2024 April 27/ 10:21: 41am

    सधंै उस्तै हुँदैन समय । प्रकृतिले पनि रात, विहान अलग अलग बनाएको छ । विहान हुँदै दिउँसो र साँझ हुँदै रात हुन्छ । जीवन पनि त्यस्तै रहेछ । कतिबेला खुशी कतिबेला दुःखी । कहिले पूर्णिमाको जुन जस्तै झलमल हुन्छ । कहिले आंैसीको रात जस्तो अँध्यारो । सुर्यको राप जस्तै तातो र न्यानो । यस्तोे जीवनको कसरी गरुँ बयान ? न उमेर, न यौवन । केहि नुबुझ्दै लुटिनु पर्दाको पीडा असाध्यै कठिन छ । कसरी भनुँ म । आफ्नै मान्छेबाट लुटिनु पर्दा झनै पीडा हुदो रहेछ । मर्दा, पर्दा काम लाग्ने छिमेकी रक्षक होईन भक्षक भएपछि कसबाट सुरक्षित भएको महसुस गर्ने ? बाल्यकालका अनगिन्ति भोगाईहरु हुन्छन् । भोगाईहरु कतिले मिठो पल बनाएर जान्छ कतिले काँडा रोपेर जान्छ । काँडा रोपेको घाउ बिग्रियो भने खिल पल्टिन्छ । सधंैको झस्का बनिरहन्छ । हो त्यस्तै भएको छ मेरो बाल्यकाल । मेरो जीवन । कति समय बाँकी छ अझै जीउन । तर लुटिएको ब्यक्ति भित्र रहेको मानसिक तनावलाई कसरी शान्त पार्ने ? नयाँ जीवन कसरी शुरु गर्ने ? 
      केहि महिना मात्रै भयो । २०७६ असार ९ गते साँझकोे समय थियो । सधै झै म विद्यालय गएर घर फर्किएको मात्रै थिएँ । हामी खेल्दै बसिरहेका हुन्थ्यौं । विद्यालयबाट फर्किएपछि गृहकार्य गर्नु अघि केहि समय खेल्ने र अनि बुबा आमाले अहएको काम गर्ने मेरो बानी थियो । समाजमा पनि हामी तल्लोे दर्जाका नागरिक सरह मानिन्थ्यौं । दशैं र तिहार जस्ता चाडहरु आएपछि बुबा आमा अन्न उठाउन जानु हुन्थ्यो । पहिले देखि नै हेपिएको जाति दलित समुदायमा मेरो जन्म भएको थियो । दलित समुदायलाई अहिले देखि हैन हेपिएको । मैले बुझे अनुसार पुस्तौ देखि पछि पारिएको समुदायमा चेतनाको कमी थियो । अहिले त्यस्तो छैन । हुन त अझै छुवाछुत छ । तर पनि पहिला जस्तो दलित समुदायले अवसर नै नपाएको भने छैन । नेपालको राज्यव्यबस्था २४० वर्ष देखि परन्तु आजतक सामान्ती केन्द्रीकृत एकात्मक हिन्दू जातिवादी साम्प्रदायिक रहँदै आएको छ । देश जातीय पहिचान सहितको प्रादेशिक संघीयतामा नगए बाहुनवादबाट नेपाली जनताको मुक्ति कहिल्यै सम्भव छैन । बाहुनवादले गाँजेको मुलुक हुनाले राज्यसत्ताबाट अन्य जाति, धर्म–सांस्कृतिक समुदायका मानिसहरू सदियौ वर्षदेखि आजतक शोषण, अन्याय–अत्याचार, विभेद, उत्पीडनमा पिल्सिरहेका छन । बहिस्करणमा परेका छन । यसको शालीन विरोध आलोचना भने सधैं भइरहेको छ । तर कडा राजनीतिक, सामाजिक, सांस्कृतिक आन्दोलन जनक्रान्तिद्वारा बाहुनवादी फोहोर कचरालाई धोएर खाल्डोमा पुरेर मुक्ति पाएको स्थिति भने छैन । त्यसैले यहाँका शोषित–पीडित जनता मधिसे, मुसलमान, दलित तथा आदिवासी जनजातिहरूमा राजनितिक विचारका साथसाथै व्यापक सामाजिक साँस्कृतिक क्रान्ति चेतनाको आवश्यकता देखिन्छ । हिन्दू धर्मग्रन्थ वेदमा चार वर्णको जाति विभाजन गरिएको छ । दलित जातिलाई शुद्र जाति अन्र्तगत अछूत चौथो दर्जामा राखिएको पाइन्छ । दलितहरूलाई बाहुनद्वारा भेदभाव र छुवाछूतको अन्त्य गर्दै सामुहिक सहभोज गरिदै आएको छ । दलितसँग विहावारीमा खुला गरिने हो समाजमा दलितमाथी हुने विभेद विस्तारै अन्त्य हुँदै जाने छ । तर विवाह भएका दलितहरुले पनि आत्मत्या गर्नुको विकल्प छैन । दलितसँग विवाह गरेको भनेर पाईने दुःख कष्टहरु कति हो कति ? समाजबाट बहिस्कृत हुनुपर्ने अवस्था अझै अन्त्य भएको छैन । 
    त्यो दिन मेरो जीवनको औंसीको रात बन्यो । सधै झै साथीहरुसँग रमाईलो गर्ने सोच अनुसार हामी घर नजिकै रहेको राधास्वामी जंगलमा खेल्न गएका थियौं । दिउँसो विद्यालयमा अध्ययन गरी घर फर्किएँ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरबोट भन्ने स्थानमा रहेको विद्यालयमा कक्षा ७ मा अध्यन गर्दै आएको छु । घरमा भएको केहि खाजा खाएर घरमै बसिरहेको थिएँ । अरुको जस्तै मेरोे विद्यालयमा अध्ययन ठिकै थियो । विद्यालय पोशाक परिवर्तन गरी सधंै घरमा लगाउँदा लगाउने कपडा लगाएर बसिरहेको थिएँ । मेरा साथीहरु समेत भएकाले घरमै बोलाउन आए । खेल्न जाने उनिहरुको प्रस्ताव मेरा लागि स्विकार्य भयो । विद्यालय नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर ४ मा रहेको राधास्वामी भन्ने स्थान तल जंगलमा हामी डुम्री खान गएका थियौं । खेल्ने पनि र डुम्री पनि खाने भन्दै हामी जंगलमा पुगेका थियौं । उसको नाम दिपेन्द्र विश्वकर्मा हो । सधै उसले हामी बालबालिकाहरुलाई जिस्काई रहन्थ्यो । त्यसकै शिकार बन्न पुगें म । भर्खर १३ वर्षको भएको छु । मलाई धेरै कुराको जानकारी पनि छैन । किताबी ज्ञान थोरै छ । टेलिभिजन हेर्ने, कहिलेकाँहि मोबाईलमा अरुले चलाएको इन्टरनेटका बारेमा सुन्ने र बुबा आमाले बताउने घटना बाहेक मेरो कुनै ज्ञान छैन । भएको ज्ञान पनि पूर्ण छैन । दिपेन्द्र विश्वकर्माको ८ बर्ष अगाडि पुजा बिश्वकर्मा संग प्रेम विवाह भएको रहेछ । प्रहरीमा दिएको उसको बयानमा त्यहि उल्लेख गरिएको छ । उनिहरुबाट एक छोरीको जन्म भएको छ । उनिहरुको परिवार गाउँमै खेती किसानी गर्दै घर व्यवहार चलाउँदै आएको थियो । त्यस दिनको घटनाका बारेमा उसले यसरी बतायो । 
    ‘नाबालिका बर्ष १३ कि असार ९ गते साँझ जंगलमा घुम्न तथा फलफुल खान गएकी रहिछन् । उनि जंगल जाँदा म पनि संगै जाने गरेको थिएँ । अन्य दिनमा जस्तै त्यसदिन पनि म उनि जंगलमा गए सँगै पछि पछि लागें । उनलाई म जंगलमा पाईने डुम्री, ऐसुलु, थाकल समेत टिपि दिने गर्दथे । त्यस दिन म दिनभरी ज्यामी काम गरी घर नजिकैको भट्टी पसलमा लोकल रक्सी खाँदै थिएँ । उनै बालिका स्कुल गई घरमा आई ड्रेस चेन्ज गरी राधा स्वामी भन्ने स्थानको चौतारी जस्तो ठाँउमा बसेको देखें । उनी साथीहरुसँगै चौतारोमा खेलिरहेकी थिईन् । चौतारोमा अरु मान्छे थिए । त्यसदिन मेरो दिमागमा के उत्पन्न भयो थाहा छैन । मैले उनिहरु सबैलाई जंगलमा डुर्मी खान जाउँ भन्दै लगें । उनि सहित उनका साथीहरु समेत जंगलमा गएका थिए । मैले जंगलमा रहेको डुम्री टिपी सबै जनालाई खान दिएँ । धेरै समय भए पछि उनिहरुले घरमा जान्छौ भने । अरु सबैलाई घरमा पठाई दिएर उनलाई मैले रोकें । घर नजिकै भएकाले मैले उनलाई सँगै लैजान्छु भनेर रोकेको थिएँ । उनिहरु गए पछि उनी र म मात्र एक्लै जंगलमा रह्यौं । मैले आफ्नो उन्माद सम्हाल्न सकिनँ । हामीहरु दुवैजना ढुङ्गा माथी बसिरह्यौं । सुनसान जङ्गलमा कोही पनि मानिसहरु समेत थिएनन् । मैले उनलाई हामी बसिरहेको स्थानबाट तलतिर जाउँ भनी राधा स्वामी भन्ने स्थानको जंगलको एकान्त स्थानमा पु¥याएँ । बालिकालाई फकाउँदै २० रुपैयाँ दिएँ । उनलाई फकाउँदै विवाह गर्छु भनें । घरमा प्रेम विवाह गरेर ल्याएकी लक्ष्मी जस्ति श्रीमती थिईन् । उनीबाट जन्मिएकी तामाको मुना जस्ती छोरी थिईन् । जवानीको उन्मादमा र रक्सीको नशामा मैले सबै भुलिदिएँ । उनलाई जसरी पनि फकाएर शारिरीक प्यास मेट्नु थियो । त्यतिबेला मैले उनलाई विवाह गर्छु मात्रै भनिनँ । म तिमीलाई राम्रो सँग पाल्छु । दुःख पनि कहिल्यै दिन्नँ भनें । ललाई फकाई उनलै ओढेको सल जमिनमा बिछ्याई उनलाई जर्बजस्ती गरें ।’ उसले बयानमा अझै थप्यो–‘मेरो नक्कली प्यार र जर्बजस्तिबाट उनि उम्कन सकिनन् । उनी रुन थालिन् । उनलाई पीडा भएछ । चिच्याए पनि मैले उनलाई छाड्ने अवस्था थिएन । म भित्र भएको पुरुषत्वको घमण्ड नसकिँदा समेत मेरो पञ्जाबाट उनि मुक्त हुन्न थिईन् । उनको चिच्याहट बेकार थिए । न मैले कुनै साधन प्रयोग गरेको थिएँ । न त कुनै सुरक्षा अपनाएको थिएँ । १३ वर्षकी बालिका माथी गरिएको जर्बजस्तिमा के को सुरक्षा ? केहि घण्टा पछि मेरो घमण्ड सकियो । घमण्ड सकिए पछि उनलाई पहिलाकै अवस्थामा ल्याउन मलाई समय लाग्यो । विस्तारै फकाई फकाई ल्याएँ र घरमा पु¥याई दिएँ । घटनाका बारेमा कसैलाई नभन्नु भनेको थिएँ । २० रुपैयाँ दिएपछि उनले भन्दिनन् भन्ने मलाई लागेको थियो तर त्यस्तो भएनछ । उनलाई भएको पीडा र मेरो अपराधका बारेमा मलाई थोरै मात्र हिनताबोध थियो । रक्सीको सुरमा गरेको त्यो बेहोसीको नाटकको सजायँ मैले भोग्नै पर्ने थियो । उनले घरमा बुबा आमालाई घटनाका बारेमा सबै कुरा बताएकी रहिछन् । भोलिपल्टै उनले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दर्ता गरेकी रहिछन् । सोहि अनुसार प्रहरीले मलाई पक्राउ ग¥यो । गल्तिको भागीदार बन्न तयार छु ।’ 
    मैले घरमा बुबालाई सबै कुरा भने पछि बुबाले प्रहरीकोमा जाहेरी दिनु भएको थियो । मेरै बयान अनुसार प्रहरीले उसलाई पक्राउ ग¥यो र मुद्दा दर्ता ग¥यो । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मुलुकी फौजदारी कार्या्बिधी संहिता, २०७४ को दफा ३१ को उपदफा (१) वमोजिम प्रस्तुत गरिएको करणी सम्बन्धी कसुर जबरजस्ती करणी मुद्दाको अनुसन्धान प्रतिवेदन बुझाएको रहेछ । सोहि प्रतिवेदन र मेरो बयानका आधारमा उसलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनाका बारेमा मेरा साथीहरुले समेत प्रहरीलाई देखेको र जानेको कुरा बताई दिएका छन् । प्रहरीले पनि घटनाको अनुसन्धान, मेरो बयान र साक्षीहरुको समेत बयानका आधारमा दिपेन्द्र विश्वकर्मालाई हदैसम्मको कारवाहीको माग गरेको छ । कसुरदार दिपेन्द्र बिश्वकर्माको उक्त कार्य मुलुकी अपराध संहिता,०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसूर अपराधको दफा २१९ को १,२ को कसुरमा प्रतिबादी दिपेन्द्र बिश्वकर्मालाई सोही ऐनको दफा २१९ को ३ (ख) नम्वर बमोजिम सजाय हुन माग दावी गरिएको छ । जर्बजस्ती करणी महल र बालिका समेत भएकाले उनलाई थप सजाँय माग गरिएको हो । प्रहरीले बाल्यकालमै पीडित भएकाले मनासिव क्षतिपूर्ति भराउन समेत माग गरेको छ । मेरो मानसपटमा धेरै कुराहरु खेलिरहेको छ । उसको नाममा बैंकमा रकम पनि छैन । उसको बाबुका नाममा ८ आना जमिन बाहेक छैन । अदालतले क्षतिपूर्ति भराउन आदेश ग¥यो नै भने पनि उसले कहाँबाट कसरी तिर्न सक्ला र ? उ अपराधी हो । मेरो जीवन समेत नर्कमा पु¥याउने त्यसलाई हदैसम्मको कारवाही गरिनुपर्छ । मेरो अध्ययन र बाँकी जीवनका लागि राज्यको दायित्व केहि हुन्छ कि ? म जस्तो पीडामा परेका बालिकाहरुका लागि राज्यले थप केहि ब्यवस्था गरेको छ कि ?

१३ बर्षीया पीडित बालिका
पाँचखाल, काभ्रे