2024 May 05/ 09:10: 21pm

एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छानिएका छन्। ऐतिहासिक महाधिबेशनका रुपमा सम्पन्न गर्ने गरी एमालेले देशभर कार्यकर्ताहरुको परिचालन गरेको छ। चितवनमा हुने राष्ट्रिय महाधिबेशन ऐतिहासिक हुने गरी नेतृत्व निर्माण गर्नेछ। भर्खरै फुटेको एमालेको असर कम गर्न एमालेले विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुको उचित ब्यवस्थापन गर्नेछ। आगामी तीन तहकै निर्वाचनमा पार्टीका उम्मेदवारहरुको विजयीका लागि तयारी गर्नेछ। सरकारबाट बाहिरिनु पर्नाका कारण र त्यसको असर, मुलुकमा निम्तिएको अस्थिरता, न्यायालयमा मुद्दाहरुको खरिद विक्री तथा आम नागरिकहरुले दैनिक ब्यहोर्नु परेको मुल्य बृद्धि लगायतका जनसरोकारका विषयमा महाधिबेशन पछिको नेतृत्वले गम्भीर समीक्षा गर्नेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको पार्टी र मुलुकको परिवर्तनका बारेमा पनि महाधिबेशनले थप निर्णय लिनेछ। एमाले अध्यक्ष केपी ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउने पार्टी कार्यकर्ताहरुको चाहनालाई एमालेका आम प्रतिनिधिहरुले निक्र्याैल गर्नेछन्। 
    एमालेको महाधिबेशनले एकै पटक धेरै सन्देश दिदैछ। लामो समय देखि महाधिबेशनको चर्चा गरेर पनि गर्न नसकेको नेपाली काँग्रेसको महाधिबेशन, वर्षाै देखि महाधिबेशन विना नै नेतृत्व लिईरहेको नेकपा माओवादी, जिल्लाभर अधिबेशन सम्पन्न गरी महाधिबेशन घोषणा गरिसकेको राप्रपा लगायतका राजनीतिक दलहरुलाई एमालेको महाधिबेशन र ब्यवस्थापन चुनौती बन्ने सम्भावना छ। काँग्रेसको कार्यालयमा कृयाशील सदस्यता विवादले अझै धर्ना जारी छ। चार महिना देखि धर्ना बस्दा समेत वेवास्ता गरेको नेतृत्वले एकतर्फी निर्णय गरेको कृयाशीलका बारेमा असहमति त छँदैछ सत्ताको नेतृत्वको गरेको काँग्रेस भित्रको गुट उपगुटले महाधिबेशन नै संकटमा पु¥याएको छ। पटक–पटक सरेको महाधिबेशन मंसिर महिनामा हुन सकेन भने आउने निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारले भाग लिन पाउने अवस्था छैन। यस्तो अवस्थामा एमालेले शुरु गरेको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धालाई महाधिबेशनले थप बल पु¥याउने छ। 
    नेपालमा पहिलो पटक एमालेले विद्यान महाधिबेशन सम्पन्न गरेको छ। महाधिबेशनमा विचार, विधान भन्दा नेतृत्वको बहस हुन थाले पछि एमालेले अलग्गै महाधिबेशन गरेको हो। त्यसबाट पनि एमालेले शुरु गरेको लोकतान्त्रिक विधिलाई कार्यकर्ताहरुले अनुमोदन गर्दै प्रतिस्पर्धामा सामेल भएका छन्। महाधिबेशन प्रतिनिधि छनौट गर्ने क्रममा कार्यकर्ताहरुको उत्साह सँगैको त्यागले त्यहि देखाएको छ। एमालेमा रहेर एमालेकै नेतृत्व गरेर पटक पटक राजकिय पदमा पुग्ने नेताहरुले पार्टी फुटाएको असर कम गर्न एमालेले देशभर नै पार्टी प्रवेश सँगै नेता तथा कार्यकर्ताको ब्यवस्थापन शुरु गरेको छ। अहिले पनि एमालेमा १० बुँदेको विवाद देखाएर एमालेको एकतालाई भड्काउन खोज्ने शक्तिहरु सक्रिय भएका छन्। महाधिबेशनले १० बुँदेमा उल्लेख भएका हरेक विषयको सम्बोधन मात्रै नभई कार्यान्वयन गर्नु जरुरी छ। एमाले भित्रका सबै विवादहरुलाई अन्त्य गर्ने ऐतिहासिक महाधिबेशन सफल बनाउन पार्टीका सबै तप्काहरुको सक्रियताले मुलुक समृद्ध बनाउन जरुरी छ।