2024 April 27/ 11:13: 39am

लक्ष्मी राय, नर्स
महिनावारी भनेको के हो
महिनावारी भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन वा चक्र हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक सङ्केत हो । महिनावारी हुनुलाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ । एउटा महिनावारी भएको सुरु दिनदेखि २१–३५ दिनसम्ममा अर्को महिनावारी हुनु साधारण मानिन्छ । तरपनि समग्रमा यसको अवधि २८ दिनको मानिन्छ । महिनावारी बाह्र वर्ष देखि पन्ध्र वर्ष सम्ममा सुरु हुन्छ, र महिलाको उमेर ४५ देखि ५५ हुँदा यो प्रकृया बन्द  हुन्छ ।
महिनावारीको चरण
पहिलो चरण
-follicular phase) 

(यस चरणमा FHS  को प्रभावले डिम्ब परिपक्व हुन्छ । सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठेघरको भित्री तह तुहिन्छ र ३–७ दिनसम्म महिनावारीको रगत बग्छ । सामान्यत ः ६० देखि ९० मिली मात्र रगत बग्छ । यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ, जसले FHS सँग मिलेर डिम्ब निस्कासनका लागि तयारी गर्छ । इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ । 
दोस्रो चरण (डिम्ब निष्कासन)

(यस चरणमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ । यस चरणमा  इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई अत्यधिक मात्रामा LH हम्रोन निकाल्न मद्दत गर्छ ।
तेश्रो चरण
(lueteal phase)

(यस चरणले डिम्ब निष्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समयलाई बुझाउँछ । डिम्बाशयबाट डिम्ब निस्किएको ठाउँ (अयचउगक गितभगm ) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ ।
महिनावारीको समयमा देखिन सक्ने सामान्य समस्याहरु ः
१. तल्लो पेट दुख्ने 
२. छाती दुख्ने वा भारी हुने 
३. तनाव र थकान हुने 
४. उदासता बढ्ने, खिन्नता बढ्ने 
५. दिक्क लाग्ने 
६. टाउको तथा ढाड कम्मर दुख्ने 
महिनावारी स्वच्छता व्यवस्थापन भनेको के हो ? 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफ ज्वाइन्ट मोनिटरिङ प्रोग्राम २०१४ अनुसार महिला र किशोरीहरुले आफ्नो स्वच्छ महिनावारी व्यवस्थापनका लागि प्रयोग हुने सामाग्रीको मद्दतले रगत सोस्ने वा संकलन गर्ने र आवश्यताअनुसार परिवर्तन गर्न सक्ने, साबुन पानीको प्रयोग गरी आवश्यताअनुसार शरीर सफा गर्न सके र प्रयोग गरिएको सामाग्रीहरुको फोहोर मैला सुरक्षित किसिमले व्यवस्थापन गरिएमा त्यसलाई महिनावारी स्वच्छता व्यवस्थापन भनिन्छ । जर्मनी आधारित ‘वास युनाइटेड’ नामक गैरसरकारी संस्थाद्वारा सन् २०१४ बाट हरेक वर्षको मे२८ तारिखका दिनमा विश्व महिनावारी स्वच्छता दिवस मनाउने पहल भएको थियो ।  महिनावारीको मासिक चक्र २८ दिनको हुने भएकाले सो दिवसलाई २८ तारिखको दिनमा मनाउने गरिएको हो। हरेक वर्ष महिनावारी स्वच्छता दिवस नयाँ नारा÷विषयवस्तुलाई अनुसरण गरी मनाइन्छ। सामान्य लाग्ने महिनावारी सुरक्षाका साधनको असुविधा हुँदा महिलाले त्यसबाट हुने जोखिमको सामना गर्नुपरेको छ । कतिपय समुदायमा महिनावारीसम्बन्धी कुरा खुलेर गरिँदैन जसले महिनावारी स्वच्छता व्यवस्थापनमा अज्ञानता र अशिक्षाको जरा फैलाउन मद्दत गर्छ । परिणामस्वरूप महिलाका जीवनशैलिमा असर पर्न जान्छ । आवश्यकता अनुसार गोपनीयताका साथ सरसफाइका निम्ति चाहिने सफा पानी र स्वच्छ वातावरण सहितको संरचनाको उपलब्धता र आवश्यकता मा महिनावारी स्वच्छताले जोड दिन्छ ।
महिनावारी स्वच्छतामा निम्न कुरा पर्दछन्
१. महिनावारीको समयमा हुने रगत तथा तन्तु संकलन गर्न सफा सामग्री जस्तैः स्यानिटरी प्याड, ट्याम्पन, मेन्स्ट्रुअल कप, आदिको उपलब्धता
२ .महिनावारीको समयमा हुने स्वास्थ्य समस्या जस्तै ः पीडा, ऐंठन, बान्ता तथा अन्य जटिलताका लागि स्वास्थ्य सेवाको उपलब्धता ।
३.महिनावारीको समयमा आवश्यकता अनुसार रगत तथा तन्तु संकलन गर्ने सामग्री गोपनीयताका साथ परिवर्तन गर्न पाउने सफा पानी र स्वच्छ वातावरण सहितको संरचना (शौचालय) को उपलब्धता ।
४) महिनावारीको समयमा रगत तथा तन्तु संकलन गर्न प्रयोग भएका सामग्रीको सुरक्षित व्यवस्थापनको उपलब्धता ।
महिनावारी स्वच्छता किन आवश्यक छ ?
महिनावारी स्वच्छता महिलाका प्रजनन् स्वास्थ्यको निर्धारक हो । महिनावारीको समयमा सरसफाई कायम गर्दा हाम्रो स्वास्थ्यमा निम्न अनुकूल फाइदा हुन्छन् ।
१) पिसाब मार्ग संक्रमणको जोखिम कम हुनु 
२) महिनावारीको समयमा फोहोर र ओसिलो कपडाको प्रयोग अथवा ४ घण्टाभन्दा बढी समयसम्म स्यानिटरी प्याडको प्रयोगले हानिकारक जीवाणुको वृद्धि र संक्रमणका लागि सहयोगी वातावरण प्रदान गर्छ।यी जीवाणुले पिसाब नली र पिसाब थैलीसहित पिसाब मार्ग संक्रमण गरी पीडादायिक पिसाब निष्कासन, तल्लो पेट दुखाइ, बान्ता, ज्वरो, आदिजस्ता जटिलता निम्त्याउँछन्। महिनावारी स्वच्छताले यस्ता खालका हानिकारक जीवाणुको वृद्धि र संक्रमणलाई कम गर्छ ।घाममा राम्ररी सुकाएको कपडाको प्रयोग, बढीमा हरेक ४ घण्टामा सो कपडा वा स्यानिटरी प्याड परिवर्तन गर्दा यी जटिलताबाट टाढा रहन सकिन्छ ।
३) महिनावारीको समयमा सचेत भई उचित सरसफाइ र स्वच्छ सामग्रीको प्रयोगले प्रजनन् पथ÷मार्गमा हुने संक्रमण हुनबाट बचाउँछ र प्रजनन् प्रणाली स्वस्थ राख्छ । (लेखक रायमाझी सिडब्लुसी बनेपामा कार्यरत हुनुहुन्छ ।) 
४) पाठेघरको मुखको क्यान्सरको जोखिम कम हुनु–हुमन प्यापिलोमा भाइरसको संक्रमणबाट गर्भाशयको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । अन्य थुप्रै कारण सँगसँगै सो क्यान्सर महिनावारीको समयमा निर्वहन हुने रगत र तन्तुको अस्वच्छ व्यवस्थापन र हेलचेक्र्याइँ स्वरूप फैलने संक्रमणका कारण पनि विकास हुनसक्छ । त्यसकारण महिनावारीको समयमा महिनावारी स्वच्छता कायम गर्दा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम हुन्छ ।