2019 January 19/ 08:03: 58pm

    शक्ति, पहुँच र पैसाका भरमा राष्ट्रिय सम्पत्ति ब्रम्हलुट गर्ने गिरोह तथा दोषीलाई कारवाही गरिनु पर्छ। विकासका नाममा धमिरा जस्तै गाउँ–गाउँ पसेर बन भित्रका बहुमुल्य बस्तुहरुको चोरी निकासी गर्ने गिरोहलाई लुकाउन भएका प्रयासहरु छताछुल्ल भएका छन्। २०७१ साल मंसिर देखि २०७५ साल मंसिरसम्म गुपचुप हुनु रहस्यको विषय छ। सालको काठ जंगलमै छ। सामुदायिक बन उपभोक्ता समुहको जिम्मेवारीमा छाडिएको काठको गोदाम कायम रहे पनि दोषिलाई कारवाहीको आलटाल गरिएको थियो। मुद्दा दर्ता गरी फाईल समेत गुपचुप राखिएको अवस्थामा बँदेलको तस्करीले फुत्किएको छ। 
    सालको काठ तस्करीमा उजुरी परेसँगै गिरोहका सदस्यले त्यसको ओसारपसार गर्न सकेनन्। सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा काटिएका सालका रुखहरुको खोजी अझै हुन सकेको छैन। इलाका वन कार्यालय कटुञ्जेका प्रमुख उदिमप्रसाद राईले घटनाको चार वर्ष वितिसक्दा समेत अनुसन्धान टुङ्गयाउन सकेका छैनन्। साविक फोक्सिङ्गटार गाविस वडा नम्वर ५ ठुलोपोखरा घर भएका रकम सिं घलान (लामा), विजय लामा र ज्ञानबहादुर स्याङ्गतान समेतको समुहले जंगलको ४ सय ४९ क्युफिट साल काटेर विक्री गर्न लागेको अवस्थामा स्थानीयले गरेको उजुरीका आधारमा रोकिएको थियो। रकम सिं घलानको नेतृत्वमा भएको उक्त काठ तस्करीमा यति लामो समय उन्मुक्ति दिदै आएको थियो। मुद्दा अघि नबढाउन र प्रहरीलाई पक्राउ नगर्न रकम सिं घलानको समुहले केहि रकम खर्च समेत गरेका थिए। 
    बन अधिकृत राईको सरुवा भएको छ। त्यहि मुद्दाका कारण जिल्ला वन कार्यालयले उनलाई रमाना दिएको छैन। प्रमुख बन अधिकृत बद्रि कार्की समेत उक्त घटनाको अनुसन्धान गहिराईमा पुगेर होस् भन्ने पक्षमा देखिएका छन्। प्रहरीलाई सालको रुख काटेर विक्री गर्ने समुहलाई पक्राउ गर्न पत्र पठार्र्ईएको छ। प्रहरीले उनिहरुलाई अझै पक्राउ गर्न सकेको छैन। प्रहरीले पक्राउका लागि पटक पटक उनिहरुको ठेगानामा पत्र सहित प्रहरी पठायो तर उनिहरु सधै शहरमा बस्ने र प्रहरी पुग्ने बेला गाउँमा नहुने भएकाले अनुसन्धान समेत प्रभावित भएको छ। सरकारी वनबाट सालका रुख काट्ने समुहका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न स्थानीयले पटक पटक माग गरेका थिए। साविक बनखु गाविसको वडा नम्वर १, ३, ४ मा पर्ने सरकारी बनको सालको रुख चोरी निकासी गरेको अयिभोगमा मुद्दा दर्ता भएको थियो। 
    सालको काठको चोरी निकासी घटना यो नै पहिलो होईन। पाँचखाल लगायतका क्षेत्रमा सालको काठ चोरी हुँदा प्रहरीले चोरी गर्ने सदस्यहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान गरेको थियो। यो घटनामा जिल्ला वनले खटाएको अधिकृतको कमजोरीका कारण दोषीहरु खुलेआम हिडिरहेका छन्। सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ताको तयारी भए पनि दोषिलाई नियन्त्रणमा लिने प्रयास भएको छैन। दोषीलाई उन्मुक्ति दिन गरिएको सुस्त अनुसन्धान र फरार ब्यक्तिलाई नियन्त्रणमा नलिई गरिन लागिएको अनुसन्धानले अवैद्य चोरी निकासीलाई प्रशय दिन खोजिएको त हैन? भन्ने प्रश्न जन्माएको छ। त्यसैले तत्काल दोषीलाई कारवाही गरिनु पर्छ।