2018 November 19/ 08:23: 05am

    हिजो घटस्थापनाबाट शुरु हिन्दुहरुको महान् चाड विजया दशमीको खुशीयाली मनाउन देश तथा विदेशबाट पनि आफन्तहरु फर्कने क्रम शुरु भएको छ। वर्षभरी घर बाहिर रहेका नेपालीहरु पनि हिन्दु संस्कार अनुसारको दशैं मनाउन घर फर्कने चलन छ। घर सरसफाई गर्ने देखि नयाँ कपडा लगाउने, मिठो खाने नेपालीहरुको महान चाड दशैंमा हुँदा र छँदा भन्दा पनि जसरी पनि दशैंलाई जोहो गरेर रमाईलो गर्नै पर्ने दशैंका रुपमा लिईन्छ। पहिले पहिलेको तुलनामा दशैं धेरै आवश्यकता भन्दा पनि देखावटीका रुपमा मनाउन थालिएको छ। अभाव भए पनि आफ्नो गच्छे अनुसारको ब्यवस्थापन गरेर दशैं मनाउने चलनमा पछिल्लो समय फेरबदल आएको छ। दशैंले हरेक नेपालीहरुको घरमा खुशी, सुख र सम्वृद्धि ल्याउनु पर्छ। फेसनका रुपमा मनाउन थालिएका चाडवाडहरुले ल्याएको संकट वा विपद्् दशैंमा नआओस्। समयमै सबैले दशंै मनाउँदा त्यस्ता विषयमा ख्याल पु¥याउनु जरुरी छ। 
    हिन्दु परम्परा अनुसार राखिएको जमरा दशमीको दिन विशेष पूजा सहित लगाउने चलन छ । लोकतन्त्र प्राप्ति पछि खुशी र उल्लासले मनाउँदै आएका दशंैहरु जस्तोसुकै संकटमा पनि उल्लासमय बन्दै गएको छ। चाहे सशस्त्र द्वन्द्वका समयमा राज्य पक्ष वा विद्रोही पक्षको डर किन नहोस्, छिमेकी देश भारतले लगाएको नाकाबन्दी नै किन नहोस् नेपालीहरुले केहि पर्वाह नगरी दशैंलाई उल्लासमय बनाउने गरेका छन्। स्थानीय तहको निर्वाचन, गत मंसीरमा सम्पन्न प्रदेश र केन्द्रको निर्वाचन पछि बनेको सरकार र मुलुकले प्राप्त गरेको स्थायी सरकार प्रति नेपालीहरुको आशा र भरोसा ह्वात्तै बढेको छ। विभिन्न स्थानमा भएका केहि घटनाहरु, सरकारले विगतकै जस्तो कार्यशैली भएका कर्मचारीहरुसँग लिने काम र ब्यवस्थापनलाई अझै सुधार्नु जरुरी छ। हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भन्ने नेपाली उखान यो वर्ष मेल खान थालेको छ। ग्रामीण भेगमा पानीकै कारण सवारी साधन निर्वाध चल्न सकेका थिएनन्। खानीखोला, महाभारत तथा कोशिपारीका दुई गाउँपालिकाहरुले पनि दशैंका लागि बाटो मर्मत र सरसफाई गरिसकेका छन्। 
    धेरै भुकम्प पीडितहरुले राज्यबाट लिएको अनुदानमा ऋण समेत गरी घर निर्माण गरेका छन् । दशैं देखि नयाँ लुगासँगै नयाँ घरमा बस्ने सपना यो दशैंले जुराएको छ भुकम्प पीडितहरुका लागि। भुकम्पको पीडित भएर पनि अनुदान प्राप्त गर्नै नसकेका पीडितहरुले पनि गुनासो मार्फत पुनः सम्बोधन गर्ने गरी स्थानीय सरकारलाई जिम्मेवारी प्रदान गरिएको छ। स्थानीय सरकारले आफ्ना नागरिकहरु पीडित बनाई रहन सक्ने अवस्था हुँदैन। त्यस्तो अवस्थामा उनिहरुको भावना समेत समेट्दै दशैंलाई खुशी र उल्लासमय बनाउन स्थानीय सरकारहरुले समेत भूमिका खेल्नु जरुरी छ। शान्ति, सुरक्षा, विकास निर्माणमा तिब्रता, भ्रष्टाचार र ढिलासुस्तिको अन्त्य अहिलेको प्रमुख आवश्यकता हो। दशैंलाई विकृति र विसंगति हटाउँदै आफन्त, नातागोता र इष्टमित्र भेट्ने चाडका रुपमा लिनु पर्दछ। संस्कृति जोगाउने नाममा अति गर्ने र सुधार्ने नाममा परम्परा विर्सने कुरा हुन सक्दैन। क्षमता अनुसारको दशैं मनाउन खसी किन्नै पर्ने ? नयाँ कपडा लगाउनै पर्ने ? तास जुवा खेल्नै पर्ने भन्ने छैन। जे छ, जस्तो अवस्थामा छ त्यसलाई नै पर्वका रुपमा मनाउन मन देखि नै खुशीयाली हुनु जरुरी छ। दशैं शुभ रहोस्। नवदुर्गा भवानीले नेपालीहरु सबैको कल्याण गरुन्। विजया दशमीको सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं।