2024 April 27/ 12:38: 26am

जी.एन. प्रधान
विकासको लागि विवाद हो कि विनाशको लागि विवाद हो बुझ्न सकिएको छैन । अहिले झण्डै २ महिना देखि नै यहि बुझ्न नसकिएको विवादले देशको संसद देखि सडकसम्म बहसले तात्न पुगेको छ । यस विषयमा सत्तापक्षकै सांसदहरु र नेताहरु पक्ष र विपक्षमा विभाजित छन् । सत्तापक्षको मात्र हैन प्रमुख प्रतिपक्षका नेता र सांसदहरु पनि पक्ष र विपक्षका दुई कित्तामा बाँडिएका छन् । एकाथरिका नेता सांसदहरु भन्दछन् यसलाई भित्र्याउन दिनुपर्छ, ल्याउनुपर्छ । यसलाई भित्र्याएमा वा ल्याइएमा देशको मुहार नै कायाँपलट हुन्छ । विकासको गतिले सगरमाथा चुम्छ । केहि वर्ष भित्रमै देशमा विकासले आमूल परिवर्तन ल्याउँछ । कुनैपनि जनता गरिब भएर बस्नुपर्ने अवस्था आउने छैन । यहि विषयमा अर्काथरीको भनाई रहेको छ, यसलाई भित्र्याएमा, ल्याइएमा देशको सार्वभौम गुम्न पुग्छ, अमेरिकी पूँजीवादको दास बन्न पुग्छ । नेपाल र नेपालीको गौरवशाली इतिहास मेटिने छ । यहाँ अमेरिकी सैनिकहरुको बुट बज्रिनेछ र नेपाल युद्ध भूमिमा परिणत भइ मसानघाटमा रुपान्तर हुनेछ । यस्तै यस्तै कुराहरुले बजार पाइरहेको छ, बहसले अन्यौल बढाइरहेको छ । कुरा हो एमसीसी को ।
    यसले कस्तो नोक्सानी पु¥याउँछ र कस्तो चमत्कारी लाभ हुन्छ । यो स्तम्भकार आफैंले बुझ्न सकिरहेका छैन । सायद म जस्तौ लाखौं मानिसहरुले बुझ्न नसकिरहेको हुनसक्छ । यतिमात्र नभै अहिले सडक र सदनमा विरोध र समर्थनमा उफ्रिरहेका सयौं नेता, कार्यकर्ता र सभासद, साँसदहरुले पनि स्पष्टसँग बुझ्न नसकिरहेको हुनसक्छ । खाली विरोधका लागि अन्धभक्ति विरोध र समर्थनको लागि अन्धसमर्थनले पनि वास्तविक पक्षलाई गुमराहमा राख्न सहयोग नगर्ला भन्न सकिन्न । खास गरी यसले दिन खोजेको विकास के हो, त्यो सबै जनताले बुझ्न आवश्यक छ । एमसीसीको पूरा अर्थ के हो र यसले दिने विकास के हो सम्झौता गर्न चाहने पक्ष वा वर्तमान सरकारले यसबारे प्रष्ट पार्न जरुरी छ ।
    त्यस्तै यसको सम्झौता र कार्यान्वयनबाट देशलाई के कति घाटा वा नोक्सान पुग्छ यसबारे पनि विरोध गर्ने पक्षले १, २, ३ को कारणमा स्पष्ट पार्न जरुरी छ । मलाई लाग्छ सत्ता स्वार्थको घिनलाग्दो राजनीतिमा लाग्न माहिर नीतित सत्ता केन्द्रित राजनीतिक दलहरुको दाउपेचकै कारण यो देशको विकास पचासौं वर्ष पछाडि धकेलिसकेको छ । करिब सात दशक अघि १÷२ वर्षको फरकमा देशमा राजनीतिक परिवर्तन भएका दुई छिमेकी राष्ट्रहरु चीन र भारतको विकासलाई हेर्ने हो भने विकासको गतिलाई अघि बढाउन विपक्षीको विरोधले केहि प्रभाव पारेको देखिन्न । बरु सहयोग नै पु¥याएको पाइन्छ । चीन र भारतको राजनीतिमा मात्र हैन अन्य धेरै युरोपियन देशहरु पनि यसैगरी अघि बढिरहेको पाइन्छ ।
    तर प्राकृतिक रुपमा बरदान प्राप्त अनि देशभक्ति र स्वाभिमानमा उच्चता कायम रहेपनि सत्तास्वार्थ र आर्थिक पक्षमा भने उच्च बेइमानीले पराकाष्ठा नाघेकोलाई भन्न अब लाज मान्नु पर्ने अवस्था छैन । यतिसम्म कि अब त नेपालको राजनीति र यहाँका राजनीतिक नेताहरुको व्यवहार हेर्दा घृणा जागेर आउँछ । समग्र नेपालको सामूहिक विकासलाई भन्दा मेरो टोल, मेरो गाउँ, मेरो गाउँपालिका, मेरो नगर, उपमहानगर, महानगर, मेरो जिल्ला अथवा मेरो ठाउँ, मेरो क्षेत्रको विकास भन्ने पक्षलाई उच्च प्राथमिकता दिइएको पाइन्छ । यहि मेरो भन्ने संकीर्ण भावनाबाट माथि उठेर हाम्रो देश, हाम्रो जनता भन्ने संकीर्ण भावनाबाट माथि उठेर हाम्रो देश, हाम्रो जनता भन्ने फराकिलो र उदार भावनाको विकास नभए सम्म जस्तोसुकै वा जुनसुकै देशले दिने एमसीसी भएपनि विकास हुनेवाला छैन । न  विकासको उपभोग गर्ने उहि जनताबाट हुनेवाला छैन । न त विकासको उपभोग गर्ने उहि जनताबाट प्रतिपक्षले साथ दिन्छ न त आफ्नै घनिष्ठ मित्र भन्नेले नै । अहिले सम्म भइरहेको यस्तै हो र यस्तै भइरहेको छ पनि ।
    अहिले नेपालीहरुको मानसिक भावना यतिसम्म तल गिरेको छ कि आफू व्यक्तिगत रुपमा धनि वा आर्थिक सम्पन्न बन्नका लागि जस्तोसुकै घृणित कामहरु गर्न पनि पछि पर्दैन । पाउने ठाउँमा दुई रुपैयाँ घुस खान पनि छोड्दैन । उता व्यापारी भनाउँदाहरु पनि व्यापारीक सेवाको नाममा श्रमजीवी उत्पादनकर्ताहरु र सामानको उपभोग गर्ने उपभोक्ताहरु दुवैलाई ठाडै मारेर बीचको विचौलिया बनी २०–६०% सम्मको कालो लाभ प्राप्त गर्नमै व्यस्त रहेको हुन्छ । 
    आज खाडी मुलुकको रुपमा प्रसिद्धि पाएका साउदी अरब, मलेसिया आदि देशहरु समेत आफ्नो देशलाई विकास गर्न नेपाल लगायत विभिन्न मुलुकहरुबाट श्रमिक युवाहरु झिकाइरहेका छन् भने हाम्रो देश नेपाल भने श्रम र सीपका उर्जाशील युवाहरुलाई विदेशमा श्रम गर्न पठाएर त्यहाँबाट प्राप्त गर्ने पसिनाले लपक्क भिजेको पैसामा मख्ख परिरहेका छन् । भिन्नता यसैमा रहेको छ । 
अरु देश कुन स्वार्थले र कतिवर्ष पछि के कति लाभ लिने आशाले नेपालमा एमसीसी भित्र्याउन खोज्दैछ, यहि कुरो जानेर वा नजानेर कुन चमत्कार ल्याउने विचारले यो एमसीसी भित्र्याउन खोज्दैछ । अनि यहि एमसीसी यो भन्दा पहिला नल्याउँदा के भयो ? अब ल्याउँदा के हुन्छ ? त्यस्तै एमसीसी अरु (अमेरिका) देशले नेपाललाई दिन सक्छ भने नेपाल आफैंले बनाउन खोजे के हुन्छ ? विकासका कुरामा सदैव अरुसँग भीख माग्ने मगन्ते जोगी बनेर कति हात थापिरहने ? कति आशामुखी बनिरहने ? अरु देशले दिन सक्ने एमसीसी नामको विकास के आफ्नै देशले गर्न सक्दैन ? के अरु देशले गर्न सकेको विकास यो देशले गर्न सक्दैन ? अवश्य पनि सकिन्छ । मात्र एकताको भावनाको आवश्यक छ । स्वार्थ रहित भावनाको खाँचो छ । उदार र फराकिलो भावनाको आवश्यक छ । सकारात्मक अनि सहयोगी भावनाको खाँचो छ । उचित सल्लाह सुझावको खाँचो छ । राजनीति सत्ता स्वार्थ र आफू बन्नको लागि हैन देश बनाउनको लागि गर्नुपर्छ । सिङ्गो देशलाई नै आफ्नो ठानेर विकासको योजनालार्य एकसाथ अघि बढाउनमा लाग्न सक्नुपर्छ । पूर्व र पश्चिम अनि उत्तर र दक्षिणका जनतालाई फरक फरक ढंगले हेरेर हैन देशभरिका जनता सबै एक हुन भनी सोच्न आवश्यक छ । काठमाडौं तथा राजधानीका जनताले प्राप्त गरेका व ागर्ने सुविधाहरु हुम्ला जुम्लाकालाई पनि चाहिन्छ भनि मनन गर्न आवश्यक छ । सरकार सबैका हुन्, जनता साझा हुन् भनि सोच्न आवश्यक छ । यो खालको भावना, जनता सरकार वा राजनीतिक दलहरुमा हुन आवश्यक छ । गर्न लागेका विकास योजनाहरुलाई अवरोध पु¥याउनमा हैन काम सम्पन्न गर्नमा सहयोगको आवश्यक छ । देशमा यहि कुराको आवश्यक छ ।
अर्काे कुरा यो पनि बुझ्न जरुरी छ कि जसरी विदेशी अन्य देशले उत्पादन गरेको आधुनिक प्रविधिहरु भित्र्याएर नेपालको विकास अघि बढिरहेको छ त्यसरी नै एमसीसीले पनि विकासमा सहजता ल्याउन मद्दत गर्छ भने एमसीसी भित्र्याउनमा सहयोग लिनमा आत्तिहाल्नु पर्ने अवस्था छैन, डराइ हाल्नु पर्ने र विरोधको कोकोहोल मच्चाइरहनु पनि आवश्यक छैन । विदेशी आविष्कारको मोबाइल, इन्टरनेट, सूचनाका आधुनिक प्रविधिहरु, आधुनिक उपकरणहरु, मोबाइल र सीसी क्यामेराहरु, डक्टरी अस्पतालका उपकरणहरुले जसरी सजिलो बनाउन मद्दत गरेको छ, यस्तैखाले सहयोग र विकासमा सहयोग ल्याउँछ भने एमसीसीको आगमनलाई किन स्वागत नगर्ने ?
    तर विकास र मित्रताको नाममा इज्जत, प्रतिष्ठा र स्वाभीमानलाई बन्धकमा राखेर गुलामी गर्न बाध्य हुनुपर्छ भने, कुनैपनि देशमाथि हुने सैनिक, गैरसैनिक हस्तक्षेप वा ठाडो आक्रमणलाई टुलुटुलु हेरेर बस्न वा एमसीसीको विर्काै लाएर चुप भै बस्न विवश बनाउँछ भने वा अप्रत्यक्ष रुपमा सिंगो मुलुक नै शक्ति राष्ट्रको दास बन्न पुगिन्छ भने यस्तो एमसीसी सहयोगको आवश्यकता नै किन ? त्यतिखेर सार्वभौम स्वतन्त्र राष्ट्रको के अर्थ आउँछ । यस विषयमा व्यापक र गम्भीर छलफल गर्न आवश्यक छ । के सत्तापक्ष, के विपक्ष राष्ट्र र राष्ट्रिय हित र अहितको विषयमा एक हुन आवश्यक छ । यदि राष्ट्रको लागि ठूलै लाभदायी हुने भएर पनि सरकारले गरेको काममा असफल पार्न कै लागि मात्र यसका विरोध भएको छ वा हो भने जनताले कुनैपनि अवस्थामा क्षमा गर्ने छैन । अहिलेसम्मको नेपालको राजनीतिक इतिहासमा सरकारले गरेकी राम्रो कामलाई राम्रो भनेर जस दिन जानेको छैन । आफ्नो पार्टी वा दलको छवि मुलुकबाट पत्तासाफ हुन्छ भन्ने डर (भय) ले हो वा प्रतिपक्ष भनेपछि जतिराम्रो काम गरेपनि विरोध गर्नैपर्छ भन्ने संकीर्ण मानसिकताले हो, सत्ता पक्षले (सरकारले) गरेको कामलाई विरोधै मात्र गरेको देखि बाहेक सकारात्मक ढंगले सहयोग गरिएको कहिल्यै पाइएला ।
    यहि हरेक कार्यहरुमा विरोध नै विरोध भएकैले कतिपय विकासका कार्यक्रमहरु असफल भएको कुराहरु हामीसँग जिउँदो इतिहास बनेर बसेकै छ । हामी र हाम्रो देश नेपालभन्दा गरिबी अविकास र समस्यै समस्याको चपेटामा गरेको कैयौं देशहरु हाम्रो देशभन्दा अढि बढिसकेको यथार्थलाई पनि भुल्नु हुँदैन । यसमा हामी सबैले मनन गर्नैपर्छ । स्वीजरल्याण्ड, सिंगापुर, जापान, बेलायत आदि देशहरु त्यसै विकास भएका हैनन् । कुनैपनि भगवानले स्वर्गबाट फुट्ट विकास फाल्दिएको हैन । त्यहाँको मानिसहरुमा लगनशीलता, सीपको सदुपयोग गर्ने अवसर छ, विलक्षण प्रतिभाका नौलो नौलो आविष्कार गर्ने ध्यानयोगी वैज्ञानिकहरुलाई प्रशस्त प्रोत्साहन सहितको सहयोग छ । उत्पादन गरिएका सामानहरुको विक्री व्यवस्थापनमा सरकारको पूर्ण सहयोग छ, सरकारमा जिम्मेवारीबोधको सँस्कार बसेको छ । नौलो नौलो यन्त्र, उपकरण वा आधुनिक प्रविधिको उत्पादन र विक्रीले राष्ट्र सम्पन्न हुन्छ भने भावनाको विकास भएको छ । काम गर्नमा ध्यान छ, गफ गर्ने फुर्सद छैन । अर्काको निद्रा चर्चा र डाह गर्न जानेको छैन । मिनेट मिनेटको महत्व छ, सोहि अनुसार दाम पाउँछ भनि संचिति विदामा आनन्दले घुम्छन्, रमाउँछन् । यसरी नै तिनीहरुको दिनचर्या बितेको छ । देश धनी छ । जनताहरु खुशी छन् ।
    यसको ठीक विपरीत हामीमा रहेको छ । काममा प्रोत्साहन छैन, उत्पादनमा खिन्नता र निराश छन् । विलक्षण प्रतिभाका नौलो आविष्कार प्रति एकचोटी अचम्म मानिन्छ, तत्कालका लागि आश्वासनले फुरुङ्ग पारिन्छ, त्यसपछि भुसुक्कै विर्सिन्छ । अनि विलक्षण प्रतिभाको वैज्ञानिक आविष्कारको निरन्तरतामा ठेस लाग्छ । प्रतिभा र जोश जाँगर अर्थात हौसला त्यसैत्यसै मरेर जान्छ । अनि अरुले उत्पादन गरेका यस्तै यन्त्र सामग्रीहरु महङ्गोमा खरिद गरेर सजिलोमा रमायो सबै अरु देशमा भरपर्नु पर्ने परजीवी बन्यो, जीन्दगी बितायो बस यति नै....।
अतः अन्तमा डरपोक र शंका उपशंकामा हामी नेपाली जनता विवाद र यसैको विषयमा झगडा गरेर हैन सम्पूर्ण जनताले एउटै मन, एउटै भावना लिएर देश विकास गर्ने प्रण गरौं एमसीसी को जादुमयी आविष्कार यहि हुनेछ ।