2024 April 27/ 02:46: 25am

पूर्णबहादुर कर्माचार्य
    पृथ्वीको उत्पत्तिको साथासथै जीवन तथा अन्य पदार्थको उत्पत्ति भयो । पृथ्वीमा उत्पत्ति भएकोमा चेतनशील र चेतनशील नभएको गरी दुई प्रकारका वस्तु तथा प्राणी उत्पत्ति भएको थियो । यी दुई मध्ये चेतना भएका प्राणीहरु मध्ये सर्वाेकृष्ट सचेत प्राणी हो । चेतनशील प्राणी भएकाले मानव समाजमा रहेर आफ्ना आवश्यकताहरु आपूर्ति गर्दछन् । मानवलाई विभिन्न चरण मध्ये वाल्यवस्थामा र वृद्धावस्थामा समाजमा अन्य वर्गको बढी सहयोग र सेवाको आवश्यकता पर्दछ । मानव समाजमा यी दुई अवस्थामा अरुको सहयोग विना बाँच्न र जीवन चलाउन असम्भव हुन सक्छ । बालक अवस्थामा बढी माया गरि लालनपोषण गरिन्छ । वृद्धावस्थालाई सहयोगीको बढी आवश्यकता पर्दछ । सहयोग गर्ने मानिस नभएमा निराशा लाग्दै जाने र विकराल हुने अनुभव सबैलाई छ । यस्तो अवस्थामा माया सद्भावको वातावरण बनाई मनमा आनन्द दिई निराशा हुनबट बचाउन समाजमा हरेक परिवारमा सहयोगी बन्न पर्दछ ।
    मानव समाजमा वृद्धावस्थामा धर्मकर्म, भजन गरि मनोरञ्जन गर्न तर्फ बढी ध्यान जाने हुन्छ । समाजमा रहेका अग्रजहरुले समाजको विकास र परिवर्तनको लागि अतुलनीय भूमिका निभएको हुन्छ । समाजको लागि आवश्यकता पर्ने विभिन्न अनुभवहरु लिखित, अलिखित अभिव्यक्तिबाट अथवा अनुभवको आधारमा परिपूर्ति हुँदै आएको छ । समाजको लागि सामाजिक जीवनमा आवश्यकताहरु पूरागर्न मार्गदर्शन गर्ने काम अग्रजहरु नै गरेका छन् । जेष्ठ नागरिकले दिएका मार्गदर्शनलाई कार्यान्वयन गर्न युवा पुस्ता लाग्नुपर्दछ । मानिस बाल्यवस्था हुँदै युवा छँदै वृद्धावस्थामा परिणत हुन्छ ।
    मानव जीवन जेष्ठ नागरिकमा परिणत भएपछि उनीहरुको जीवनमा धेरै कुराको अभावको महसुस हुँदै जान्छ । यस्ता अवस्थामा स्वास्थ्य उपचार, स्वच्छ हावापानी, स्वच्छ वातावरणको आवश्यकता पर्दछ । मानव जीवनलाई सजिलोसँग जीवन बाँच्न पाउने नेपालका संविधानमा व्यवस्था गरिएको छ । समाजका सबै तहमा मानिसहरुलाई बाँच्न, जीविका चलाउन स्वच्छ वातावरणको आवश्यकता पर्दछ । शहरी विकासको नाममा अव्यवस्थित तरिकाबाट गरिएको प्लानिङ्गमा बसालेको बस्तीमा वातावरण दूषित भएको पाइन्छ । व्यवस्थित बस्तीमा पनि मानव वस्ती बाक्लो हुँदै जाँदा व्यवस्थित गरिएको संरचनाहरु अपुग हुन गएको कारण वातावरण दुःखिद् हुँदै गएको छ ।
    दूषित वातावरणको कारण मानिसमा रोग लाग्ने, स्वस्थ मानिस अस्वस्थ हुने गरेको छ । बिग्रेको भत्केको सडेको, धुलो, शहर नजिक निर्माण भएको कारखानाहरुको धुँवाको कारण वातावरण दूषित बन्दै गएको छ । यस्तो संरचनाहरुलाई समयमा नै मर्मत सम्भार र धँुवारहित बनाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । मानव वस्ती विकसित हुनु तर ढल निकासको व्यवस्थित नहुनुको कारण सडकमा खोलामा सिधै फोहोर मिसाउने र खुल्ला छाड्ने गर्दा दुर्गन्ध बढी वातावरण दूषित बन्ने हुन्छ । जसको कारण मानव बस्तीमा रोग लाग्ने र स्वास्थ्यमा असर पर्न जान्छ । हुन त नेपालको संविधानमा दूषित वातावरणको कारण क्षति भएमा क्षतिपूर्ति सम्बन्धित निकायबाट गराउने व्यवस्था गरिएको छ । घरबाट निस्कने फोहोरको उचित तरिकाबाट विसर्जन गर्ने ठाउँको व्यवस्था गर्नु आवश्यकताको महसुस गरि उचित ठाउँमा फोहोरको व्यवस्थापन गर्नुपर्दछ । फोहोर पानीको र फोहोर विस्थापन र दूषित वातावरणबाट मुक्त गराउन स्थानीय सरकार र अन्य निकायहरुले “फोहोर सुरक्षा योजना” बनाई कार्यान्वयन गर्नु पर्दछ । प्रशोधित खानेपानीको व्यवस्था, फोहोरपानीको प्रशोधन गरि प्रशोधित पानीलाई खोलामा वा अन्य ठाउँमा पठाउने व्यवस्थ ागर्न नीति नियम बनाई कडाईका साथ लागू गर्नुपर्दछ ।
    वातावरण स्वच्छ स्वस्थ बनाउनुको साथै स्वच्छ र सफा खानेपानी पिउन पाउने व्यवस्था गर्नुपर्दछ । अचेल स्वच्छ र सफा पानीको नाममा जथाभावी बोरिङ्ग गरि पानी वितरण गरिएको पाइन्छ । सफा पानीको नाममा विक्री गरिएको पानीको कारण मानिसहरु विरामी भई अस्पताल जानुपर्ने स्थिति सिर्जना भएको छ । स्वच्छ र सफा पानी पिउन पाउनुपर्ने मानिसको अधिकार हो । तर मानिसको जीवनमा खेलवाद गरि अशुद्ध पानी पिउन बाध्य बनाएको हुन्छ । खानेपानी सुरक्षा योजना अनुसार पानीको मुहानदेखि घरको पानीको भाँडोसम्म सफा पानी छ छैन जाँच गराउनुपर्ने सम्बन्धित निकायको काम कर्तव्य भित्र पर्दछ तर यसमा चासो दिएको पाइँदैन । यस्तो काममा जनता आफैं सचेत झै सम्बन्धित निकायलाई घच्घचाउनु पर्दछ र स्वच्छ पानी पिउन पाउनुपर्ने अधिकारलाई पूरा गराउन तत्पर रहनुपर्छ । जनता आफैंले पनि घरमा पानी शुद्ध बनाउन फिल्टर, उमाल्ने, अन्य उपाय अपनाउनुपर्दछ । अशुद्ध पानी वितरण गरिएको ठाउँको अनुगमन गर्न गराउन सम्बन्धित निकाय अग्रसर रहुनपर्दछ । सम्बन्धित निकाय र सरकारले यस सम्बन्धमा नीति तय गर्नुपर्दछ । यस्तो अशुद्ध पानीले बढी मात्रामा जेष्ठ नागरिक, दीर्घरोगी बालबालिकाहरुलाई चाँडै असर पार्दछ ।
    सफा र स्वच्छ पानी पिउन पाउनुपर्ने र सबैको घरमा धारा वितरण गरि पानीको व्यवस्था गर्नुपर्ने नेपालको संविधानमा व्यवस्था भएको छ । खानेपानी, सरसफाई तथा स्वच्छन्दता सेवामा पहुँच पु¥याउने नीति सरकारले लिएको देखिन्छ । सरकारले जनताको घर आँगनमा धारा पुगेपछि उपभोक्ताले तिर्नुपर्ने महसुल विपन्न वर्गले तथा आर्थिक कमजोर हुनेले तिर्न सक्छ सक्दैन वा उसको हैसियत भित्र पर्छ पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्दछ । खानेपानी वितरण गर्न जिम्मेवारी पाएका संस्थाले महसुलको बारे निर्णय गर्दा विपन्न वर्ग, घरायसी प्रयोग, संघसंस्था र आर्थिक उन्नति गर्ने व्यवसायिकको लागि घरमा जडान गर्ने धाराको महसुल छुट्टाछुट्टै दरमा निर्धारण गर्नुपर्दछ । यस्तो गर्नलाई संस्थाले आफ्नो क्षेत्रको व्यवसायिक योजना बनाउनु पर्दछ । संस्थाले पानीको महसुल निर्धारणको साथ समानुपातिक रुपमा सबै उपभोक्ताको घरको धारामा पानी झर्ने व्यवस्था मिलाउन पनि संस्थाको जिम्मेवारी भित्र पर्दछ । 
    वातावरण प्रदूषण हुनबाट बचाउन फोहर पानीको सुरक्षा योजना बनाउनुपर्दछ । मानव वस्तीबाट निस्कने फोहर पानी बाटोमा, खोलामा सिधैं मिसाइने र जथाभावी फोहर पानी पठाउने गर्दा मानिसको स्वास्थ्यमा नराम्रो असर पार्दछ । यसरी अव्यवस्थित फोहर पानीको विसर्जनले मानव स्वास्थ्यमा पर्ने असरको लेखाजोखा गरी यसबाट हुने जोखिम क मगर्न फोहोर पानीको सही र सुरक्षित प्रयोग गर्न सकेमा कुपोषणबाट हुने रोग व्याधि र मृत्युलाई घटाउन समेत मद्दत पुग्न जान्छ । फोहोरको कारणबाट हुन सक्ने रोगको संक्रमण क मगर्ने उद्देश्यले सरसफाईयुक्त वातावरण सिर्जन ागर्ने प्रयास गरिएको कुनैपनि प्रणालीलाई सरसफाई प्रणाली वा योजना भनिन्छ ।
    पूर्वीय दर्शन अनुसार नदीलाई धार्मिक केन्द्रको रुपमा मानिन्छ भने यसलाई मानव सभ्यतासँग गाँसिएको छ । अव्यवस्थित बसोबास तथा शहरीकरण र मानवीय कृयाकलापको कारण देखापर्ने विभिन्न वातावरणीय समस्याहरु मध्ये नदी प्रदूषण प्रमुख रुपमा रहेको छ । बढ्दो जनसंख्या र अव्यवस्थित बसोबाससँगै नदी हुने क्रम तिव्र बनेको छ । मानव वस्तीबाट निस्कने फोहोरलाई व्यवस्थित ढंगले सिमसारको माध्यमबाट फोहर पानीलाई प्रशोधन गरि खोलामा वा अन्य ठाउँमा पठाउन प्रक्रियालाई फोहोर पानी प्रशोधन भनिन्छ । वातावरण शुद्ध स्वच्छ बनाउन र वातावरण प्रदूषणमुक्त बनाउन नेपालको सबै ठाउँमा प्रशोधन केन्द्रको निर्माण गरिनुपर्दछ । हाल खानेपानी तथा ढल निकास विभागले विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा र अन्य संस्थाको सहकार्यमा सरसफाई सुरक्षा योजनालाई नमूनाको रुपमा लागू गर्ने योजना बनाउँदै गरेको छ ।
    वातावरणसँग जोडिएको फोहोर व्यवस्थापन पनि पर्दछ । नगरपालिकाहरुमा आफ्नै ठाउँमा फोहोर विसर्जन गर्ने लैण्डफिल्डको व्यवस्था नहुँदा संकलन गरिएको फोहोर जथाभावी जम्मा गरिएको पाइन्छ जसले गर्दा मानव वस्तीमा दुर्गन्ध फैलिने रोग फैलने छ । फोहोर व्यवस्थापन मानव वस्तीको नजिकै गरिदा पनि दुर्गन्धले वातावरण दूषित बनाउनुको साथै मानव स्वास्थ्यमा नराम्रो असर परि रोग फैलिई अस्पताल भर्ना भई उपचार गराउनु पर्नै स्थिति सिर्जना भएको पाइन्छ । नेपालको संविधान २०७२मा वातावरण प्रदूषण भई मानव स्वास्थ्यमा असर पारेमा त्यसको क्षतिपूर्ति सम्बन्धित निकायले दिनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तहका सम्पूर्ण कार्यपालिका, व्यवस्थापिकाले आ–आफ्नो नेत्र भित्रको फोहोरको मानव वस्तीबाट टाढा पर्ने गरि विस्थापन गर्ने व्यवस्था मिलाउनु पर्दछ । यस व्यवस्थापनले दूषित वातावरणले मानव वस्तीमा असर पर्न जाने सम्भावना हुँदैन । फोहोरलाई मोहोर बनाउने अवधारणालाई अबलम्बन गर्न सकेमा झनै उपयुक्त हुन्छ । कुहिने र नकुहिने वस्तु हुत्याएर फोहोरलाई व्यवस्थित गर्न सकेमा कुहिने वस्तुको मल उत्पादन गरि आर्थिक लाभ लिन सकिन्छ । नकुहिने मध्ये प्लाष्टिक एक ठाउँमा संकलन गरि रिसाइक्लिन गरि पुनः प्रयोगमा ल्याउन हुने गरि झोला, गिलास, प्लेट आदि निर्माण गरि आर्थिक लाभ लिन सकिने भएकाले त्यसतर्फ ध्यान पु¥याउनु राम्रो हुनेछ ।