केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले
नेकपा एमालेले देशभरी नै जिल्ला कमिटीका अधिवेशनहरु विशेष जिल्ला अधिवेशनहरु आयोजना गरिरहेको छ । उद्घाटन समारोहहरु पनि देशभर अत्यन्तै सफलतापूर्वक सम्पन्न भइरहेका छन् । यसै सन्दर्भमा म आज तीनवटा कुराको लागि उपस्थित भएको छु । पहिलो कुरा काभ्रेली जनतालाई धन्यवाद भन्नका लागि । अभिनन्दन गर्नका लागि र अभिभावदन गर्नका लागि ।
काभ्रेली जनतालाई काभ्रे जिल्ला बनाउन नेकपा एमालेको अगुवाईमा पूर्ण रुपमा सफलता मिलोस् भन्ने शुभकामना दिनका लागि । अर्को कुरा आज यहाँ १२ सय भन्दा बढी साथीहरु विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । वहाँहरुले नेकपा एमालेको विचारहरु बुझेर, कामहरु देखेर र अरु पार्टीका पनि काम देखेर नेकपा एमालेको सन्दर्भमा राष्ट्रियताको पहरेदारको रुपमा रक्षकको रुपमा, प्रबद्र्धक र सम्बद्र्धको रुपमा राष्ट्रिय स्वाभिमानको रक्षाको रुपमा नेकपा एमालेलाई देखेर । विकासको एउटा पर्यायवाचीको रुपमा अभियान्ताको रुपमा विकासको नायकको रुपमा नेकपा एमालेले जुन काम गरेको छ ति कामहरु देखेर । त्यसै गरेर सामाजिक जागरण उत्थान र सामाजिक न्याय र समानताको पक्षमा, सामाजिक सुरक्षाको प्रश्नमा जे काम गरेको छ ति काम देखेर । सुशासन र विकासको सन्दर्भमा नेकपा एमालेले जे काम गरेको छ त्यो देखेर । र सर्वाेपरी रुपमा सम्पूर्णतामा छोटकरीमा भन्नुपर्दा समृद्ध नेपाल सुखी नेपाली बनाउने नेकपा एमालेको संकल्पलाई देखेर साथीहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । वहाँहरुलाई स्वागत गर्न पनि आज यहाँ आएको हुँ ।
आज यहाँ मात्रै साथीहरु प्रवेश गर्नु भएको छैन । देशै भरि विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा ठूलो संख्यामा प्रवेश गर्नुभएको छ । सबैलाई पार्टीको तर्फबाट नेकपा एमाले हार्दिक स्वागत गर्दछु । अर्काे कुरा देश बनाउने पार्टी देश जोगाउने पार्टी देशको भूमि अर्काले मिचेको छ भने त्यो फिर्ता गराउन संघर्ष थाल्ने र अगाडि बढाउने पार्टी अरु बोल्न नसकेका बेला देशको भुभाग समेटेर देशको नयाँ नक्सा बनाएर संसदबाट सर्वसम्मतिले संविधान संशोधन गरेर त्यस नक्सालाई संविधानको अंग बनाउने पार्टी । देशलाई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पु¥याउने पार्टी । त्यस पार्टीको काभ्रे जिल्लाको १० औं अधिवेशन भइरहेको छ । ७७ जिल्लामध्ये एउटा जिल्ला काभ्रे जिल्लाले स्वभाविक रुपले त्यो अभिभारा बहन गर्नुपर्दछ । काभ्रेमा नेकपा एमालेले शानदार सफलता हासिल गर्नुपर्दछ । अधिवेशन सफलताको धेरै धेरै शुभकामना छ ।
नेकपा एमाले यस्तो पार्टी हो जसलाई यस देशका तमाम बुढाबुढीहरुको, जेष्ठ नागरिकहरुको, दाजुभाई दिदीबहिनीहरुको आशिर्वाद छ । काँग्रेस हैरान भएको छ अहिले । यो पार्टी अनेक जेल, नेल, दुःख कष्ट बलिदान सहेर संघर्षको मैदानबाट आएको पार्टी हो । नेकपा एमाले मान्छेका भावनासँग खेलवाड गर्ने पार्टी होइन । क्रान्तिका सपना देखाएर स्वार्थ लुट्ने पार्टी नेकपा एमाले होइन । यो पार्टी देश बनाउने पार्टी हो । हाम्रो ध्यान बाटो बनाउने तर्फ छ । खानेपानीका आयोजनाहरु ल्याउने छ । पुल बनाउने छ । स्कूलहरु कलेजहरु बनाउने छ । अस्पताल बनाउने छ । अहिलेको सरकार कस्तो छ ? आफ्नो नागरिकप्रतिको उत्तरदायित्व छैन । नेपाली काँग्रैस कस्तो छ ? संसद्मा हामीले नयाँ नक्सा पेश गर्दा बाध्य भयो तालि पिट्न । बाध्य भयो सर्वसम्मतिले पास गर्न । गत अधिवेशनमा काँग्रेसले हाम्रो चुच्चे नक्सालाई हटाएर पुरानै नक्सा सहित अधिवेशन सम्पन्न ग¥यो । यो कसको खुशीका लागि ? यो भन्दा नालायक अरु के हुन सक्छ ? हरेक सञ्चारमाध्यमले त्यस विषयमा बोले तर नेपाली काँग्रेसले गल्ती भयो सम्म भनेन । यस्तो अवस्थाबाट देशलाई फेरि फर्काउनका लागि, फेरि लक्षणका दिन ल्याउनको लागि, विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि, टनेलका कामहरु अगाडि बढाउनका लागि, शिक्षालाई अगाडि बढाउनका लागि, नेकपा एमालेको सरकार आवश्यक छ । हामीले ७० प्रतिशत प्राविधिक शिक्षा पु¥याउने लक्ष्य राखेका थियौं । त्यो ठाउँमा अहिलेको सरकार सिटिईभिटी खत्तम पार्ने योजनामा लागेका छन् । यो सरकारलाई बन्द गर्न आउँछ, भत्काउन आउँछ । विगार्न आउँछ । किनभने यो सरकार जनादेशबाट जनउत्तरदायित्व बोक्नेगरी बनेकै होइन । यो त सेटिङबाट परमादेशबाट आएको हो । दुनियाँमा कहिँ अदालतमा यस्तो हुँदैन ।
नेकपा एमाले लोकतान्त्रिक मान्यता र लोकतन्त्रको रक्षाका लागि क्रियाशील छ । यसर्थ हामी लोकतन्त्रको रक्षा गर्ने कुरामा, देश बनाउने कुरामा र सामाजिक न्याय समानता स्थापित गरेर अगाडि बढ्ने कुरामा र समृद्ध नेपाल समृद्ध नेपालीको गन्तव्यमा पुग्ने कुरामा दृढ संकल्पित छौं । मैले अघि पनि भनि सके कि त्यस्तो पार्टीको जिल्ला अधिवेशन यहाँ हुँदैछ काभ्रेको जिल्ला यहाँको पार्टीले लिनुपर्छ । त्यसका निम्ति तपाईहरुकोे उच्चस्तरको समझदारी सहमतिबाट अगाडि बढ्नुहोस् । यदि कथंकदाचित तपाईहरुमा सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि जानुस् । तर आजको आवश्यकता हाम्रा विरोधीहरु हाम्रा पार्टी फुटाउन एमाले सिध्याउन खोजेका थिए तर एमाले हिजोभन्दा आज झन् शक्तिशाली भएर अगाडि बढेको छ । आज एमाले प्रतिपक्षमा छ । सत्ता पक्षका साथीहरु १२ सय प्रवेश गर्नु भएको छ । नेकपा एमालेका दूरगामी महत्वका निर्णयहरु हेरेर देश बनाउने नेकपाको लहर हेरेर प्रतिबद्धता हेरेर हिजोका व्यवहार हेरेर साथीहरु प्रतिपक्षमा भएको एमालेमा प्रवेश गरे । यो कुरा पार्टीमा भएका साथीहरुले राम्रोसँग बुझ्नुपर्दछ । हाम्रो अभिभारा बोकेर एकताबद्ध भई अगाडि बढ्न म आग्रह गर्दछु ।
माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटालाई एमाले नेताहरु बलराम सापकोटा, केपी सापकोटा र दाप्चाका अर्जुन लामाको हत्या कसले किन ग¥यो ? तपाईहरु सभामुख चिन्नुहुन्छ ? नाम त लिन्न तर पनि लिनु प¥यो भने कुल्ला गर्ने पानी छैन । प्रतिपक्षी विरुद्ध, लोकतन्त्र विरुद्ध षढ्यन्त्र गर्नेहरुलाई हिजोको पनि पाप लाग्छ । आजको पनि पाप लाग्छ । काभ्रेली जनतालाई अहिलेका सभामुखका बारेमा मैले केहि भन्नु पर्दैन । काभ्रेलीले राम्रोसँग चिन्नुहुन्छ हैन सभामुख ? नाम नलिउ, अहिले कुल्ला गर्ने पानी छैन । निश्पक्षता छैन, मर्यादा छैन, पदको गरिमा छैन । प्रतिपक्षका विरुद्ध, देशको ठुलो पार्टीका विरुद्ध, दल फुटाउने षढयन्त्र गरेर, पहिले मात्रै होईन पाप, अहिले लोकतन्त्रका विरुद्ध पनि पाप, संविधान विरुद्ध पनि पाप, राज्यका तीनवटै अंग बर्बाद बनाएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले शशस्त्र युद्धका बेला युवाहरुलाई बेहाल बनाएको, परिवार टुहुरो बनाउँदै असल बाबु र ससुरा बनका छन् । मान्छेका भावना सँग खेलवडा गरेर क्रान्तिको सपना देखाएर ब्यक्ति र मुलुकलाई बर्वाद बनाउने पार्टी एमाले नभएकाले १७ हजारमा ५ हजारको जिम्मा लिन्छु भनेकोमा काभ्रेका नागरिक पर्छन कि ? पर्दैनन ? मुलुकमा अहिले तिनवटै अंगहरु बर्बाद भएका छन् । सरकार बने लगत्तै मुलुकमा अलक्षीण शुरु भएको छ, एउटा मात्रै अलक्षीण हैन पाँच पाँच जना अलक्षीणको गठवन्धन बनेको छ । बैकमा पैसा छैन, अदालतमा कराँते खेल्न थालिएको छ, प्रधानन्यायाधीश निषेध हुन्छन, बरिष्ठ अधिवत्ताहरु कुस्ति खेल्छन, न्यायाधिशहरु हड्ताल गर्छन । इजलास बहिस्कार गर्छन । सरकार, संसद र न्यायालय सबै बर्बाद पारिएको छ ।
एमाले अध्यक्ष ओलीले एमालेका विरुद्ध पाँचवटै दल एक स्थानमा उभिए पनि एमालेको जत्रो सभा गर्न सक्दैनन । नेकपा एमालेले देश बनाउने, मिचिएको जमिन फिर्ता गराउँदै भुभाग समेटेर नयाँ नक्सा बनाउने, देश जोगाउन संर्घष गर्ने पार्टी भएकाले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानलाई साकार बनाउने छौं । एमाले नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्ध सम्भव भएकाले देशमा लक्षण, शुसासन र समृद्धी सम्भव छ । मुलुकलाई विकासको टनेल युगमा प्रवेश गराईएको छ । सेटिङ्ग र परमादेशबाट बनेको सरकारले मुलुकलाई अधोगति तर्फ लगेका छन् । (अध्यक्ष ओलीले नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनका अवसरमा ब्यक्त गर्नु भएको विचारको सारांश ।)





