राजा गीर्वाणयुद्ध विक्रम शाहको कार्यकालमा १८६१ सालमा खडा गरिएका ८ मध्ये कालीजंग छैटा“ै पल्टन थियो । स्थापनाको केही पछि अर्थात् १८८२ सालमा पल्टनलाई पोखरा खटाइएको थियो । केही समयपछि नै नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने डोटी गौंडामा कार्यरत यो पल्टन २०४० सालसम्म सोही जिल्लामा तैनाथ रहेको थियो । आवश्यकता अनुसार पल्टनमा नफ्रीको संख्या थपघट हुनु स्वाभाविक नै हो । राणाकालको थालनीमा २०० जति फौज रहेको यस पल्टनमा भोटस“ग लडाइ“को तयारीका क्रममा ५०० फौज थिए । राणाकालको उत्तराद्र्ध तिरदेखि कालीजंगलाई ५०० नफ्रीको पल्टन बनाइयो । २००१ सालसम्म आइपुग्दा कालीजंग ५८२ जना फौज भएको पल्टन बन्न पुग्यो ।
मिलिसिया पल्टनहरूलाई शुरुमा बडाहाकिमको तैनाथीमा राखिए तापनि २०१६ साल श्रावण महिनादेखि सबै मिलिसिया पल्टनहरूलाई तत्कालीन शाही नेपाली सेनाअन्तर्गत राखियो । त्यस बखत नेपालका विभिन्न १९ जिल्लामा मिलिसिया पल्टनहरू तैनाथ गरिएका थिए । त्यस क्रममा कालीजंग पल्टनलाई दुई क्षेत्रमा अर्थात् नं.१ बृगेड एरिया हेडक्वार्टर्सअन्तर्गत पूर्व २ नम्बर दोलखा तथा नम्बर ३ बृगेड एरिया हेडक्वार्टर्सअन्तर्गत डोटीमा तैनाथ गरिएको थियो । २०२२ साल माघ १ गतेदेखि यो शाही नेपाली सेनाको अङ्ग भई ‘श्री कालीजंग गुल्म’ को नामबाट कार्यरत रहेको थियो । यसै वर्ष नेपाली सेनालाई तीन बाहिनी तथा एउटा ‘ट्रुप्स हेडक्वार्टर’ गरी चार भागमा विभाजन गरिएको थियो । कालीजंग गुल्मलाई भने ट्रुप्स हेडक्वार्टर्स अन्तर्गत राखियो । २०२६ सालमा ‘कालीजंग गुल्म’ लाई ‘कालीजंग हिमाली गुल्म’ बनाइएको थियो ।
२०२२ साल चैत्र महिनासम्म सैनिक जवान र मिलिसिया जवानको रासनस्केल फरक थियो । सैनिक जवानको रासनमा १४ थरीको खाद्यान्न दिइन्थ्यो भने मिलिसिया जवानको रासनमा जम्मा ८ थरीको खाद्यान्न मात्र दिइन्थ्यो र परिमाण पनि कम हुन्थ्यो । यद्यपि यसको अर्काे वर्षको थालनी अर्थात् २०२३ साल वैशाख १ गतेदेखि मिलिसियाका जवानहरूलाई पनि सैनिक जवानहरू सरह नै रासन स्केल दिन थालियो । फलस्वरूप अब भने कालीजंग मिलिसिया गुल्मले पनि सैनिकलाई उपलब्ध गराइएको रासन स्केलअनुसारको सुविधा पाउन थाल्यो । २०४७ सालमा कार्यरत रहेका ५० गुल्महरूमध्ये कालीजंग गुल्मलाई मर्यादाक्रममा २० औं स्थानमा राखिएको थियो । यसरी कालीजंग फौजले २०६१ सालसम्म झण्डै ३९ वर्ष गुल्मकै हैसियतमा काम गरेको थियो । कालीजंग गुल्मलाई २०६१ सालमा ‘गण’ मा रूपान्तरण गरियो । फलस्वरूप कालीजंग गणले २०६१ सालदेखि आजपर्यन्त ‘गण’ का रूपमा कार्य गर्दै आएको छ । इतिहासका कालखण्डको धेरै समय कालीजंग पल्टन डोटी गौंडामा कार्यरत रहेको थियो । त्यसैले यसलाई सोही गौंडाका बडाहाकिमको तैनाथीमा राखिएको थियो ।
डोटी, अछामलाई १८४७ सालमा विजय गरेपछि काजी जगजीत पांडे, अमरसिंह थापा र सरदार शत्रुदल शाही यस क्षेत्रमा प्रशासक भएको देखिन्छ । चौतरिया पुष्कर शाहको प्रयासले १८७० साल तिर डोटीको रमणीय पर्वत श्रृङ्खलामा शिलदेवी (शैलेश्वरी) को नामबाट शिलगढी भन्ने वस्तीको स्थापना गरी पाल्पाका नेवार व्यापारीहरूलाई बसालिएको रहेछ । डोटी राज्यलाई एकीकृत नेपालमा विलय गरेपछि जुम्लादेखि बैतडीसम्मको अपील हेर्ने अधिकार डोटी गौंडालाई दिइयो भने बझाङ्, बाजुरा तथा अछाम पनि डोटीकै प्रशासनिक क्षेत्रमा समावेश गरियो । प्रशासनिक सहजताका लागि पछि भने डडेलधुरा र बैतडीलाई छुट्टा छुट्टै गौंडा बनाइयो । स्मरणीय के छ भने एकीकृत नेपालको शासनकालमा त्यसतर्फ खटाइएका प्रशासकहरूको मुख्यालय कुमाउ“ गढवाल क्षेत्रका लागि कुमाउ“को अल्मोडामा र डोटीका लागि डडेलधुरामा रहेको थियो ।
१८८९ साल फागुन महिनामा शिवदत्त खत्रीको नाति, शशिधर खत्रीका छोरा गुल्मी जिल्ला निवासी परसुराम खत्रीलाई कालीजंग कम्पनीमा ‘सुवेदारी’ दर्जा दिइएको थियो । सामान्यतया स्थापनादेखि यस कम्पनीलाई कमाण्ड गर्ने व्यक्ति तथा तिनको दर्जाका बारेमा प्रकाश पार्ने सामग्री फेला नपरेको अवस्थामा यस कम्पनीलाई कमाण्ड गर्ने पहिलो कमाण्डर उनै सुवेदार परसुराम खत्री देखिन्छन् । त्यसो त डोटीको तैनाथी चौतरिया, काजी एवम् सुवेदारहरूले सञ्चालन गरेको भन्ने पनि पाइन्छ । त्यस क्रममा चौतरियाहरू बहादुर शाह, शत्रुदल शाह, बम शाह, प्राण शाह, पुष्कर शाह, जान शाह, विक्रम शाह, नरसिंह शाह, बबरजंग शाह तथा दक्ष शाह, सरदारहरू भक्ति थापा र पूर्ण शाह, काजीहरू अमरसिंह थापा, जगजित पाँडे, अभिमानसिंह बस्नेत्, नरमान शाही, रेवन्त कुँवर, जगजित पाँडे एवम् काजी कुलमानसिंह बस्न्यात् तथा सुवेदार विष्णु शाहीले डोटीको तैनाथी सम्हालेको भन्ने पाइएकाले त्यस बखत उनीहरू नै कालीजंग पल्टनको तैनाथवाला रहेको देखिन्छ । यद्यपि उनीहरूको कार्यकाल एवम् हैसियतका बारेमा प्रकाश पार्ने सामग्री भने फेला परेको छैन । १९०१ सालमा भने ३०२ जनाको फौज रहेको कालीजंग पल्टनलाई मेजर कप्तानले कमाण्ड गरेका थिए । जंगबहादुरको कार्यकालको उत्तराद्र्ध तिरदेखि भने कालीजंग पल्टनलाई जनरलदेखि बृगेडियर कर्णेल, कर्णेलसम्म तथा २००१ सालमा क.प.गोहविक्रम राणालाई यस पल्टनको तैनाथी दिइएको थियो । त्यस क्रममा विशेषतः मेजर जनरल कृष्णध्वज कुवर राणा, लेफटेन कर्णेल सम्सेर ध्वज कुवर राणा, लेफटेन कर्णेल सम्सेरध्वज कुवर राणा, कर्णेल सुरथजङ् कुवर राणा, लेफटेन कर्णेल वुधजं राणा, बृगेडियर कर्णेल बहादुर जंग राणा, जनरल पुण्ये सम्सेर जङ्ग राणाले कर्णेल वहादुर सम्सेर जङ्ग वहादुर राणा, ले कर्णेल वहादुर सम्सेर जङ्ग वहादुर राणा, मे.क.लोक जंग राणा तथा क.प.गोहविक्रम राणाको तैनाथीमा कालीजंग पल्टन रहेको थियो । सम्भवत उनीहरूलाई गाौंडाको तैनाथी (बडाहाकिम) बनाइएको थियो । त्यसैले उनीहरूको मातहतमा रहेको कालीजंग पल्टनलाई भने मेजर कप्तान वुद्धिमानसिंह बस्न्यात् क्षेत्री, लेफटेन विष्णुदत्त पन्त, लेफटेन राजबहादुर सिंह, लेफटेन रुद्रवीर साही, लेफटेन ढाल बाहादुर शाह, कप्तान कर्णवीर सिंह, कप्तान पद्मसिं बस्नेत तथा लेफटेन ललितबहादु कार्की क्षेत्रीले कमाण्ड गरेका थिए । यो सन्दर्भ १९२० देखि २००१ सालको हो ।
स्मरणीय के छ भने १९६२ सालमा कालीजंग पल्टनलाई ‘५०० पल्टन’ का रूपमा रूपान्तरण गरिनाका साथै पल्टनका प्रथम ‘गुल्मपति’ कप्तान प्रताप जंग बहादुर राणा भएको कुरा गणमा भनि“दै आएको पाइन्छ । गुल्ममा रूपान्तरणपूर्व कालीजंग पल्टनलाई २०२० सालमा उप–सेनानी गजेन्द्र बहादुर बस्नेत तथा उनीपछि सह–सेनानी उत्तरध्वज थापाले कमाण्ड गरेका थिए । ‘गुल्म’ मा रूपान्तरण गरिएपछि २०२२ सालमा यसलाई सह सेनानी रामबहादुर थापाले कमाण्ड गरेका थिए । थापापछि २५ जना सह सेनानी, उप सेनानी तथा सेनानीहरूले कालीजंग गुल्मलाई कमाण्ड गरेका थिए । यस गुल्मलाई कमाण्ड गर्ने अन्तिम गुल्मपति सेनानी अनिल भट्टराई थिए । गणमा रूपान्तरित ‘कालीजंग गण’ को कमाण्ड भट्टराईले नै २०६१ साल भाद्र ११ गते प्रमुख सेनानी निरमान सिंह गुरुङ्गलाई हस्तान्तरण गरेका थिए । कालीजंग गणको इतिहासमा गुरुङ्ग नै पहिलो गणपति हुन् । २०६१ सालदेखि दुई दशकमा कालीजंग गणलाई ११ जना गणपतिहरूले कमाण्ड गर्दै आएका थिए भने बाह्रौं गणपतिका रूपमा प्रमुख सेनानी प्रकाश बहादुर सिंहले वर्तमानमा यस गणलाई कमाण्ड गरेका छन् । १९१४ सालमा बिद्रोह दमन गर्नका लागि सरकारको निर्देशनानुसार कालीजंग पल्टन डोटीबाट पहिलो पल्ट भारतको कुमाउ“–अलमोडामा खटिएको थियो । त्यसो त नेपालको एकीकरणका क्रममा कुमाउ“÷गढवाल क्षेत्रका राज्यहरूको विजय अभियानमा समेत यसको उल्लेख्य भूमिका रहेको थियो । त्यस्तै भोटस“गको सम्भाव्य युद्धका क्रममा कालीजंग पल्टन ५०१ फौजका साथ सहभागी भएको थियो ।
डोटी स्थित ब्यारेकअन्तर्गत हालको क्वार्टर गार्ड भएको ठाउ“मा २२ वटा तोपहरू थिए । कालीजंग पल्टनले भोटस“गको लडाइ“मा विजय प्राप्तगरी २२ वटा तोपहरू नियन्त्रणमा लिएर तिनलाई आफ्नो ब्यारेक डोटीमा ल्याएका थिए भन्ने भनाइ पनि गणमा सुन्न पाइन्छ । त्यसरी नै कालीजंग पल्टनले भोटस“गको लडाई“मा जितेर ल्याएको ‘नागबेली खड्ग’ वर्तमानमा समेत गणको निशान कोठामा राखि“दै आएको छ । सरकारको निर्देशनअनुसार मुलुकमा घटेका विभिन्न घटनाका क्रममा शान्ति स्थापना कायम गर्नाका साथै यसले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रस“ग अन्तर्गत विभिन्न युद्धग्रस्त क्षेत्रमा तैनाथ रही सफलता पूर्वक योगदान पु¥याउ“दै गर्नाका साथै मुलुकभित्र जनउद्धार, प्रकृति संरक्षणलगायत कार्यमा उल्लेख्य योगदान दि“दै आएको छ । २२० वर्ष पहिले खडा गरिएको कालीजंग पल्टन लामो समयसम्म डोटीमा तैनाथ रहेकाले त्यस क्षेत्रमा पल्टनले गरेका कार्यका बारेमा बिस्तृत जानकारी सार्वजनिक भइनसकेको वर्तमानमा सम्भवतः डोटीमा रहेको माल, जिल्ला प्रशासन वा अदालत जस्ता कार्यालयमा हुन सक्ने पुराना लिखतको अध्ययन गर्न सकेका खण्डमा अझ बिस्तृत जानकारी पाउन सकिन्छ भन्ने विश्वास छ । समग्रमा इतिहासको कालखण्डभर नै मोफसलमा तैनाथ रहेको कालीजंग निकै तिखारिएको तथा निखारिएको पल्टन थियो । त्यसैले यसले हमेशा अनुशासित एवम् दक्ष भएर उत्कृष्ट कार्य गर्दै आयो । सोही उत्कृष्टताको जगमा निरन्तरको तालिमका कारण वर्तमानमा पनि नेपाली सैनिक संगठनमा यो अब्बल रहेको देखिन्छ । (कालीजंग गणले आयोजना गरेको २२० औ बार्षिकोत्सवका अवसरमा प्रकाशन गरिएको पुस्तकको अंशबाट)