखि गाँउ घरमा हल्ला खल्ला गरिएको थियो । गाउँका सबै मानिस जम्मा भए पछि बाँच्छ की भनि घाँटीको पासो काटी भुईमा झारी हेर्दा सास गई सकेको रहेछ । त्यसपछी गाउ घरका मानिसहरु जम्मा भई प्रहरीलाई खबर गरेका रहेछन । सासुले पनि प्रहरीकोमा देखेको बयान दिनु भएको थियो । 
    २÷३ महिना पहिलो देखि छोरीको घर नजिकैको एकजना केटासँग सामाजिक संजाल ईमो, ह्वाटस अप र फेसकुक मार्फत चिनजान भई आएकोमा सोही सामाजिक संजालबाट निजको अश्लिल सामग्रीहरु पठाएको भन्ने विषयलाई लिई उनिहरु बिच असमझदारी भएको थियो । सोही विषयलाई लिएर ज्वाईले सामान्य कुटपिट गरेपछि छोरी मकवानपुर आईन् । श्रीमानले कुटपिट गरेको भन्ने सुनाए पछी मैले अन्याय सहेर बस्नु हुन्न हिँड प्रहरीमा उजुर गरौं भनेर योजना बन्यो । जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडामा गई ज्वाई विरुद्दमा निवेदन पेश गरिएको थियो ।     मकवानपुरबाट काभ्रेमा आई छलफल भयो । श्रीमान श्रीमतीको झगडा हो एक पटक सुध्रने मौका दिनुपर्छ भन्ने सल्लाह अनुसार आईन्दा कुटपिट झै–झगडा नगर्ने भन्ने शर्त राखी छोरी ज्वाँईले संयुक्त मिलापत्र निवेदन पेश गरी सोही अनुसारको मिलापत्र समेत गरी घर तर्फ गएका थिए । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा केही सार्वजनिक अपराध मुद्दामा जाहेरी पेश गरिएको थियो । अनुसन्धानको क्रममा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । मिलापत्र गरेपछि छोरीलाई उनको घर पु¥याई त्यहि रात छोरीको घरमै बसी भोलीपल्ट बिहान १० बजे तिर खाना खाई ज्वाँईको नम्बर थाहा नभएको मोटरसाईकल चढी घरबाट काठमाडौ बल्खु पुगि आफ्नो घर तर्फ लागेको बयान दिएकी थिईन । दिउँसो ३ बजे मकवानपुर पुगें । त्यहि बेला उनको अशुभ खबर सुनें । त्यो दिन आउन सम्भव भएन । भोलिपल्ट बनेपा आएँ । घटनास्थल पुग्दा त उनले घरकै टहरको भित्र पट्टी छानाको कैंची बलोमा प्लाष्टिकको डोरी बाँधिएको भुई तर्फ भरेको डोरी मुनी घोप्टो अबस्थामा घाँटीमा डोरी बाँधेको अबस्थामा देखें । छोरीले लेखेको कापी र कालो भिर्ने टाउको भएको कालो लेख्ने डटपेन सँगै रहेछ । कापी खोली हेर्दा २ पाना सु–साईड नोट रहेछ । प्रहरीले घटनास्थलबाट बरामद गरेको पश्चिम तर्फको कोठामा रहेको २ वटा खाटमा कपडाहरु यत्रतत्र छरिएको अवस्थामा थियो । भित्रि ढोकाको संगारमा घोफ्टो अवस्थामा रहेको लाशलाई उत्तानो पारी कपडाहरु खोली हेर्दा आफै मरेको प्रमाणहरु फेला पारेको प्रहरीले बताएको थियो । 
    उनको निधन भए लगत्तै मलाई पक्राउ गरिएको थियो । मेरै कुटाईका कारण उनको निधन भएको हो कि भन्ने एक पक्षिय आरोप लागेको थियो । मैले सामान्य कुटपिट गरेकै थिएँ । उनले जससँग मोवाईलमा गलत कृयाकलाप गर्ने कुरा निरन्तर जारि राखिन । त्यसले मलाई केहि समय तनाब दिएको थियो । आफ्नै श्रीमतीलाई सम्झाउने, माया गर्ने, कहिलेकाँहि सामान्य विषयमा भनाभन हुँदा हात उठाउनु ठुलो कुरा होईन । त्यो पनि प्रहरीकोमा गएर ससुरालीको उपस्थितीमा समेत मिलापत्र भएको थियो । केहि पत्रपत्रिका तथा संचारमाध्यममा मैले मारेको अभियोग र प्रमाणीत गर्दै फैसला समेत सुनाईयो । केहिले अझै धेरै आरोप प्रत्यारोप लगाए । उनले जे जे गरेको भए पनि मेरो श्रीमती हुन् उनी । प्रेम गरेर विवाह गरेको अवस्थामा मैले उनलाई दुख दिने र छाड्ने कुरा थिएन । अझ हामीबाट कलकलाउँदो तामाको मुना जस्तो चार बर्षिय छोरी समेत थिईन् । उनको अनुहार समेत हेरेर उनले बाँच्नु पर्दथ्यो । उनी इमान्दार थिईन् । उनले आफ्नो इमान्दारीतालाई लुकाउन सकिनन् । उनी परिबन्दमा परिन् । उनलाई परिबन्दमा पारियो । एउटा पुरुष घरमा नभएपछि अर्काे पुरुषले गर्ने ब्यवहार त्यो थिएन । त्यो हुनु हुँदैन थियो । महिलाहरुमा हुने ईमान्दारीतालाई कसैले मजाक बनाएपछि मन थाम्न सक्दा रहेनछन् ।
    काठमाडौबाट घर फर्कन नपाउँदै उनले संसार छाडेको खबरले मलाई झनै तनाब बनायो । अझै साथमै छोरी राखेर कसरी उनले त्यो निर्णय गर्न सकिन । मेरो त अनुहार हेर्न मन लागेन वा समाजका अन्य ब्यक्तिहरुको अनुहार हेर्न मन लागेन होला तर कलिली आफ्नै सन्तानको अनुहार किन विर्सन पुगिन् उनले ? प्रहरीले मलाई पक्राउ गरी हिरातमा लियो ।  मुद्दा अनुसन्धानको सिलसिलामा संकलन हुन आएको मिशिल कागजातहरु घाउजाच केश फारम, घटनास्थल लाश जाँच प्रकृती मुचुल्का, जाहेरी दरखास्त, पुरक जाहेरी, प्रहरी प्रतिवेदन, स्वास्थ्य परिक्षण प्रतिवेदन, प्रतिवादीहरुको वयान, मृतकको शव परिक्षण रिपोर्ट र अनुसंन्धानको क्रममा बुझिएका मानिसहरुले गरेको घटना बिवरण कागज समेतको आधार प्रमाणवाट अदालत पेश गरिएको थियो । त्यहि आधारमा हामीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । उनले लेखेको सुसाईड नोटमा समेत उनको मृत्युको कारण खुलेको थियो । प्रविधि, भोगाई, भाग्य र लेखान्त । मन बुझाउँदै संर्घषमा छु । अदालतले मलाई सफाई दिएको छ । प्रविधिको माध्यमबाट उनलाई फसाउने छिमेकी केटा, उनिहरु बीचको सम्वन्ध सार्वजनिक हुने डरले उनले गलत बाटो रोजिन । अझ सम्वन्ध राखेका प्रमाणहरु राख्ने र ब्लाकमेलिङ्ग गर्ने डरका कारण उनले लिएको गलत बाटोमा हामी पीडामा प¥यौं । जे भयो गलत भयो । अरुले पनि यस्ता घटनाबाट पाठ सिक्नु पर्छ । मैले जे भोगें अरुले यस्तो भोग्नु नपरोस् । 
सञ्जय तामाङ
बनेपा, काभ्रे