जिएन प्रधान
यहि २०७८ मंसिर १०–१२ मा हुने भनी करिब छ महिना अगावै तय भएको नेपालकै पहिलो राजनीतिक शक्तिको रुपमा रहेको नेकपा (एमाले) को दशौँ महाधिवेशन एकदिन लम्बिएपनि आखिर भब्य रुपमा सम्पन्न भएको छ । यस अभूतपूर्वको महाधिवेशनबाट खासगरी एमालेका केही असन्तुष्टि पक्षधरहरूको कृयाकलाप र ब्यक्त गरिएका अभिब्यक्तिहरूबाट एमाले इतरका केही पार्टीहरू पार्टी फुट्ने, फुटाउने अभिलाषामा पर्खिरहेका थिए । यसमा पनि खासगरी एमालेबाट भर्खरै चोइटिएर गएका एकपक्ष अर्थात् माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एस) पार्टी र नेकपा (माओवादी केन्द्र) र यसका केही हनुमाने समर्थकहरू पार्टी विभाजन होस भन्ने कामनाले धुप सल्काइरहेको पाइन्थ्यो । कपोलकल्पित एवं मनगढण्ते समाचार र फेसबूक सन्जाल मार्फत तथानाम गालीगलौज, उचाल्ने पछार्ने र बिवादास्पद भनाईहरू उदृत गर्दै भ्रम फिँजाउनमा न्वारनदेखिको शक्ति खर्च गर्नमा ब्यस्त रहे । यसका लागि आफ्नै पार्टीको सरकार ढाली दक्षिणपन्थी चिन्तनका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आफूलाई देशकै क्रान्तिकारी पार्टी हौँ भनी दावी गर्न पछि नपर्ने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल “ प्रचण्ड” को अगुवाईमा नेकपा एमालेकै माधवकुमार नेपाल समेतको साथ सहयोगमा पाँच दलीय गठबन्धन सरकार बनाउन पुगे । स्मरण रहोस् यो मिति सम्म आइपुग्दा केन्द्रीय सरकार र प्रदेश सरकार सबैतिरबाट बाहिरिनु परेको अवस्था रहेपनि नेपाली जनतामा रहेको नेकपा एमालेप्रतिको गहिरो माया र पार्टीप्रतिको आस्थाले झनै मजबुत भएर अगाडि बढेको स्पष्ट हुन्छ ।
चितवनको नारायणी नदीको तिरमा भएको उदघाटन सत्रमा उपस्थित हुन उर्लिएको जनसागरलाई हेर्दा नेकपा (एमाले) झनै बलियो शक्तिको रुपमा आउने अनुमान लगाउन सकिन्छ । देसभरबाट पाँचलाख मान्छे उतार्ने पूर्व योजना रहेको भएपनि उपस्थित जनसागरलाई हेर्दा र स्वतन्त्र पर्यवेक्षकहरूको अनुमानलाई आधार मान्ने होभने उक्तदिनको जनमानस दशलाख घटी नभएको सुन्नमा आएको छ । अतः एमालेको यस महाधिवेशमा उपस्थित कार्यकर्ता, समर्थक र एमालेप्रती माया गर्ने आम जनसमुदायबाट नेपाली काँग्रेस लगायत सम्पूर्ण गठबन्धनमा रहेका दलहरू अटालिएको अनुमान गर्न सकिन्छ । यसमा पनि प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधव नेपालको (एस) पार्टी आउँदो निर्वाचनमा पत्तासाफ हुनेमा उनिहरू स्वयम्मा विश्वास जागेको पाइन्छ । यद्यपि मोफसलका आफ्ना आमसभा लगायतका विभिन्न कार्यक्रमहरूमा आ–आफ्नो पार्टी देशकै ठूलो अर्थात १ नं. को पार्टी हुन्छौँ भनी दावी गरिएको पाइन्छ तापनि यो उनीहरूको आफ्नो कार्यकर्ताहरूलाई सान्त्वना दिने मिठाई चकलेटभन्दा केही फरक नरहेको स्पष्ट हुन्छ ।
जेहोस् अधिवेशनमा आफूलाई दशबुँदे पक्षधरका अगुवा मानिने पार्टी उपाध्यक्ष भीमबहादुर रावल र घनश्याम भुसाल समेत केही नेताहरू सिङ्गो पार्टी र बन्दसत्रको अत्यधिक प्रतिनिधिहरूको सर्वसहमतिको प्रयासलाई लत्याउँदै अध्यक्ष लगायतका केही पदहरूमा उम्मेदवारी दिएरै छोड्ने हठका बावजुद पनि निर्वाचन सौहार्द रुपमा सम्पन्न भएको पाइयो । पार्टी उपाध्यक्ष भिम बहादुर रावल आफू हार्छु भन्ने जान्दाजान्दै र अत्याधिक प्रतिनिधिहरूको सर्वसम्मत होस भन्ने भावना एवं इच्छाको बाबजुद निर्वाचन गराएरै छाडेपनि आखिर बन्दसत्रको हलबाट बाहिर निस्कने क्रममा विरोधी दलहरूबाट भिम रावल समेतका नेताहरू एमालेबाट बिद्रोह गरि बाहिरिने छन् अर्थात आफ्नो पार्टीमा आउनेछन् भनी आँ मुख बनाई रहेका माकुने पार्टी र प्रचण्डको चाहनालाई स्वयम् भिम बहादुर र घनश्याम भुषालले लत्याइदिए र आफूहरू एमाले पार्टी छोडेर अरु कुनै पार्टीमा नजाने दृढता समेत ब्यक्त गरे ।
अधिवेशनताकाको ‘क’ भीम बहादुर रावल र ‘क’ घनश्याम भूसालको अभिब्यक्ती, गतिविधिलाई लिएर जेजस्तो मूल्यान्कन र आशंका गरिएपनि महाधिवेशन पश्चातको अभिब्यक्ती र उहाँहरूको ब्यवहारलाई हेर्दा वास्तवमा पार्टी महाधिवेशनलाई एउटा प्रजातान्त्रिक स्वरुपलाई सार्थकता दिन प्रयास गरिएको स्पष्ट हुन्छ । र, उहाँहरूले पनि आम कार्यकर्ता एवं महाधिवेशन प्रतिनिधिहरूको चाहना, भावनालाई प्रष्ट रुपमा बुझ्ने अवसर पायो भन्दा फरक पर्दैन । भर्खरै मात्र भीम बहादुर रावल,घनश्यम भूसाल समेतको सकृय संलग्नतामा माधव नेपालको एउटा गुट चोइटिएर नेकपा(एस) पार्टी बन्नु र अधिवेशको चालुकालसम्म नै दस बुँदेसहमतिको पूर्ण कार्यान्वयन हुनुपर्ने भन्ने मूद्दालाई बिषय बनाइ पार्टी अध्यक्ष केपि ओलीको प्रतिद्वन्द्वीमा उम्मेद्वार दिनु र अत्याधिक प्रतिनिधिहरुको चाहनालाई अश्वीकार गार्दै निर्वाचनमा लड्नुलाई अनेक शन्का उपशन्का गर्ने ठाउँ पनि बन्यो । यसै कुरालाई लिएर अब भीम रावल घनश्यम समेत डेढ दर्जन नेताको दलबल सहित एमाले छोड्दैछ भनी केही सम्चार माध्यमलाइ समाचार बनाउन भ्याइ नभ्याइ पनि भए ।
यति मात्र नभै लालबाबु पण्डित संगठित सदस्य मात्र कायम रहने गरि केन्दृय सदस्य अस्वीकार गरि काठमाण्डौ फर्किए । यसैलाई लिएर पनि लालबाबु पण्डित तीन हजार कार्यकर्ता सहित नेकपा(एस) पार्टीमा प्रवेश गर्ने तयारी भन्ने समाचार बनाउन भ्याए । यतिसम्म कि भिम रावल समेतलाई केपि ओलीले पार्टीबाट निष्काशन गर्दै भन्ने समाचारलाई एमाले इतरका पीत पत्रकारहरूले भाइरल बनाउन पुगे जसले माकुने र प्रचण्डका अन्धभक्तहरूलाई बंगुुर मोटाएका जस्ता आफैमा फुल्न ठूलो सहयोग पु¥याए । यहि गएको असोज १५÷१६ मा ललितपुरको गोदावरी तुल्सीलाल स्मृती प्रतिष्ठानमा भएको प्रथम विधान महाधिवेशमा पनि त्यति सन्तुष्ट नभै आफ्नो बिमती कायम राख्नु भएका पार्टी उपाध्यक्ष लगायतका केही दसबुँदे पक्षधरहरुबाट फेरीपनि पार्टी फुटाउनेमा ढुक्क रहेका र अर्काको पार्टी फुटाउन पाएकोमा, फुट्नेमा आशावादी रहेका फुटपरष्टका अनुयायीहरूलाई भने भिम रावल समेतका नेताहरू अझैपनि एमालेमै रही रहनु र निर्वाचना पराजित भएपनि हामी यो पार्टी छोडेर जान्न भन्ने अभिब्यक्तिबाट यी पार्टी फुटाउने आशामा रहेकाहरू खर्लाम खुर्लुम भै निचरिन पुगेकाछन् । तरै पनि यिनिहरूलाई चोइट्याउन सकिन्छ कि भनी भीम रावल समेतलाई एमालेले त्यति सम्मान नगरेको, केपि ओलीले उनिहरूलाई स्थायी कमिटीमा मनोनयन गर्न अनिच्छुक रहेको काल्पनिक बिचारहरूलाई प्रथमिकतामा राख्ने गरेकाछन् ।
सारमा भन्नुपर्दा यिनिहरूको मुख्य पेसा र चिन्ताको विषय नै यहि बन्न पुगेको छ । सायद यिनिहरूलाई भोक पनि लाग्दैन हो, भोक लागेर पनि गाँस रुच्दैन हो । कसरी फुटाउन सकिन्छ भन्ने डाह र छटपट्टी चलिरहेको देख्न सुन्न सकिन्छ। एउटा पक्ष यो रहेकोछ भने अर्को पक्ष सम्पूर्ण कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूको एउटै मत÷विचार के पनि रहेको देखियो÷पाइयो भने दशबुँदे सहमती प्रस्तुत भएदेखी एमालेमै रहने र माकुने नेतृत्वको फुटवादी नीतिमा नजाने भनी एमालेमै रही पार्टीको छवि धमिलिने विवादास्पद अभिब्यक्ति नदिई महाधिवेशनको बन्द सत्रमा प्रस्तुत नामावलीहरूमा असन्तुष्टि नजनाई बलियो एमाले कायम राख्नमा जोड दिँदै आएका अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, टोपबहादुर रायमाझी, राम बहादुर थापा लगायतका नेताहरूलाई दिएको लोकप्रिय मतले पनि पुष्टि गर्छ कि पार्टी नफुटोस् र सबै पक्षलाई मिलाएर अघि जानुपर्छ भन्ने कुरालाई प्रमाणित गर्न पुगेको छ र जो जसले आफूहरू सर्वसहमति विपरीत उभिएर निर्वाचनमा गएको छ उनिहरूले प्राप्त गरेको मतले उनिहरूको पार्टी भित्रको औकातलाई पनि छर्लङ्ग पार्ने काम गरेको छ । त्यसैले प्रतिनिधि त्यो हो, कार्यकर्ता त्यो हो जसले भोलिको दिनमा नेताहरूलाई कुन स्थानमा राख्ने हो त्यो निर्णय गर्न सक्षम छ । पार्टीमा को असल नेता हुन योग्य छ र को छैन भनी चर्लङ्ग पार्ने काम भएको छ । यहि नै कार्यकर्ता हुन आगामी निर्वाचनमा कसलाई जिताउने र कसलाई हराउने भन्ने निर्णयात्मक सांचो रहेको छ । त्यसैले कोहि पनि नेताहरुले घमण्ड गर्न आवश्यक छैन कि पार्टीको सर्वेसर्वा नै मै हो र मैले भनेकै लागू हुनु पर्छ, मैले भनेकै मान्नुपर्छ । तसर्थ को कुन नेताले के गरिरहेको छ, कसलाई फाइदा पुग्ने काम गरिरहेकोछ भन्ने मूल्यांकन र लेखाजोखा एकएक गरी गरिरहेकै हुन्छ । कुन ब्यक्तिले कति लगानी गरेको छ र पार्टी र देशको हितमा कस्तो भुमिका खेलेको छ यी सबैलाई नै सुक्ष्म ढङ्गले मुल्यांकन गरेको हुन्छ । अधिवेशनमा त्यही देखिएको छ र निर्वाचनमा पनि यहि देखिन्छ । त्यसैले कुनै पनि नेताले घमण्ड गर्नु पर्दैन कि मनै पार्टी हुँ र म बिना पार्टी रहन सक्दैन । यस्तै बिचार बोकेर अघि बढ्न खोज्ने कैयौँ नेताहरू कुकुर, झिँगा झै हुन पुगेका नेताहरू पनि हजारौ रहेका छन्, जसको नाम लिईरहन आवस्यक पर्दैन ।
यतिमात्र नभै नेपाली काँग्रेसको वैशाखीमा देशैभरबाट बल्लबल्ल एकसिट मात्र जित्न पुगेका कथित राष्ट्रिय समाजवादी दलका अध्यक्ष तथा मधेसवादी दलमा टाँसिन पुगेका डा. बाबुराम भट्टराइले त एमालेको महाधिवेशनलाई कुम्भमेला समेत भन्न पछि परेन । यसको अर्थ हो कि बाबुरामको आफूसमेत मिसिएको मधेशवादी पार्टीले कुम्भमेला त के सनोतिनो मन्दिरमा लाग्ने दुईचार जना यात्रीहरूको संख्या जतिपनि पु¥याउने ह्याउ छैन ।
जे भए पनि नेकपा एमालेको चितवन नारायणी नदी किनारमा उद्घाटन सत्र र चितवनकै सौराहमा बन्दसत्रको कार्यक्रम रहेको दशौँ राष्टृय महाधिवेशन एक ऐतिहासिक र देश बिदेशकै लागि प्रेरणादायी एवं नमूनालायक महाधिवेशन सावित भएको छ । प्रकृयागत रुपमा पदाधिकारी पदमा बढुवा भए पश्चात् ५÷१० सीट तलमाथी भएपनी प्रारम्भिक प्रस्तावित ३०१ सदस्यीय केन्दृय समिती रहेको नेतृत्वकर्ताको अनुमोदन वा निर्विरोध निर्वाचित तथा निर्वाचनबाट बिजयी भए भएपनि आगामी पाँचवर्षको लागि एमालेलाई हाँक्ने एक स–शक्त टीम बन्न सफल छ । योग्यता, क्षमता, नयाँ, पुराना, खुल्ला, प्रदेश, भुगोल, क्षेत्र, बर्ग, समावेसी समानुपातिक सबै रुपमा सन्तुलन मिलाउन प्रयास गरिएकोलाई त्यति आलोचना गर्न जरुरी नहोला ।
एउटा हिसाबले भन्ने हो भने एमालेप्रति अति पूर्वाग्रह राख्ने पार्टीलाई छोडेर साँच्चिकै राजनीतिक सँस्कारको रुपमा अगाडि बढ्न चाहेको पार्टी वा दलका हकमा भन्ने हो भने यो महाधिवेशन अनुकरण गर्न लायक भएकोमा स्वयम् चितवन नारायणी किनार वासी वा सौराहाका होटेल ब्यवसायी र अन्य ब्यवसायीहरुलाई साक्षीको रुपमा बकाउन सकिन्छ । महाधिवेशमा सहभागी हुन आएका जनसागर, महाधिवेशन प्रतिनिधिहरूको मनसाय एवं अभिब्यक्ती, प्रतिनिधिहरूको अनुशासन र व्यवहार, स्वयमसेवकहरूको सहयोग, ब्यवस्थापन पक्षको सफलता आदिलाई स¥हाना गर्नैपर्छ ।
तर बिपक्षीहरूलाई एमालेको यो दशौँ महाधिवेशनको सभ्य र भब्यतालाई स¥हाना गर्नसक्ने औकातसम्म देखा परेन । यहाँ बस्दा गरिएको खानपान, साजसज्जा र शृँगार, गाडी, बास ब्यवस्था लगायतका यावत क्षेत्रको चुष्टता आदिलाई समेत कटु आलोचना गर्न बाँकी राखेनन । “चोरले सबैलाई चोर नै देख्छ रे” भने झैँ सरकारमा रहँदा भ्रष्टाचार गरेको पैसाले भोज भतेर गरेसम्म भन्न पुगे । जबकी एमालेका लागि यति खर्च जुटाउन त्यति कठिन छैन । सहजै उठाउन सकिन्छ । देशभरका जिल्लाहरूबाट आएका प्रतिनिधि र आम सकृय कार्यकर्ताहरू आ– आफै गाडी रिजर्भ गरेर गएका हुन, कतिपय आफ्नै गाडी र साधनमा गएका हुन् । सांसद् मन्त्री, स्थानीय तहहरूमा लाभका पदहरूमा रहेका जनप्रतिनिधिहरूबाट उठेका, उठाइएका लेवि दस्तुरहरू समेत यस पार्टीका आयश्रोत हुन् । पार्टीमा आर्थिक अनियमितता नहुनेमा विश्वास गर्ने हो भने वर्षकै करोडौँ पैसा बचत गर्न सक्ने क्षमता यस पार्टीमा रहेको छ । यति पनि बुझ्न जरुरी छ कि महाधिवेशनमा सहभागी हुन गएका प्रतिनिधिहरूलाई पार्टी आयोजक कमिटीले ब्यवस्था गरेको आधारमा खाना, नास्ता र आवासको ब्यवस्था गरिएको थियो भने उदघाटन सत्रमा गएकाहरू आफैमा ब्यवस्थित भएर गएका हुन् । कोही विपक्षीले खुइल्याउने हिसाबले भने चितवनको महाधिवेशनको एकदुई छाक मासुको आश गरेर गएका छैनन् । जसले मासुभातको लोभमा उद्घाटन सत्रमा उपस्थित हुन गए भनी आलोचना गरे, अभिव्यक्ति ओकले यो उनीहरूको संकिर्ण चिन्तनको उदाहरण मात्र देखाए भन्न सकिन्छ । यतिसम्म कि महाधिवेशनको उदघाटन सत्रलाई पार्टी र पार्टी प्रतिनिधिहरूको तर्फबाट शुभकामना सन्देश दिने क्रममा राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष कमल थापाले एमालेको केपि ओली सरकारले मुलुक देशकै इज्जत बढ्ने दुईकाम गरे भनी प्रशंसा गरिएको समेतलाई आलोचना गर्न पुगे भने अरु के राम्रा काम गरे भनी प्रशंसा गर्लान् यी डा¥हे ब्यक्तिहरूले तेतृत्व गरेको पार्टीहरुले ।
जे होस् शुरुका दिनहरूमा एमाले बाहेकका अन्य पार्टीहरू र आम नागरिकहरूको मनोभावनामा एमालेका माधव, झलनाथ खनाल समेतका केही नेताहरूले पार्टी फुटाएकोमा अब एमाले सकियो । एमाले फुटेकोमा आम कार्यकर्ताहरू र एमालेप्रति आस्थावान् धेर जनताहरूको ठूलो हिस्सा पनि फुटेर गए भनी जुन मूल्यांकन र कल्पना गरिएको थियो त्यो सबै झुठ सावित भएको छ एमाले अझै पहिलो पार्टीको रुपमा कायम छ । आगामी तीनै तहको निर्वाचनमा पनि यहि एमाले पार्टी नै पहिलो पार्टीको रुपमा आउँछ भन्ने कुरामा ढुक्कका साथ भन्न सकिन्छ । आम नागरिकहरूको मूल्यांकनमा पनि यही हुन थालेको छ । यदाकदा नेपाली काँग्रेस आगामी निर्वाचनमा हामी कसैसङ्ग गठबन्धन नगरी उठ्छौँ भनेपनि भित्री रुपमा हतास मनस्थितिमा रहेको पाइन्छ भने, हाल सत्ता गठबन्धनमा रहेका सबै पार्टी गठबन्धन नगरी निर्वाचनमा जानसक्ने आँट गर्न सकिरहेको छैन । जे भएपनि चितवन महाधिवेशनले आम नेपाली जनतामा देशको पहिलो पार्टी कायम रहेको सन्देश दिएको छ, एमालेको विकल्पमा अरु पार्टी नभएको आभाष गराएको छ, नेकपा एमाले नै आगामी सरकारको जिम्मेवारी बहन गर्ने एक प्रमुख पार्टी रहने विश्वास दिलाउन सफल छ ।





