2024 April 27/ 03:09: 35am

सौरवराज कायस्थ
    विश्वको नक्सामा ठिक मध्ये भागमा पर्ने देश भनेर चीनलाई चिनिन्छ । आजभन्दा ९८ वर्ष अगाडि छिमेकी राष्ट्र चीनमा सन् १९२१ को जुलाई महिनामा जम्मा १३ जना युवाहरु संघाईमा भेला भएर चेन डुक्सीको नेतृत्वमा कम्युनिष्ट पार्टीको जग बसालेका थिए । चाङकाई सेक कोमिन्ताङ्ग पार्टी प्रमुख र राष्ट्रपति भएपछि जापानी आक्रमणबाट चीन उन्मुक्ति भएपछि १९४९ अक्टोबर एक का दिनमा तियानमेन चोकमा उभिएर चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्सेतुङ्ग क्रान्ति सम्पन्न भएको घोषणा गरे । क्रान्ति सम्पन्न भएको यो अवधिका चीनले ठूलो फड्को मारेको छ । चीनलाई विश्व बैंकले “जादुमय विकासको संज्ञा चीनलाई’ दिएको छ । चीनले पञ्चवर्षीय योजना नै चीनलाई बनाएको मुख्य आधार हो । खुल्ला विदेशी लगानी नीतिले पनि स्वर्गको द्धार नै खुल्यो । हरेक वर्ष लगानीलाई वृद्धि गर्दै जानुपर्ने महत्वपूर्ण पक्ष हो । सन् १९७८ पछि खुल्ला र उदारवादी अर्थ व्यवस्थालाई अझ सशक्त बनायो । अहिले चीन महाशक्तिको रुपमा उदय हुँदै गइरहेको छ । बितेका ४० वर्षमा हामीले चीनमा विश्व इतिहासकै तीब्र आर्थिक विकास देख्यौं । गरिबी उन्मूलन जस्तै भैसकेका छन् चिनियाँ जनता । सैद्धान्तिक तथा राजनीतिक विकास हेर्दा चिनियाँ चरित्रको समाजवाद भनिएता पनि पूँजीवाद विकास हुन पुग्यो । चीन अहिले अमेरिका पछिको विश्वको दोश्रो ठूलो अर्थतन्त्र छ ।
    सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीनको स्थापना भएको थिए । पहिल्यै चिनियाँ कम्युनिष्ट पार्टी चीनका अन्य प्रजातान्त्रिक पार्टी तथा गैर राजनीतिक संघ संस्था मिलेर बनेको जनगणतन्त्र चीनको पहिलो अध्यक्ष माओत्सेतुङ्ग थिए । यो मिलीजुली सरकारले वर्तमान चीनको राजधानी बेइजिङ्ग निर्धारण गरेको थियो । राष्ट्रिय गान तथा राष्ट्रिय झण्डा पनि निर्धारण गरेको थियो । चिनियाँ जन राजनीतिक परामर्श दात्री यो संस्था मूलतः चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनमा रहेका अरु दलहरुको साझा मञ्च हो । यसमा २२३७ सदस्य रहेका छन् । यसको मुख्य काम चिनियाँ राष्ट्रिय जन कँग्रेसलाई सल्लाह दिनु हो । २९८७ सदस्य रहेको चिनियाँ राष्ट्रिय जनकँग्रेस विश्वकै सबभन्दा ठूलो सदन हो । चिनियाँ राष्ट्रिय जन कँग्रेसमा महिला प्रतिनिधि संख्या ६९९ भने अल्पसंख्यक जनजातिको प्रतिनिधिको संख्या ४०९ छ । चिनियाँ जन कँग्रेस संसारकै सबैभन्दा ठूलो सदन भएपनि चिनियाँ जनसंख्याको हिसाबले यो सानो, कम खर्चिलो र सरल छ । 
    राजधानी बेइजिङ्ग स्थित जन वृहत सभाहलमा हरेक वर्षको मात्र ५ तारिखमा चिनियाँ राष्ट्रिय जनकँग्रेस वार्षिक अधिवेशन सुरु हुन्छ, सामान्यतया यो अधिवेशन दुईसाता सम्म चालू रहन्छ । अधिवेशनमा छलफल हुने विषय पहिल्यै निर्धारण गरिएका हुन्छन् । जन गणतन्त्र चीनको संविधान अनुसार चिनियाँ व्यवस्थापिका एक सदनात्मक छ । ५ वर्षको समयावधि भएको जनकँग्रेसले चिनियाँ नीति नियम तथा कानुन तर्जुमा गर्ने, चीनको सरकार चयन गर्ने, राज्यका मुख्य भागमा बस्ने व्यक्ति, एकको चयन गर्ने । तर जनकँग्रेसका सबै प्रतिनिधि राजनीतिबाट मात्र आएका हुँदैनन् । विभिन्न पेशा, क्षेत्रका, उद्योगपति, व्यापारी, प्राध्यापक, बुद्धिजीवी, वैज्ञानिक, विशेषज्ञ, सामाजमा विशिष्ट सेवा पु¥याएको व्यक्ति, विभिन्न जाति, धर्म, भाषा, वर्ग र क्षेत्रका प्रतिनिधि पनि हुन्छन् । 
    चीनको अर्थ डब्बल इन्द्रियणी हो । य हाँ गर्मी मनसुन अप्रिलदेखि सेप्टेम्बरसम्म रहन्छ । १२८ ६३ मिलियन हेक्टर भूमि जंगलले भरिएको छ । वनस्पति मात्र ३२००० भन्दा बढी जात छन् । खनिज स्रोतहरुमा चीन धनी छ र विश्वभर पाइने खनिज मध्ये यहाँ १५१ प्रकारका विद्यमान छ । चीनमा दुई प्रमुख यात्रा मार्गहरु छन् पहिलो ूक्ू आकारको परम्परागत यात्रा मार्ग जसभित्र प्रसिद्ध राजनैतिक तथा साँस्कृतिक शहरहरु जस्तै बेइजिङ्ग, शीआन, साङ्गाई, सुचउ हाङचउ पर्दछन् । दोश्रो यात्रा भाग ूऋू अर्धचन्द्राकारको यात्रा जसभित्र समुद्र किनारका खुल्ला क्षेत्रहरु जस्तै त्याओतोङ, शान तोङ, पेनिनसुला, यााभचे तथा मोति नदी डेल्टाहरु पर्दछन् । जोहाई समुद्र चीनको महाद्वीपीय समुद्र हो । चीनको भुखण्ड परियम देखि पूर्व चारतहमा विभाजित रहेको छ । अधिकांश ठूला नदीहरुको स्रोत छिङ्ग हाई–तिब्बतको उच्च स्थलमा रहेको छ । यााभचे नदि विश्वको तेस्रो तथा चीनको सबैभन्दा ठूलो नदि हो । पहेलो नदि दोश्रो ठूलो नदि हो ।
     चीन एक त्यस्तो देशहरुमध्ये एक हो जहाँ आर्थिक कृयाकलाप पहिले विकास भयो । ‘छिन राजवंश’ (२२१–२०७ क्राइस्ट अघि) अन्तर्गत पहिलोपल्ट केन्द्रिकृत एकताबद्ध बहुजातीय राज्य स्थापना गरेका थिए । यीनकै शासनकालमा ग्रेटवाल निर्माण गरेका थिए । यसै अन्तर्गत ‘हान राजवंश’ (२०६ अघि २२० क्राइस्ट पछि) धेरै विकास ग¥यो सिल्क रोड निर्माण भयो । ४२६ वर्षसम्म हानले राज्य चलाए । आधुनिक समय किसान क्रान्तिपछि सन् १९११ को क्रान्ति, डा. सन्यात सेनको नेतृत्वमा भएको बुर्जुवा प्रजातान्त्रिक क्रान्तिले छिङ राजवंशको अन्त्य ग¥यो । दुई हजार वर्ष सम्म चलेको राजतन्त्र गणतन्त्र चीनको अस्थाई सरकारको स्थापना पश्चात राजतन्त्र समाप्त पा¥यो । आधुनिक चीनको इतिहासमा सन् १९११ को क्रान्तिले ठूलो महत्व राख्दछ । चीनसँग पाँच हजार वर्षको राज्य कलाकौशलको इतिहास छ । चीन आफ्ना प्राचीन नीतिशास्त्र कन्फ्युसियस, ताओवाद, लावोत्सुको पनि अनुसरण, प्रयोग अनुभव गर्दै नैतिक शिक्षामा जोड दिएका छन् । कुनै समय सय चिनियाँमा ९६ जना गरिब थिए अहिले सय चिनियाँ ४ जना मात्र गरिब छ । चीन संसारको सबभन्दा सक्षम र सम्पन्न मध्यम वर्ग भएको राष्ट्र बनेको छ । चिनियाँ मोडेल  चीनको स्थानीय र विशेष परिस्थितिको उपज हो । चीनको आफ्नो सन्देश दिने तरिका सुक्ष्मता प्रभावकारी छ । आज चीनको सबै प्रान्त क्षेत्रमा आधारभूत संरचना देखि भवन निर्माणसम्म तिब्र रुपमा विकास गरिरहेको छ । प्रमुख शहरमा मध्यम वर्गको बढ्दो प्रभाव र उपभोक्तावादलाई विश्वका अन्य मुलुकमा जस्तै हेर्न सकिन्छ । 
    अन्त्यमा, विश्व विख्यात महान फिल्मी कलाकार तथा समाजसेवी ज्याकी च्याङको भनाई “छिमेकी छान्न सक्नुपर्छ छिमेकी रोज्न र चिन्न सक्नुपर्छ” । तर छिमेकी बदल्न सक्दैन, छिमेकीसँग मित्रता, सहयोगी, सद्भाव हुनैपर्छ । चीनको लागि र नेपालको लागि हाम्रो प्रिय साथी हो । निकट छिमेकी हो र उत्कृष्ट साक्षेदार पनि हो । एक आपसमा महत्व, आदर र सम्मान, भावी बलियो स्थिति तयार हुनसक्छ । चिनियाँ नीतिसहित समजवाद देखि पूँजीको विकास, गरिबी मुक्ति र समृद्ध नेपालले चाहेको छ । प्रत्येक नेपालीहरु पनि धनी हुन चाहेको छ । 
    गौतम बुद्ध जन्मेको लुम्बिनीमा अशोक स्तम्भको टुप्पोमा घोडीको मूर्ति भएको प्रसिद्धयात्री हुवेन साङले उल्लेख गरेको छ । चिनियाँ बौद्ध यात्रीहरु सेङ साई, फाहियान, इत्सिङ चौथोदेखि सातौं सताब्दी श्रावस्तीबाट क्रकुच्छन्द बुद्धको जनस्थल गोरिहवा, कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा, कपिलवस्तु दरबार स्थल, लुम्बिनी, रामग्राम हुँदै कुशी नगर गएको यात्रा विवरणमा छ । 
    लिच्छवीकालमा चीनबाट आएका यात्री ‘वाङ्हुत्से’ ले नेपाली वास्तुकलाको मुक्तकण्ठले तारिफ गरेको छ । समष्टिगतरुपमा उक्त यात्रीले नेपाली वास्तुकलामा प्रयोग हुने एकमाथि अर्काे छानाको अस्तित्वबारे स्पष्ट गरेको छ । साथै बनेपा उत्तर दक्षिणको समेत मार्ग भएको हुनाले र चिनियाँ तथा तिब्बती प्रमण्डल नेपाल आउँदा बनेपामा नै स्वागत र विदाई गरी पठाइएको प्रमाण पाइएको आधारमा शिवदेव द्धितियको काठमाडौं लगनटोलको अभिलेखमा उल्लेख छ । अर्काे विना प्रमाणको भोट (बनेपा) भृकुटीलाई बनेपा दाइजो दिएको कुरा थाहा हुन आएको छ । भृकुटीले धर्म भनेको व्यवहार, बुद्ध भनेको बुझ्नेलाई भनिन्छ भनि सिकाए । तर चिनियाँ विकास मोडेल विशेषता जस्तै राजनैतिक स्थायीत्वबाट निखारिएको प्रभावशाली शासनप्रणाली, वित्तिय तथा औद्योगिक नीतिमा राज्यको नियमन पूर्वाधार विकास क्षेत्रमा ठूलो लगानी, साना तथा कृषिमा आधारित ग्रामीण औद्योगिकरण, वैदेशिक व्यापार तथा प्रविधिको खुल्ला प्रणाली यहि विकास मोडेलको अनुशरणबाट चीनले तीव्र आर्थिक विकाससँगै, यहि अवधिमा चीनको ८० करोड भन्दा बढी जनताले गरिबीबाट उन्मुक्ति पाए । चीनको उदय र खुल्ला चीनको सत्य तथ्य यहि हो । हामी नेपाली र हाम्रो नेपालले कहाँबाट, कुन बाटोबाट, कसरी, कहिले नेपाललाई समृद्धि, सम्पन्न र धनी गर्ने होला । छिमेकी चीनले नेपालको कुनै एक क्षेत्रको नभएर समग्र विकासको आकांक्षा राखेको छ । चीन नेपालमा सबै क्षेत्रको विकास चाहन्छ । नेपाल आत्मनिर्भर होस्, विकास र समृद्धिमा फड्को पनि चाहन्छ । किनकी नेपालप्रति नजिकको मित्र देश, गहिरो भावना नेपाल र नेपालीले दुःख नपाओस् चीनको आशा । नेपालको नीति नियम विकासको बाटो पञ्चवर्षीय योजना, गुरु योजना, लघु आयोजना हुँदै एक चीन नीति समर्थन गर्दै दुवैले सहयोगको हात बढाउनुपर्छ । किनकी माओले भनेको छ “हिमाल पहाड देखेको छु, तर नेपालीको बहादुरीताले मैले चिनेको छु ।” सबैमा साधुवाद ।
(चिनियाँ भाषा समाजका पूर्व विद्यार्थी)