2024 April 27/ 10:05: 40am

करिब ३ वर्ष अघि तत्कालीन एमाले अध्यक्ष केपि ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार पुनर्गठन हुने चर्चामा छ । सर्सर्ती रुपमा हेर्दा एउटै पार्टीको जस्तो देखिने यो सरकार, यो बीचमा आएर हेरफेर वा पुनर्गठन हुन र गर्न त आवश्यक थिएन । तरपनि कतिपय मन्त्रीहरूको काम गराइलाई हेर्दा पुनर्गठन वा हेरफेर नगरी नहुने अवस्था पनि देखिएको छ । हुन त दुई पार्टी औपचारिक रुपमा एक हुने भनी गरिएको दुई पार्टीका दुई अध्यक्षहरू बीच गरिएको भनिएको गोप्य सम्झौतामा दुवै पार्टीका अध्यक्षहरूले आधा आधा कार्यकाल सरकार चलाउने भन्ने गोप्य सहमती कायम भएको थियो भन्ने कुराले हालैको ६ महिना यता यसैको बिषयलाई लिएर पार्टी विवाद निकै उत्कर्षमा पनि पुग्यो । यतिसम्म कि पार्टी फेरि बिभाजित हुने हो कि भन्ने अवस्थासम्म पुग्यो।तथापी दुईहप्ता अघिमात्र भएको नेकपा पार्टी महासचिवको संयोजकत्वमा भएको उच्च्स्तरीय कार्यदलको प्रतिबेदन माथी भएको पार्टी पोलिटब्यूरो तथा स्थायी कमिटीको बैठकको सहमतिले ५ वर्षको पूरा अवधीको सरकार प्रम केपि ओलीले नै चलाउने र पार्टीको अध्यक्षको पूर्ण अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने सहमतिमा चुलिएको विवाद समाधान भएपछि अहिले तत्कालको लागि पार्टी विभाजन हुन्छ की भन्ने आशंका र डर टरेको छ । यसले नेकपा पार्टी बिभाजन हुन्छ र फेरिपनि हामीलाई नै सरकार चलाउने अपत्यारिलो अवसर आउने भो भनी जुङ्गा मुसारेर रमाएर बसेका प्रमुख प्रतिपक्षी लगायतका इतरपक्षहरूको दिउँसैको सपना भत्ताभुङ्ग त भयो नै । तरपनि बारम्बार पार्टी विभाजन हुनमा बानी परेका वा विभाजित पार्टीहरू अर्थात् नाङ्ले पार्टीहरूका अध्यक्ष र महासचिव हुनमा स्वाद पाएका नेताहरूलाई हेर्दा अझै पनि एउटा विशाल पार्टीका सम्मानित र लोकपृय नेताहरू भएर बस्न सक्लान वा उक्त पद र मान पचाउन सक्लान् जस्तो यो स्तम्भकारलाई लागेको छैन तापनि आगामी चैत्रमा हुने भनिएको पार्टी एकता महाधिबेशनसम्म भने जसोतसो बस्लान् जस्तो पनि लाग्न थालेको छ ।
जे होस् त्यसबेलासम्म पार्टी निश्चितै रुपमा एक भएर बस्ने पक्का हुनुका साथै सरकार पनि पुनः केपि ओलीकै प्रधानमन्त्रीत्वमा सरकार आँशिक या पूर्ण रुपमा पुनर्गठन हुन्छ त्यो भने हेर्न बाँकी नै छ । सायद यो लेख प्रकाशित हुँदासम्ममा पुनर्गठन पनि भैसक्ने छ । तर यो स्तम्भकारको चासो र चिन्ताको बिषय केमा रहेको छ भने मन्त्रीमण्डलको सदस्य यो ब्यक्ति वा त्यो ब्यक्ति जो सुकै आएपनि ब्यक्तिगत पूर्वाग्रह वा ईखको बिषय कोहिसंग पनि छैन । तर सरकारमा छनौट गरिने वा मन्त्रीहरूका लागि सिफारिस गरिने ब्यक्तिहरू यस्तो होस् कि जो ब्यक्तिहरूले यो अवस्थासम्म मन्त्रीमा रहेर आफूहरू त बेस्सरी गन्हाए गन्हाए सिङ्गो नेकपा पार्टीको नै बदनामी उचाइमा पु¥याइदिने काम गरे ती र त्यस्तै स्वभाव, चरित र खराब नियतका फेरि पनि दोहो¥याएर नआउन, फेरि त्यस्ता दोहोरिएर सिफारिसमा नपरुन् । अहिले पार्टी समर्थित सम्पूर्ण कार्यकर्ताहरू र शुभ–चिन्तकहरूको यहि आशा रहेको छ, झिनो आशा यसैमा बाँकी रहेको छ । मन्त्रीहरूमा यस्ता ब्यक्तिहरू आउन जसले जनताहरू देशको हितलाई ध्यानमा राखेर प्रभावकारी रुपमा काम गर्न सकून् । पूर्व यो पार्टी वा त्यो पार्टी, यो गुट वा त्यो गुटको भनी भागबन्दा मिलाउनको लागि हैन । पार्टी र जनताको हितमा काम गर्ने, पद र सत्ताका लागि लिप्त नहोउन, विगतमा सरकारमा रहेपनि सकारात्मक भावले लोकप्रिय भएका, सक्षम योग्य र इमान्दार ब्यक्तिहरू मन्त्रीमा आउन सफल होउन् । न कि ब्यक्ति अनुहारको मायाले वा सबैका लागि मन्त्री बन्ने अवसर पाउन भनेर  हैन । पार्टीलाई लामो समयसम्म जीवन्तता दिने हो वा यहि सरकार नै कम्युनिष्टको अन्तिम सरकार बनाई इतिहासकै बदनामी सरकार बनेर इतिहासबाट मेटिने हो अवसर यहि हो ।
अहिले जसरी यो विश्वव्यापी रुपमा कोरोना महामारीले आक्रान्त बनाएको यो बेला हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन।जसको कारणले दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्नुपर्ने निम्न वर्गका ब्यक्ती परिवारहरूदेखी ठुलठुला उद्योग, कलकारखाना, शैक्षिक संस्थानहरू र मध्यम तथा साना ब्यापार ब्यवसायीहरू सबै यसबाट नराम्रोसँग प्रभावित भए । अझ स्वदेशको आर्थिक बिपन्नताले बैदेशिक रोजगारमा गएका सयौँ, हजारौँ कामदारहरू बिदेशमा समेत कोरोना महामारीकै कारण रोजगारका क्षेत्रहरू बन्द हुन पुगी स्वदेश फर्कन चाहेका नेपालीहरू बिदेशी कम्पनीहरू र बिमानास्थलमा अलपत्र परेर बसेका नेपालीहरूलाई बेलैमा उद्वार त गर्न सकेन नै चाटर्ड उडानको नाममा साविक भाडा दरभन्दा तीनगुणा भन्दा बेसी भाडा असुल्ने काम गरेर आर्थिक मारमा परेका अलपत्र नेपालीहरू वा छोटो अवधिका लागि बिदेश भ्रमणमा गएकाहरूलाई “नखाउँ भने दिनभरीको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार” भने झैँ बनाए । जनताको सरकारको स्थापना गरेर सामान्ती बर्गको सम्पती माथी हदबन्दी लगाई निम्न वर्गका जनताहरूको अधिकतम् हितमा काम गर्ने भनेर  अगाडि बढाउने गरेको बहुत लोकप्रिय नाराको धज्जी उडाउने काम गरेर गाउँगाउँका अर्थात स्थानीय स्तरका नेताहरूलाई लाजमर्दो बनाउन पुगेको छ । ज्ञात रहोस् कि पार्टीले राम्रो जस तथा प्रशंसा पाउने सुवर्ण अवसर यहि थियो, मौका यहि थियो । जुन आपत्को समयमा राज्य सरकारको तर्फबाट जनताहरूलाई सेवामुखी एवं राहतमुखी काम गरेर हाईहाई कमाउने बेला थियो । तर यो मौका चुकाउन पुग्यो वर्तमान सरकारका केही  मन्त्री महोदयहरूले । जसले सिङ्गो सरकार र पार्टी कै बदनाम हुने काम गरेर यो पार्टीको समर्थक, शुभचिन्तक बनेर पार्टीलाई यो उचाइमा पु¥याउन र दुईतिहाईको सरकार बनाउन सकृय भै लागि परेकोमा पश्चाताप गर्नुपर्ने अवस्था सिर्जना गर्दिए । सरकार बन्नु, बनाउनुको अर्थ हो देशमा संकट परेको बेला राज्यको तर्फबाट सक्दो सहयोग गर्नुपर्ने हो । तर केही सम्बन्धित मन्त्रीहरूले जनताहरूलाई मर्माहट बनाएर विमान कम्पनीका मालिकहरूलाई आर्थिक नोक्सान नहोस् भन्ने उद्देश्यले आपत्को बेला जतिसुकै भाडादर कायम गरेपनि न आइ धरैछैन भन्ने मनसाय बुझेर पनि साविक भाडादर भन्दा तीनगुणा बढी भाडा तोकिदिएर इतिहासमा कहिल्यै बिर्सन नसक्ने गरी बैदेशिक रोजगारका नागरिकहरूलाई मनमा चोट पु¥याउने काम गरेको छ । यस्तै गरि कोरोना रोगको उपचार, ब्यवस्थापनमा कमजोरी लगायत स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, त्यस्तै शान्ति र सुरक्षाको जिम्मेवारी पाएको गृह प्रशासन अन्तर्गतको प्रहरीहरू पनि कतिपय अपराधका घटनाहरूमा प्रहरीहरू स्वयम् मुछिन् पुग्नु राज्य सुशासन कायम राख्नमा असफल भए जस्तो महसुस हुन पुग्नु एउटा लोकप्रिय सरकारको लागि गम्भीर धक्का मान्नु पर्छ । त्यसैले सरकारमा ब्यक्ति परिवर्तन ठूलो कुरो हैन, ब्यक्ति भित्रको आचरण ठूलो कुरो हो । जबसम्म ब्यक्तिको आचरण र भित्री भावना पवित्र र शुद्ध हुँदैन तबसम्म देशको विकास र जनताको सम्बृद्धिको कल्पना पनि गर्न सकिँदैन । त्यसैले पनि वर्तमान मन्त्रीमण्डलमा रहि अमूक अमूक मन्त्रालयको जिम्मा पाई जनता समक्ष गन्हाउन पुगेका खराब र भष्ट चरित्रका ब्यक्तिहरू फेरि पनि दोहोरिएर न आउन । कुनै नेता वा पूर्व पार्टीका नाममा सिफारिसमा नपरुन् । असल चरित्र र जनभावनाका ब्यक्तिहरू पुनर्गठित मन्त्रीमा आउन सफल भए पार्टी र सरकारको इज्जत, प्रतिष्ठा र लोकप्रियता चुल्याउन अझै सकिन्छ, प्रसस्त समय छ । यदि बिगतकै पारा र शैली कायम राखेर काम गर्दै जाने हो, जो सुकैले विरोध र तिक्त आलोचना गरुन् यो मौकामा कमाउन छोड्नु हुन्न भन्ने भावनालाई जिउँदै राख्ने हो भने कोही पनि कार्यकर्ताहरू वा पार्टी समर्थक ब्यक्तिहरू भ्रष्ट र बेइमानी मन्त्री, नेताहरूको मतियार बनेर पछि पछि लाग्ने छैन । हुनसक्छ मुठ्ठिभरका अवसरवादी कार्यकर्ताहरू आफ्नो स्वार्थ सिद्धिका लागि पछि पछि लाग्लान् तर स्वच्छ, निस्वार्थी जनताm देशको माया गर्ने सम्पूर्ण कार्यकर्ताहरू तिनै भ्रष्ट नेताहरूको बिरूद्दमा बिद्रोहमा उत्रन बेर मान्ने छैन । यस्ता कैयौँ घटनाहरू विश्व इतिहासमा देखि सकेका छौँ, इतिहास बनेर बसिसकेका छन् ।
गएको निर्वाचनमा तत्कालीन एमाले समेतको नेकपा माओवादी केन्द्रलाई करिब दुईतिहाइको भारी बहुमत दिएर बिजयी बनाए । नयाँ संविधान २०७२ जारी हुँदाको त्यो बेला सम्ममा कुनैपनि दलको बहुमतसम्म पनि न आउँदा सरकार अस्थिर भइ गुज्रीरहँदा देश विकासले कुनै गति लिन सकेन । राष्ट्र र राष्टियता माथी नै प्रश्न उठ्न थाल्यो । मधेशवादी दलहरू ताईको सम्पूर्ण भू–भाग नै भारतमा बिलय गराउने नियतकासाथ सशक्त रुपमा अघि बढ्न थाल्यो । यस मामिलामा वर्तमान प्रधानमन्त्रीको कठोर अडान कायम रह्यो । राष्ट्र र राष्ट्रियताको पक्षमा उभिने एकमात्र पार्टी नै तत्कालिन एमाले रहेको स्पष्ट देखियो । यसैको कारणले नै हालको नेकपाले अत्याधिक मत प्राप्त गर्न सफल भयो । जनतामा नेकपा प्रति अपार आशा र भरोसा जागृत भयो । केपि ओली नेतृत्वको सरकार बनोस् भन्ने कामना र माग रह्यो जनताहरूको । तर करिब यो तीन वर्षको कार्यकाल पूरा हुन लाग्दै गरेको यो अवस्थासम्म आइपुग्दा जनताहरूमा छाएको अपार खुशी र आशा, अपेक्षाको बदला निराशा, असन्तुष्टि र भारी आक्रोश आउनु देखि बाहेक जनताले खासै केहि प्राप्त गर्न सकेन । अहिले फेरि चर्चामा आएको छ कि एकथरीको प्रस्ताव रहेको छ रे कि प्रम केपि ओली वाहेक सम्पूर्णलाई हटाएर अन्य सबै मन्त्रीहरू हालसम्म एकचोटी पनि मन्त्री बन्ने अवसर नपाएकाहरूलाई मन्त्री बनाउनुपर्छ भन्ने कुरा । अर्को थरीको अर्थात् प्रधानमन्त्री केपि ओलीको आशय रहेको छ केही असक्षम मन्त्रीहरूमात्र हेरफेर गर्नुपर्छ भन्ने कुरा । तर पहिलो किसिमको प्रस्तावलाई झलक्क हेर्दा सहि जस्तो लागेपनी सबैलाई पालो पु¥याउँ भन्ने कुराल के आशंका जन्माएको छ भने मन्त्रिमा गएपछि सबैले प्रशस्त कमाउन पाउँछ र कमाउने मौका दिऊँ भन्ने अर्थ लगाउँछ र यसले सबै नै मन्त्री बन्नकै महत्वाकांक्षा बोकेर संसद्मा गएको स्पष्ट हुन्छ । फेरि यसरी सबैलाई भागै पु¥याउने हो भनेमन्त्री बन्ने अवसर नपाएका अरू पार्टीका सांसदहरूलाई पनि मन्त्रीमा समावेस गरे भैहाल्यो नि! अरूलाई मात्र किन छुटाउने(?) । एकएक वर्षमा सरकार पुनर्गठन गर्दै गए त पालोपनी पु¥याउन सकिन्छ ।देश र जनता बने बनुन् नबने नबनुन् साँसदहरू त सबै बन्छन् नत्र भने सबको पालो पु¥याउँ भन्नुको अर्थ के हो ? जान्न, बुझ्न सकिएन । यि देश र जनताको लागि सरकारमा गएको, पठाएको हो भने माथी नै उल्लेख गरि सकेको छु कि योग्य, इमान्दार, सक्षम, लोभानी पापानीबाट टाढै रहेकाहरूलाई पूर्ण अवधी नै सरकारमा रहन दिँदा के हुन्छ? अझै भन्ने हो भने सरकारमा गएर जनहितका काम नगरी बदनाम कमाएका सरकार पार्टी दुवैको बेइजत गरेका यस्ता भ्रष्ट प्रमाणित ब्यक्तिहरूलाई जीवनभर यस्ता सार्वजनिक लाभका पद र साँसद् बन्न नपाउने गरि पार्टीले कारवाही गर्नुपर्छ । यस्ता ब्यक्तिहरूलाई अरू पार्टीमा पनि प्रवेश निषेध गर्नुपर्छ । तर हाम्रो देशको फोहरी राजनीति प्रवृत्तिले यस्ता भ्रष्ट र अवसरवादी चरित्रका ब्यक्तिहरू झन् उच्च सम्मानका साथ स्वागत गरेर भित्रा्याउने गरेको अनगिन्ती उदाहरण र प्रमाणहरू रहेका छन् । यसैले पनि हाम्रो देशको सरकार संचालनको नियत प्रकिया नै भष्टाचार उन्मुख हुँदै आईरहेको छ । एक्लो प्रधानमन्त्री जतिसुकै राम्रो भएपनि सरकारको पूरा समूह नै राम्रो नभएपछि जनमोखी, देशमुखि भावकारी काम हुन नसकेको स्पष्ट भएको छ । त्यसैले पनि अबको सरकार पुनर्गठन पूनर्गठनको लागि पूनर्गठन मात्र नहोस, पालो पु¥याउनकै लागि मात्र पनि ब्यक्ति हेरफेर नहोस्, नेपालको इतिहासमै अत्यन्त राम्रो र लोकप्रिय सरकार बन्न सफल भएको भनी स्वर्ण अक्षरको ईतिहास बन्ने सरकार होस्, आजसम्म बनेका गन्हाउने सरकार मेट्न सफल होस् ,यहि छ शुभ–कामना !