2024 April 19/ 01:14: 45am

    पर्यटकिय नगरी धुलिखेलमा निर्माण हुन लागेको ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ वातावरण र अपाङ्गमैत्री बनाउन छलफल शुरु भएको छ । धुलिखेल नगरपालिकाले धुलिखेलमा आएका पर्यटकहरुको बसाई लम्याउन विभिन्न योजना निर्माण गर्ने क्रममा ट्रेल निर्माणलाई प्राथमिकता दिएको हो । स्थानीय संघसंस्था, विष्णुदल गण, धुलिखेलका पर्यटन क्षेत्रसँग सम्वन्धित होटल ब्यवसायीहरु, संस्कृति र वातावरणको संरक्षण गर्ने ब्यक्तिहरुको सहभागितामा नगरपालिकाले निर्माण गर्ने ट्रेलले धुलिखेल नगरपालिकाको मात्रै नभई सिङ्गो जिल्लाको प्रतिनिधित्व गर्न सहयोग पु¥याउने छ ।
    धुलिखेलको हजार सिंढी चोक हु“दै चौकोटसम्मको दुरीमा ट्रेल मार्ग निर्माण हुनेछ । धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पर्यटकहरुको बसाई लम्याउन तथा वातावरणीय हिसाबले धुलिखेलमा हाईकिङ्ग र साईक्लिङ्ग ट्रेल निर्माण गर्न उपयुक्त हुने ठहर गर्दै बढाएको योजना थप अघि बढेको छ । काभ्रे जिल्ला साईक्लिङ्ग संघ, विष्णु दल गण धुलिखेलले समेत नेपालको एकिकरण अभियानमा महत्वपूर्ण मानिएका ऐतिहासिक स्थानहरुलाई काभ्रे युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने योजना बनाएको छ । धुलिखेलमा साईक्लिङ्ग–हाईकिङ्ग रुट निर्माण तथा नेपाल एकिकरणको समयमा प्रयोग भएको स्थान भमरकोटमा पृथ्वीनारायण शाह र बलभद्र कु“वरको शालिक राखिनेछ । बलभद्र क“ुवरका जिजुबा रामकृष्ण कुँवरलाई १८७२ मा पृथ्वीनारायण शाहले भमरकोटमा विर्ता दिएका थिए । पलाञ्चोक भगवती स्थानमा १८१६ मा भएको लडाईमा बलभद्रका जिजुबाजेले सहयोग पु¥याएको भन्दै पृथ्वीनारयाण शाहले विर्ता दिएका थिए । बलभद्र कु“वर भमरकोटमै हुर्किएको इतिहास छ । उनको सम्झनामा नगरपालिकाले उक्त स्थानमा बलभद्र कु“वरको शालिक राखी इतिहासको समेत संरक्षण र नया“ पुस्तालाई जानकारी गराउन खोजेको हो ।
    हबेली डा“डा–दक्षिणकाली मन्दिर–धुलिखेल खानेपानी आयोजनाको पानी ट्यांकीबाट राजकुलो हु“दै देविस्थान डा“डासम्मको ३ किमी हाईकिङ्गलाई महत्वपूर्ण मानिएको छ । १८२० कार्तिक १० गते आईतबार धुलिखेल कब्जा भएको थियो । १८२० कार्तिक ११ गते खड्पु र पनौती एकै पटक कब्जा भएको थियो । नगरपालिकाले पृथ्वीनारायण शाहले लडा“ईको समयमा प्रयोग भएका स्थान तथा सामाग्रीहरुका बारेमा तस्विहरु सहितको जानकारी समेत उक्त मार्गमा राखि पर्यटकहरुलाई थप आर्कषण र सहजता बनाउने सोच बनाएको छ । अमेरिकाको आईडिआई संस्थाको समेत सहकार्य हुन लागेको छ । धुलिखेल नगरपालिकाले निर्माण गर्न लागेको ट्रेल अपाड्ड र वातावरणमैत्री बनाई नेपालकै नमुना बनाउने कार्यले पर्यटकहरुको आकर्षण थपिनेछ । धुलिखेलमा निर्माण भएका सबै होटलहरु समेत अपाड्डमैत्री बनाउन ब्यवसायीहरु सहमत भएका छन् । यसले धुलिखेलको पर्यटन विकास र यसप्रतिको सोच तथा दृष्टिकोण सहितको निर्माणले थप फड्को मार्ने निश्चित छ ।