2024 April 27/ 02:44: 22am

फरक तरिका, नयाँ अभ्यासले हौस्यायो सदस्यलाई
    बनेपा/भर्खरै फिलिपिन्सको मनिलामा सम्पन्न भएको एशियाली ऋण महासंघको साधारण सभाबाट निरन्तर एक्सेस ब्रान्डलाई निरन्तरता दिन सफल रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको  छ । 
     संस्थाले पहिल्लो पटक ५ वटा क्षेत्रमा क्षेत्रगत सभा गरीे साधारण सभा सम्पन्न गरेको हो । बनेपा क्षेत्रको सभा संस्थाका अध्यक्ष रामहरी केसीको अध्यक्षतामा सम्पन्न भएको छ भने रवि ओपी क्षेत्रको सचिब प्रेमनाथ कोईरालाको अध्यक्षतामा सम्पन्न भएको छ । त्यसैगरी धुलिखेल क्षेत्रको कोषाध्यक्ष धुब्र्रबहादुर भुजेलको अध्यक्षतामा भएको थियो भने पुलबजार क्षेत्रमा सह–सचिब गंगाराम ठकुरीले अध्यक्षता गरेका थिए । त्यसैगरी नाला क्षेत्रमा लेखा संयोजक जयराम थापाको अध्यक्षतामा वार्षिक साधारण सभा  सम्पन्न भएको थियो । संस्थाको ८ करोड ६४ लाख १० हजार ८ सय शेयर पुजीं रहेको छ भने बचत ५७ करोड ८२ लाख ४६ हजार ४ सय ८९ रहेको छ । संस्थाको कुल कारोबार २ अर्ब ७७ करोड ७८ लाख २३ हजार ९६ रुपयाँ रहेको छ । सम्पत्ति ८२ करोड ९० लाख ५६ हजार ५ सय ८६ रहेको छ । संस्थामा १४ हजार ८८ सदस्य रहेका छन् । संस्थाले लघुवित्त कार्यक्रम, सहकारी शिक्षा शिविर, विप्रेषण, दुर्घटना बीमा सुविधा, एक्सेस ब्राण्डिङ्ग, लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रमुख कार्यकारी अधिकृत विबेक राज ठकुरीले वताए । 
    बुडोल सामुदायिकले प्रमुख अतिथी विना नै कार्यक्रम संचालन गरेर सदस्यहरुलाई समेत हौस्याएको छ ।