2024 April 26/ 10:44: 37pm

सहदेव थापा
    नेपाल कम्युनिष्ट पार्टीका प्रथम कम्युनिष्ट विचारक तथा संस्थापक महासचिव, गणतन्त्र नेपालका स्वपना दृृष्टा युग पुरुष पुष्पलालको जनम्न वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरी भन्ने गाउँमा भएको थियो । उहाँको बुबा भक्तलाल र माता तुल्सीमाया श्रेष्ठ हुनुहुन्थ्यो । पुष्पलालको मृत्यु ५४ वर्षको उमेरमा वि.सं. २०३५ श्रावण ७ गते भारतको नयाँ दिल्ली स्थित गोविन्द वल्लभ पन्त अस्पतालमा भयो । दाजु गंगालाल देशको सहिद भई पुष्पलाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिवको जन्मथलो भँगेरीलाई कम्युनिष्टहरुको मक्का मदिना पशुपति चारधाम अथवा लण्डनको हाइगेट जस्तै राजनैतिक पर्यटन केन्द्र हो । ५४ वर्षे जीवनमा उहाँको राजनैतिक जीवन र व्यक्तिगत जीवन कष्टकर थियो र जीवनको अन्त्यतिर एक्लै जस्तै हुनुभयो । पुष्पलालको मृत्युपछि अस्तु नेपालमा जलाउन ल्याउन पाउँ भनेर उहाँको धर्मपत्नी साहना प्रधानले सरकार समक्ष अनुरोध गर्नु भयो तर राज्यले अस्विकार ग¥यो । तर पुष्पलालको अस्तु जुलुस पञ्चायती समयको प्रतिपक्ष पहिलो जुलुस भयो । जसको कारण २०३५।०३६ सालको राजनीतिक एकीकृत आधार तयार भयो । 
आम राजनीीतककर्मीहरुले अंश र वंशको हकवाला हुने तर उहाँको विचार अनुसारको काम नगनृै गर्नु हुँदैन । अर्थात बाँचुन्जेल खेद्ने मरेपछि अंश र वंशको दावा गर्ने छोराले श्रछा गरेजस्तो गर्नुहुँदैन । श्रावण ७ गते नेपाली राजनीतिमा दर्शन, विचार, मूल्य मान्यता आदर्श र इतिहास सम्झेर श्राद्ध गर्ने दि हो कम्युनिष्टहरुको लागि । नेपाली राजनीतिक केन्द्र भागमा पुष्पलालका हक वाला त छौ तर सत्ताको राजनैतिक सँस्कृतिमा भने रिमिक्स छ । पुष्पलाल समयको नाडी छामेर नेतृत्व दिन सक्ने नेपाली विचारक हुनुहुन्थ्यो । उहाँमा मूल्यको राजनीतिमा दृढता थियो । अपहरित संसद् पुनस्र्थापनाको लागि काँग्रेससँगको संयुक्त आन्दोलनको विचारको कारण उहाँलाई काँग्रेस परस्तको आरोप समेत आम कम्युनिष्टहरुले लगाए र जीवनभरी आरोप खेप्नुभयो । एक्ला एक्लै आन्दोलन गर्दा पञ्चायत ढाल्न नसक्ने हुँदा काँग्रेससँगको संयुक्त आन्दोलनको प्रस्तावलाई वि.पी.ले कहिले मान्नुभएन । कम्युनिष्टहरुसँग मिलेर जाँदा कम्युनिष्टको संगठन स्थापित हुने डरले संयुक्त आन्दोलनबाट नेपाली काँग्रेस भागिरह्यो । निरंकुश राजतन्त्र पञ्चायती व्यवस्था ढाल्नका लागि संयुक्त आन्दोलन आवश्यक अनिवार्य थिो । तर नेपाली काँग्रेसले स्विकार नगर्दा ३० वर्षसम्म राजतन्त्र र पञ्चायतको हालीमुहाली चल्यो । 
संयुक्त आन्दोलनमा समाहित भएको भए २०४६ अगाडि नै हाम्रो देशमा बहुदलीय व्यवस्थाको स्थापना हुन्थ्यो । पुष्पलालको अगाडि सारेको नेपाली काँग्रेसले सदा अस्विकार गरेको प्रजातान्त्रिक बाममोर्चाकोे आन्दोलनका लागि ०४५।०४६ सम्म गणेशमानलाई पर्खनु प¥यो । चाक्सीबारीस्थित गणेशमानकै घरबाट आन्दोलनको घोषणा गर्नुप¥यो । बाममोर्चाको तर्फबाट नेतृत्व पुष्पलालको धर्मपत्नी साहना प्रधानले गर्नुभयो । पछि यसैको निरन्तरतामा ०६२।६३ आन्दोलन बन्यो । अनिमात्र नेपालमा गणतन्त्रको स्थापना भयो । पुष्पलाई माक्र्सवादको सार्वभौमिकतालाई अंगीकार गर्ने नयाँ जनवादको राजनीति विचारको विकास गर्नुभयो । गरिबीको अन्त्य श्रमजीवी जनताको हित समृद्ध नेपाल पुष्पलालको सपना हो । पुष्पलाल विचारमा समाहित र व्यवहारमा इमानदारी नेता हुनुहुन्थ्यो । कहिलेपनि लोभ लालचमा फस्नु भएन सादा जीवनका साथ दुःख सहेरै जीवन बिताउनुभयो । 
पुष्पलाललाई राजा महेन्द्रले भेट्न निकै प्रयास गरे । आन्दोलन रोकेमा पद दिने सन्देश पठाएका थिए तर उनले उक्त प्रस्तावलाई अस्विकार गर्नुभयो । उनले जनताको पक्षमा लागिरहने अठोट गरे । पुष्पलाल आफ्नो नामको पछाडि जाति लेख्नुभएन किनकी वर्गीय आन्दोलनमा लागेको कारण नेपालमा धेरै जात छ म नेपाली हुँ, नेवारी होइन भन्नुहुन्थ्यो । नेपाली जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादीमा पुग्न सकिन्छ भन्ने विचारमा दृढ हुनुहुन्थ्यो उहाँ । गरीब र धनी बीचको विभेद नमेटिएसम्म जनताको मुक्ति हुँदैन भन्ने सहिद अथवा दाजु गंगालालको विचारबाट प्रेरित हुनुहुन्थ्यो । वि.सं. २००५ मा कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गरेर माक्र्सवादी विचारलाई नेपाली माटोमा मिसाउने काम गर्नुभयो । वि.सं. २००६ वैशाख १० गते नेपाली कम्युनिष्ट पार्टि कलकत्ताको श्याम बजारमा स्थापना गर्नुभयो । नेपाल गणतन्त्र ल्याउने बाटो देखाउने पहिलो नेता नै पुष्पलाल हुनुहुन्थ्यो । उनी नेता प्रधान होइन नीति प्रधान हो भन्ने विचारलाई जोड दिनुहुन्थ्यो । पुष्पलाल कम्युनिष्ट पार्टीलाई तिन स सको सिद्धान्तमा आधारित भएर स्थापित गर्नुपर्छ भन्नुहुन्थ्यो । यो भनेको सिद्धान्त, संगठन र संघर्ष हो । अर्थात जीवनन्त पार्टीमा शरीरको मुटु हो । कम्युनिष्ट पार्टीलाई जनवादी केन्द्रियताको आधारमा संचालन गर्नुपर्छ र पार्टीभित्र आलोचना र आत्मालोचनाको परिपाटीलाई स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । पार्टी विधि र पद्दति अनुसार चल्नुपर्छ भन्नुहुन्थ्यो । तर आज कुनै नेता र कार्यकर्तालाई उनीहरुको गलत कामलाई देखाएर आलोचना ग¥यो भने त्यो सुझाव दिनेलाई शत्रु सम्झने परम्परा स्थापित हुन थालेको छ । यो कम्युनिष्ट पार्टीमा महारोगको रुपमा विकसित भएको छ । यो रोगलाई भित्री हृदयदेखि नै इमानदारीको औषधि खाएर निको पार्नुपर्छ । पुष्पलाल प्रजातन्त्रको पक्षमा उभिनुहुन्छ तर काँग्रेस विपक्षमा उभिन्छ । सबै पुष्पलालको विपक्षमा उभिन्छन् तर काँग्रेस विपक्षमा उभिन्छ । सबै पुष्पलालको विपक्षमा उभिन्छन् तर पनि भारतसँग सम्झौता गरेर अघि बढ्न पुष्पलाल लागि पर्नुहुन्न । यसर्थ उहाँको जनवादको मर्ममा राष्ट्रियता, जनवाद, र प्रजातन्त्र उभिएको पाइन्छ । यो राष्ट्रियताको र्म स्थापित गर्न आफूले जतिसुकै दुःख पाएता पनि जीवनभरी लागि पर्नुभयो । कम्युनिष्ट पार्टीलाई जोगाई राख्नुभयो । कम्युनिष्ट पार्टीमा विचार पारित भएर आफू नेतृत्वमा नहुँदा पनि पार्टी र देशको लागि जनताको हितको लागि लागिपर्नुभयो । क्रान्ति भनेको कुनै एक कुशल कालीगढले कुँदेको मूर्तिजस्तो होइन क्रान्ति त जीवन्त समाजमा संघर्ष र सम्झौताको कूलयोग हो । जसले समाजमा परिवर्तन ल्याउँछ । यसर्थ एउटा जीवन्त पार्टीले समाजको अन्तरविरोधसँग् लड्दै अन्तरविरोधलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ । पुष्पलालले, राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको सवाललाई एकैसाथ उठाउनुभयो । यसथै झापा आन्दोलन, २०४६ सालको आन्दोलन, माओवादीको जनयुद्ध, ०६२÷०६३ आन्दोलन को जग नै पुष्पलाल विचारको जगमा उभिएको छ । नेपालको हकमा विचारको हिसाबले उनीसँग दाँजिने नेता कोहिपनि देखिँदैन । ठिक मान्छेको हातमा नेतृत्व गयो भने आन्दोलनले सफलता हात लाग्छ । राज्यले पार्टी गर्ने अथवा पार्टीले राज्य संचालन गर्ने ? यो कम्युनिष्ट आन्दोलनको आजको मूल प्रश्न हो । यसको सहि उत्तर नआएसम्म राज्यले अथवा पार्टीले गति लिदैन । जति राम्रो भएपनि संचालन राम्रो नहुँदा प्रणाली नै धरापमा पर्छ । पार्टी काम  सरकार संचालन एउटै हो कि भिन्न हो ? यसको सहि खोजी गर्नु पर्ने भएको छ । माक्र्सवादी विचारलाई तिलाञ्जली दिएर पूँजीवादी बाटो लिएपछि युरोपियन मुलुकमा कम्युनिष्ट सरकारको हालत के भयो ? हाम्रै छिमेकी मुलुक भारतमा कम्युनिष्ट पार्टीको काम आधारभूत जनताको वस्तीमा नहुँदा केरला पश्चिम बंगालमा कम्युनिष्ट सरकारको के हालत भयो ? यो घटनाबाट सिकेर नेपाली कम्युनिष्ट र नेपाली कम्युनिष्ट पार्टीले अगाडि बढ्दा नै पुष्पलाललाई सम्झेको हुँछ । पार्टीको आन्तरिक लोकतन्त्र स्थापित नगरेसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन । पार्टीमा संस्थागत निर्णयको मूल्यलाई स्थापित गर्ने परिपाटीको विकास गर्नुपर्छ । यसो गरेर अगाडि बढे मात्र पुष्पलालको विचारले सार्थकता पाउँछ ।