2019 March 22/ 01:49: 27am

–    जीएन प्रधान
    यहि मिति २०७५ साल माघ २१ गते नेपाली काँग्रेसले वर्तमान ने.क.पा.का अध्यक्ष क. के.पि. शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा देशभर एकसाथ विरोध कार्यक्रम ग¥यो । निक्कै समयपछि काँग्रेसपार्टीकै आव्हानमा गर्न पुगेको उक्त विरोध कार्यक्रम हेर्न मज्जाकै रह्यो । विरोध कार्यक्रमको औचित्य पुष्टि गर्न र जनताको मन आफूतिर तान्न केहि कुतर्क र मुद्दाहरु पनि अघि सारे केही काँग्रेसी नेताहरुले । तर आफ्नो मुखमा कालो पोतेर अर्काको अनुहार हेरेर मरिभरि हाँस्न पुगेको मान्छे हाँसोको जुन अर्थ र महत्व हुन्थ्यो त्यति महत्व पनि लागेन काँग्रेसी नेताहरुको भाषणको ।
    देशको अर्थतन्त्र र ऐन कानुनलाई क्रमशः थिलथिलो र धज्जी उडाउदै बर्हिगमन हुन पुगेका नेपाली काँग्रेस नयाँ संघीय स्वरुपको नेपालको व्यवस्थापनमै व्यस्त हुनु पुगेर केही भ्रष्ट र माफियाहरुको छाडापन र अवसरवादको गतिविधिबाट अलिक टाढै रहेको यस मौकालाई आफ्नो लागि उपयुक्त एवं अनुकूल समय ठानी विरोध कार्यक्रम गर्न पुगेको कुरालाई जनताले पनि राम्रैसँग परिक्षण गरिरहेका छन् । काँग्रेसीहरुको विरोधको तौल कत्तिको गह्रौं छ भनेर ।
    स्वीकार्नै पर्ने सत्यकुराहरु के पनि हुन् भने भर्खरै मात्र सुरुवात हुन लागेको प्रदेश र संघीय संरचना अनुसारको व्यवस्थापन पक्षको कमजोरी र अल्मल्याईको फाइदा उठाउँदै केही एकाधिकारी कालोबजारीहरु, भू–माफियाहरुको विगविगी, विचौलियाहरुको एकाधिकारी ज्यादती र केही अपराधि मनसायका बेइमानी कर्मचारीहरुको मनपरीपनको छाडा र हाकाहाकी घुस प्रवृत्तिबाट राज्यको सबैक्षेत्र सरकारी नियन्त्रणबाट बाहिर गएजस्तो वा शुन्य सरकारको अवस्था आएजस्तो भएको पनि सहिसत्य नै हो । तर यी सम्पूर्ण विकृतिहरु एवं स्वेच्छाचारी तन्त्रहरु के अहिलेको के.पि. ओली नेतृत्वको सरकारकै पालामा उत्पत्ति÷सुरुवात भएको हो ? के नेपाली काँग्रेसले चलाएको यो भन्दा अघिको शासन प्रणालीहरु स्वर्णरुपी र आदर्शमयी थियो ? के कुनैपनि हत्या, हिंसाका घटनाहरु घटेका थिएनन् ? महँगीले सीमा नाघेको थिएन ? माओवादी जनयुद्धको नामबाट भयावहको युद्ध निम्त्याउने पनि नेपाली काँग्रेस हैन ? लाउडा विमान काण्ड, प्रधान न्यायाधीश सुशिला कार्की महाभियोग काण्ड मच्चाउने पनि नेपाली काँग्रेस नै हैन ? नेपाली काँग्रेस सरकारकै पालामा भएको दर्जनौं संख्याका अज्ञात हत्याराहरु अझै पत्ता लगाउन सकिरहेको छैन, के यसको खोजी गरेर अपराधिहरुलाई जिम्मा लगाउने काम नेपाली काँग्रेसको होइन ? दर्जनौंको संख्यामा रहेका सरकारी स्वामित्वका उद्योग कम्पनी तथा कलकारखानाहरु कौडीको मूल्यमा निजी क्षेत्रलाई बेच्ने सरकार पनि नेपाली काँग्रेस नै हैन ? नेपाली काँग्रेस सरकारकै पालमा भएका दर्जनौंको संख्याका अज्ञात हत्याराहरु अझै पत्ता लगाउन सकिरहेको छैन, के यसको खोजी गरेर अपराधिहरुलाई जिम्मा लगाउने काम नेपाली काँग्रेसको होइन ? दर्जनौंको संख्यामा रहेका सरकारी स्वामित्वका उद्योग कम्पनी तथा कलकारखानाहरु कौडीको मूल्यमा निजी क्षेत्रलाई बेच्ने सरकार पनि नेपाली काँग्रेस नै होइन ? कोशी र टनकपुर बाँध बनाउन लगाउने वा भारतलाई सुम्पने पनि नेपाली काँग्रेस नै हैन ?
    तसर्थ यी सबै जघन्य राष्ट्रघाती र अपराधिमूलक कुकृत्यहरुलाई छोडेर अहिलेको संक्रमणकालीन अवस्थामा भएका केही अपराधिमूलक घटनाहरु र कृयाकलापहरुलाई हेरेर के.पि. ओली सरकारलाई असफल सरकारको रुपमा विरोध गर्न नेपाली काँग्रेसलाई लाज लाग्दैन ? १० वर्षीय माओवादी जनयुद्ध निम्त्याउने कुन सरकार हो ? कुन सरकारको खराब गतिविधिले माओवादी सशस्त्र द्वन्द्व सिर्जना भयो ? सरकार टिकाउनैका लागि संसद्मा बहुमत पु¥याउन सांसदहरुलाई खरिद विक्री गर्ने जस्ता घृणित कार्य कसले ग¥यो ? आफ्ना विरोधी वा आफ्ना पक्षमा नलाग्ने सर्वसाधारण जनता र सामान्य नेताहरुलाई वन मद्दा लगायत अन्य प्रशासनिक फौजदारी झुठा मुद्दाहरु लगाएर आतंकित बनाउने कुन काँग्रेसी सरकार हो ? याद छ कि छैन ? यहि समय हो, जसले पंचायती तानाशाहीलाई उछिनेर पंचायती ज्यादतीलाई विर्साउने काम गरे । यहि समय हो नेपाली काँग्रेसका लौह पुरुष गणेशमान सिंहले “नेपाली काँग्रेसको इज्जत समाप्त पा¥यो, प्रजातन्त्र नै समाप्त पार्न लाग्यो” भनी नेपाली काँग्रेस पार्टी नै परित्याग गर्न बाध्य बनाए । यहि नेपाली काँग्रेस हो आफ्नै पूर्व प्रधानमन्त्री तथा लामो समयसम्मका का.वा. अध्यक्ष तथा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई समेत निकम्मा बनाई नेपाली काँग्रेसमा निष्कृय बनाउन विवश बनाए । यतिसम्म कि आफ्नो सत्तास्वार्थका लागि जेपनि गर्न पछि नपरेका नेपाली काँग्रेसका वर्तमान सुन्दमुसुन्द कथित नेताहरु र यसका समर्थक केही पत्रकारहरु वर्तमान के.पि. ओली नेतृत्वको १ वर्षीय मूल्यांकनलाई १, २, ३....गरी २० ओटा दुर्गुण तथा गलत कार्यहरु भनी मोफसलमा भाषण गर्न र विभिन्न संचार माध्यमहरुबाट प्रचारप्रसार गर्न न्वारनदेखिको शक्ति खर्च गर्न पुगे । भलै २० ओटा कामहरु सरकार नियन्त्रण भन्दा बाहिर गएपनि ८० ओटा कार्यहरु सहि वा राम्रा छन् भनी भन्न किन सकेन ? ८० कार्यहरु राम्रा छन् भन्न किन लाज मान्नुप¥यो ।
    २०४६÷०४७ को जनआन्दोलनबाट पंचायती व्यवस्थाको अन्त्य भई बहुदलीय शासनको स्थापना पश्चात केवल प्रशासनिक संरचना र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न र सामान्य हेरफेर गर्न मात्र पनि असफल नेपाली काँग्रेसले अहिलेको संघीयता सहितको प्रादेशिक सरकार संचालन र व्यवस्थापन गर्न असफल भयो भनी कुप्रचार गर्न किन लाज मानिरहेका छैनन् । स्तम्भकारको प्रश्नहरु यहि र यस्तै रहेका छन् ।
    यद्यपि वर्तमान सत्तामा रहेका अर्थात दुईतिहाई भन्दा बढीको समर्थन प्राप्त क. के.पि.शर्मा ओली नेतृत्वको सरकार पनि विल्कुलै आलोचनाबाट मुक्त भने छैन । यसरकारणले पनि कि तत्कालीन एमाले र माओवादी पार्टीका उम्मेदवारहरुलाई भन्दा पनि पार्टीहरुप्रति बढि नै आशा र विश्वास राखेर जनताहरुले आफ्नो अमूल्य मत दिई विजयी गराएका हुन् । जनताहरुको ठूलो आशा र विश्वास थियो कि अव देश सम्पूर्ण रुपमा सम्बृद्धितिर अघि बढ्नेछ । भ्रष्टाचार र घुस प्रवृत्तिको अन्त्य हुनेछ । देशको न्याय कानुनमा स्वच्छता आउने छ । कालो बजारीयाहरु समाप्त हुनेछ । किसानहरुको परिश्रमको फलको उचित मूल्य पाउने छ । उद्योगधन्दाहरु व्यवस्थित र पारदर्शिरुपमा संचालन हुनेछ । कुनैपनि नागरिकहरुको जीवनको प्रत्याभूति हुनेछ । नातावाद, कृपावाद, वा आफन्तवादको चलखेल बन्द हुनेछ, सीप, पेशा र दक्षताको कदर हुनेछ । कुनैपनि नेपाली नागरिक आर्थिक आर्जनकै लागि भनेर विदेशी भूमिमा लम्पसार पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । कुनैपनि नागरिकको दुःख, पीडा एवं आर्थिक अभावका कारुणिक वा दारुणिक कथाहरु सुन्नुपर्ने छैन । सरकारी सम्पूर्ण सुविधाहरु आफ्नै गाउँ वा नगरपालिकाहरुबाट सहज र सरल रुपमा प्राप्त गर्न सकिनेछ । देशका सम्पूर्ण नागरिकहरुले शान्ति र अमनचयनको अनुभूति गर्न पाउनेछ ।
    तर यी सम्पूर्ण कुराहरु पाउनबाट अझै पनि टाढै रहनुपरेको छ । मुठिभरका मानिसहरुको लागि ब्रम्हलुट मच्चाउन पाउनुमा यो संघीयता देशको उपलब्धि भएको छ । सरकारी तलबको सानो गोरेटोबाट दिनकै हजारौं, लाखौं पकेट भर्न पाउनेहरुका लागि केको नै फरक छ । अहिले सर्वसाधारण जनताहरुमा उब्जिन थालेको प्रश्न पनि यहि हो । निराशै निराशाले थिचिएको भारी पनि यहि हो । यहि कुरालाई मूल मुद्दा वा मिठो मसला बनाएर जनताहरुलाई आफ्नो पक्षमा पार्न कोसिस गरिरहेकोलाई हामी आशावादीहरुले पनि सम्झिनै पर्ने हुन्छ, भन्न बाध्य हुनैपर्छ, बोल्न थाल्नै पर्छ ।
    सरकार । जनताहरुलाई आशैआशको भारी मात्र बोकाएर नबसौं । थप निराशाहरुको चाङ बोकाउनमा मात्र सक्रिय नहोऔं । ‘खोइ, जुन सरकार आए पनि उस्तै हो’ ‘जुन जोगी आएपनि कानै चिरेका’ भन्ने नेपाली लोकोक्तिबाट मुक्त बन्ने प्रयास गरौं ।’ कुनैपनि कुराहरुमा आर्थिक अनियमितता हुन नदिऔं । शान्ति र सुशासनको नयाँ नेपालको अनुभव सबैले गर्न पाऊन् । सरकारले ठीक र राम्रो काम गरेन भनी आलोचनाको लागि आलोचना मात्र गर्ने बानी परेका र विपक्षीको धर्म निर्वाह गरेका भन्नेहरुको लागि जनता समक्ष बोल्नै नसक्ने वातावरण बनाउनुहोस् । गफ र चुट्किला हैन साँच्चिकै काम गरेर मात्र देखाउनुहोस् । कागजी विकास हैन देशको नै प्रत्यक्ष विकास गर्नमा अघि बढौं ।
    अन्तमा, सरकारलाई मात्र आलोचना र गाली गरेर समय खर्च गर्नमा हैन, देशका जिम्मेवार नागरिकहरुको महसुस गरेर हातमा हात, साथमा साथ लागेर काम गरौं । जनता जनार्दनहरुमा पनि यहि आव्हान र आग्रह गर्न चाहन्छु । सम्पूर्णको नकरात्मक एवं गैरजिम्मेवार सोचाइ मुर्दावाद, सकारात्मक एवं आमूल परिवर्तनका लागि गतिशिल सोचाई जिन्दावाद । भ्रष्ट मनोवृत्ति मुर्दावाद । सेवा र सद्भाव जिन्दावाद जिन्दावाद ।