2024 April 26/ 01:49: 18pm

    पाँचखाल/ह्याविट्याट फर ह्यूमनिटी नेपालको सहयोगमा आर्किटेक्चर्स सान्स फ्रन्टियर्स नेपालले नेपाल पूननिर्माण सहयोग कार्यक्रम मार्फत पाँचखाल नगरपालिकामा  १ हजार ७९ घर निर्माणमा सहयोग पु¥याएको छ । निर्माणमा भएको सहयोगले सिमान्तकृत समुदाय खुशी भएको छ ।
    २०७३ जेठ महिना देखि २०७५ पौष महिनासम्म उक्त कार्यक्रम मार्फत परियोजना क्षेत्र भित्रका भुकम्प बाट प्रभावित घरधुरीको पुर्ननिर्माण तथा पुनस्थापना गर्नको लागि सहायता पु¥याईएको थियो । प्रकोप नियन्त्रणको लागि सहभागितामुलक क्षमताको विकास गर्न, पास्सा समुह मार्फत भुकम्प बाट प्रभावित समुदायमा सुरक्षित आवास निर्माण प्रविधिको ज्ञान र सिपको विकास गर्न, पुर्ननिर्माण संग सम्बन्धित व्यबसाय संचालनको लागि आवश्यक प्राविधिक सिप तालिम तथा बजारीकरण सहयोग प्रदान गरि जिविकोपार्जमा टेवा पु¥याउन कार्यक्रम सफल भएको पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले बताईन् । कार्यक्रम मार्फत सामाजिक परिचालन, प्राविधिक सहयोग, तहगत सहयोग र बजार विकास कार्यक्रमले सिमान्तकृत समुदाय लाभान्वित भएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताए ।
    सुरक्षित आवास निर्माणका लागि प्राविधिक सहयोग केन्द्रको स्थापना समेत गरेको उक्त कार्यक्रमले ७ दिने दक्ष डकर्मी तालिम २ वटा प्रदान गरेको छ । तालिमबाट ६० जना डकर्मी तयार भएका छन् । ३ सय ६० घण्टा अदक्ष डकर्मी तालिमबाट २९ डकर्मी तयार भएका छन् । एक हजार घरमा प्राविधिक निरीक्षणमा सहयोग पु¥याएको उक्त कार्यक्रमबाट ३० जनाले डकर्मी सम्वन्धी पुर्नताजगी तालिम प्राप्त गरेका छन् । १२ करोड ३ लाख २९ हजार ३ सय ५७ रुपैया बजेट मध्ये ११ करोड ५९ लाख ४८ हजार ९ सय ६६ रुपैया खर्च गरिएको छ । भुकम्प बाट प्रभावित समुदायको पुनस्थापनाको लागि समुदाय आफैलाई सुरक्षित आवास निर्माण सम्बन्धि ज्ञान सिप र चेतनाको विकास गराई पुननिर्माणमा समुदायलाई नै अग्रसर बनाउनको लागि भुमिका निर्वाह गर्ने परियोजनाको लक्ष्य अनुसारको उपलब्धी भएको सहभागिहरुले बताए ।
    कार्यक्रमको समिक्षा गर्दै जिल्ला स्तरीय समितिमा सहभागिहरुले सिमान्तकृत समुदायका लागि कार्यक्रमबाट राहत मिलेको बताए । परियोजनाबाट २ हजार ३ सय ४७ सम्झौता भएका लाभग्राहिहरुलाई सेवा दिएको थियो । पास्सा तालिम १ सय ५० जनाले लिएका थिए भने चारवटा खानेपानी ट्याङ्गि निर्माण, एकवटा सामुदायिक भवन निर्माण गरिएको कार्यक्रम संयोजक कृष्ण विकले जानकारी दिए । भुकम्पीय अनुदान २ सय ५० घरले प्राप्त गरेका छन् भने ४ सय ९९ घरमा थप ५० हजार रकम उपलब्ध गराईएको छ । १ सय ५७ वटा घरलाई ५० हजार बराबरको दक्ष कामदार सहयोग गरिएको छ । प्राविधिक सिप विकास तालिम ६८ जनाले प्राप्त गरेका छन् भने औजारालय स्थापना १ वटा र निशुल्क औजारहरुको सेवा प्रवाह १ सय ६० घरलाई गरिएको छ । २ सय ६२ जना इन्जिनियरहरुलाई प्राविधिक ज्ञान दिईएको छ ।