विश्वास, प्रविधि अनि धोका । नगरौं नहुने गरौं धोका पाईने । एकजना होईन घरकै सदस्यहरु सबैजनालाई तनाब हुने गरी गरिएका अक्षम्य अपराध थियो त्यो । हामी सम्झन्छौं हामीबाट त्यस्तो अपराध कसरी हुन सक्यो ? तर भई पनि सक्यो । गर्नु के छ र ? हाम्रो घटनाबाट अरुले पाठ सिकून् भन्ने हो । त्यहि घटनाबाट सिकेको पाठले प्रविधिको दुरुपयोग हुन नसकोस् । प्रविधिबाट भएको घटनाबाट सबैले अनुसरण गर्न सकून् ।
हामी सामान्य परिवारका मान्छे हौं । पाँचखालमा थोरै जमिन छ । साबिक होक्से गाविसमा हाम्रो जन्म भएको हो । अहिले मात्रै पाँचखाल नगरपालिका भएको होे । पलाञ्चोक भगवती मन्दिर, नेपाली सेनाको अन्र्तराष्ट्रिय स्तरको ब्यारेक लगायतका संरचना निर्माण भएका छन् । चेतना, शिक्षा र आर्थिक रुपले हामी माथी नै थियौं । बुबा आमाले दुःख गरेर हामीलाई हुर्काउनु भयो । पढाउनु भयो । उच्च शिक्षा हामीले त्यतैबाट हासिल गरेका छौं । दुई दिदी बहिनी र एक भाई छन् । बुबा आमालाई काममा सहयोग गर्ने र बाँकी समय सामाजिक अभियानमा बिताउने हाम्रो चाहनामा कहिल्यै अभिभावकको रोकतोक हुँदैन थियो । त्यहि स्वतन्त्रता हाम्रा लागि अभिशाप बन्यो । बुबा आमाले जहिल्यै हाम्रो प्रगतिका लागि सहजता मात्रै बनाई दिनु भयो । हाम्रो उद्देश्यमा अवरोध कहिल्यै भएन । मोडल बन्ने, संचारकर्मी बन्ने, कलाकार बन्ने र समाजमा केहि योगदान पु¥याउने हाम्रो उद्देश्य थियो । त्यहि उद्देश्य पूरा गर्न हाम्रो घरसम्म एकजना ब्यक्ति आईपुगे दिपेश गुरुङ्ग उर्फ किशोर तामाङ । अहिले यस्तो परिचय लुकाएर आफ्नो अभिस्ट पूरा गर्ने स्वार्थ समुहको विगविगि छ । उनले आफ्नो परिचय ढाँटेका थिए । घर ठेगाना लुकाएका थिए । झुट बोल्ने र सोझा ब्यक्तिहरुलाई फसाउने उनको नियत नै रहेछ । ठगी गर्ने, माया जालमा पार्ने र त्यहिबाट फाईदा उठाएर आफ्नो स्वार्थ पूरा गर्ने अभियानमा उसले धेरै ब्यक्तिको जीवन ध्वस्त बनाएको रहेछ ।
हाम्रो घरमा बुबासँगै उसले सम्बन्ध बढायो । २०७७ असार ३ गते किशोर आफ्ना छदम नाम सहित पाँचखाल नगरपालिका वडा नम्वर ४ मा संस्था दर्ता गर्ने क्रममा हाम्रो घरमा आई पुगेको थियो । संस्था दर्ता गर्ने क्रममा हाम्रो बुबासँग उसको चिनजान भयो । चिनजानकै आधारमा किशोरले पाँचखालमा कार्यालय राख्ने गरी पाँचखाल नगरपालिका ८ मा प्रबन्ध निर्देशक आफु रहने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेमा संस्था दर्ता गरेका थिए । रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नम्वर ८ का रमेश तामाङलाई संस्थाको अध्यक्ष बनाएका रहेछन् । रमेश तामाङ किशोरको जेठो श्रीमतीका दाजु रहेछन् । उनीहरु दुवै मिली ठगी धन्दा संस्थागत गरेका रहेछन् । संस्था दर्ता सँगै किशोरले दिपेश गुरुङ्गका नाममा पाँचखाल नगरपालिकामा २०७६ असार १५ गते बालगृह दर्ता गरेको जानकारी गराएका थिए । बालगृह दर्ता गरेसँगै पाँचखालमै चोमोलुङमा मिडिया अनलाईनको कार्यालय खोलेर अन्र्तवार्ता लिने काम शुरु गरेका थिए । उक्त अनलाईनको कार्यालय पुतलिसडक काठमाडौमा पनि खोलेको रहेछ । जसमा दिपेश गुरुङ्ग कार्यालय प्रमुख रहेको परिचय पत्र बनाईएको छ । आरुघाट गोर्खा र पाँचखाल ठेगाना राखेर उनै किशोरले दिपेश गुरुङ्गका नाममा कञ्चन म्युजिक प्रालिको कार्यालय प्रमुखको परिचय पत्र बनाएका रहेछन् । उनै किशोरका रोहित गोले, दिपेश गुरुङ्ग लगायतको नाम रहेछ । उनका १३ वटा जति फेसबुक आईडी रहेको, गोर्खा लगायतका विभिन्न जिल्लामा घर बताउने, अविवाहित भन्दै युवतीहरुसँग प्रेम गर्ने र शारिरीक सम्वन्ध राखी अलपत्र पारिदिने, विवाहित श्रीमती र बच्चाहरुलाई वेवास्ता गर्ने गरेको प्रहरी अनुसन्धानबाट जानकारी पायौं ।
हेटौंडाकी १४ वर्षीया बालिकाको अनलाइन गेम ‘फ्रिफायर’ खेल्ने क्रममा बागलुङका केसी थरका युवकसँग चिनाजानी भयो । चिनाजानी प्रेममा परिणत भयो । भेटघाट बाक्लिन थाल्यो । भेटघाटका क्रममा फोटा तथा अन्तरंग भिडियो पनि युवकले हात पारे । जब सम्बन्धमा समस्या आउन थाल्यो युवकले बालिकाको फेसबुक ह्याक गरेर उक्त फोटो र भिडियोहरू अपलोड गरिदिए । जाहेरी प्रहरीमा पुग्यो । भक्तपुरकी एक बालिकाको भिडियो बनाएर म्यासेन्जरको स्टोरीमा एक युवकले पोस्ट गरे । बालिकाले हटाउन भनिन्, तर युवकले मानेनन् । फेसबुक र ह्वाट्सअपमा कुराकानी हुने युवकले नै उनलाई त्यसो गरेका थिए । बालिकाले धेरै आग्रह गर्दा युवकले मान्नुको त परको कुरा धम्की दिन थाले । उनी बाध्य भएर प्रहरीसम्म पुगिन् । यी दुई घटना प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीमा एकैदिन दर्ता भएका हुन् । दैनिक यस्ता उजुरी लिएर अभिभावकको साथमा बालबालिका पनि पुगेकै हुन्छन ्। विद्युतीय अपराधमा पर्नेमा बालबालिकाको संख्या बढ्दो क्रममा छ । कोही संलग्न छन् त कोही पीडित । युट्युबमा हेरेको भिडियो, नाटक वा ‘प्रेङ्क’ (छक्याउने) खेललाई आफूले पनि नक्कल गर्दा अञ्जानमा अपराध गर्न पुग्ने बालबालिकाको संख्या दैनिक बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ । विभिन्न खेल र म्यासेजका कारण बालबालिका पीडित र पीडक दुवै बन्ने गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रमुख नविन्द्र अर्यालले बताउनु भयो ।
मलाई शुरुमा हामी मात्रै यस्तो धन्दामा ठगिएका हौ कि जस्तो लागेको थियो । अहिले भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरोमा विद्यालय पोसाकमा नै उजुरी दिन पुग्ने दर्जनौं भेटिन्छन् । प्रहरीले अनुसन्धान पछि पक्राउ गरेर ल्याएका पीडक बालबालिका पनि उत्तिकै भेटिन्छन ्। यसमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या उच्च छ । प्रहरीको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार ४ सय ५१ जना फेसबुकको माध्यमबाट साइबर क्राइममा परेका थिए । जसमा १८ वर्षमुनिका ४९ जना बालिका र २५ जना बालक नै पीडित भेटिए । पाँचखालमा स्टुडियो राखेका किशोरले शुरुमा मेरो दिदीलाई कार्यालयमा बोलाएर काम दिए तर पैसा दिएनन् । उनैसँग तामाङ समुदायको परम्परा अनुसार दुई पटक प्रेम सहित विवाह गर्ने भन्दै सगुन खाए । सगुन खाए पछि आफ्नै श्रीमती झै ब्यवहार गर्न थाले । उनिहरु बीच शारिरीक सम्वन्ध रहेको पछि थाहा भयो । दिदीसँग शारिरीक सम्वन्ध रहे पछि उनले स्टुडियोमा मलाई बोलाएर काममा लगाए । बहिनी र दिदी दुबैले गरिब ब्यक्तिहरुसँग अन्र्तवार्ता लिने र युट्युबमा राख्ने भन्दै जानकारी गराउन थाले । उसले दिदीसँग सम्बन्ध राख्दा राख्दै म सँग सम्बन्ध राखेको रहेछ । रहन थाल्यो । म सँग शारिरीक सम्वन्ध भए पछि दिदीसँग खाएको सगुन उनले त्यागेका रहेछन् । पछि धेरै कुराको भेद खुल्यो । दिदीलाई आफु विरामी भएकाले विवाह गर्न नसक्ने बताउँदै मसँगको सम्बन्धलाई गहिरो बनाए । उक्त घटना हामी दिदी र बहिनी दुवैलाई जानकारी भएन । किशोरले बनेपा नगरपालिकामा डेरा लिएका रहेछन । मलाई काठमाडौको स्टुडियोमा काम छ भन्दै घरबाट लिएर हिडें । म त उनको विश्वासमा थिएँ । उनले मलाई प्रेम सहितको विवाह गर्ने बचन दिएका थिए । दिदीसँग सगुन खाईसकेका ब्यक्ति मलाई पनि त्यहि प्रलोभनमा पारेर सम्बन्ध राखिसकेका थिए । काठमाडौ गएको ब्यक्ति घर जानुपर्ने मलाई घर फर्काएनन् । बनेपा स्थित डेरामा राखे । मैल मानेको थिईनँ । उनले तिमीलाई बनेपामै अफिस खोलेर राख्ने भन्दै फकाए । उनका सबै कुराका हाउभाउ र प्रस्तुतीले विश्वास गर्न कर नै लाग्थ्यो । काठमाडौमा भब्य घर, लाहुरे बाबु आमा, राजनीतिक दल, प्रहरीका उच्च पदस्थ ब्यक्तिहरुसँगको सम्बन्ध समेत तस्विर मार्फत देखाउँथे । भाडामा बसेका घर बेटीलाई यो मेरो श्रीमती भनेका रहेछन् । किशोरले मसँग सम्बन्ध राखेको भिडियो बनाए । १३ मिनेट लामो भिडियोमा मैले असहमति राखेको थिएँ हेर्ने र डिलिट गर्ने विश्वास दिलाए पछि मैले मानें । त्यो दिन उनले २ पटक सम्पर्क गरेका थिए । अल्लारे भयो बुद्धि । भर्खर १८ वर्ष प्रवेश गर्दै छु । म हराएको र खोज्नु पर्छ भन्दै दिदीलाई बानेश्वरमा बोलाएका रहेछन् किशोरले । त्यहि रात होटलमा पु¥याई दिदीसँग पनि सम्बन्ध राखेछन् । मलाई कोठामा थुनेर राखेर उता दिदीसँग सम्बन्ध राख्न पुगेका थिए । सगुन समेत खाईसकेका किशोरले मलाई खोजतलास गर्ने भन्दै दिदीसँग पुनः फकाई फकाई सम्बन्ध राखेका रहेछन् । त्यहिबेला उनले जनकपुरमा आफ्नो बहिनी जेलमा रहेको र निकाल्न २ लाख धरौटी तिर्नुपर्ने भएकाले उक्त रकम आईएमई गरिदिने भए मलाई भेट्टाई दिने बताएका रहेछन् । तत्काल प्रहरीले खोजतलास शुरु गरेका थिए । प्रहरीले पहिले मलाई खोज्न दिदीलाई पक्राउ गरी एक रात नियन्त्रणमा राखेको रहेछ । दिदीले उसलाई अविश्वास गर्ने कुनै आधार थिएन । त्यहिकारण उसका बारेमा केहि भनिछन् । रसुवा जिल्लाको भोर्ले गाविस २ मा जन्मिएका किशोर सानै उमेरमा धेरै ब्यक्तिलाई प्रभावित बनाई अपराध गर्न सक्ने खुबीका युवक रहेछन् । बुबा, आमा, तीन दाजु र भाउजु, एक बुहारी, दुई श्रीमती सहित १३ जना परिवारका सदस्य हुन् । उनको जेठी श्रीमती काठमाडौ बस्दै आएकी छिन् भने उनका दाजु ठगीका साझेदार हुन् । एक छोरी उनीबाट जन्मिएकी छिन् । कान्छी श्रीमती काठमाडौमा बस्दै आएकी छिन् । उनीबाट पनि एक सन्तानको जन्म भएको छ । रसुवाकै कालिका माविबाट किशोरले कक्षा १२ उत्तिर्ण गरेका थिए । +२ उत्तिर्ण गरे पछि काठमाडौको नेपालटारमा रहेको नेपालटार बहुमुखी क्याम्पसबाट विएडसम्मको अध्ययन गरेका छन् । दाजु त्यहि बस्ने भएकाले उनी दाजु सँगै बस्दै आएका थिए । अध्ययन गर्दा गर्दै उनी गाडीमा काम गर्न थाले । गाडीमा काम गर्दागर्दै उनले कृषि सहकारी बंैकको ऋण सहयोगमा बस किने । केहि समय बैंकको ब्याज बुझाए पनि उनले साँवा बुझाउन सकेनन् । बैंकले गाडी तानिदिए पछि उनले ट्राभल एजेन्सीमा काम गरे । ट्राभल एजेन्सीमा काम गर्दा गर्दै उनी रुकुम, रोल्पा लगायतका जिल्लामा पुगे । त्यहाँ उनले तेजेन्द्र गुरुङ्गसँग सम्बन्ध बढाए । उनी जर्मनमा बस्ने भए पनि नेपालमा सहज आवतजावत गरिरहेका छन् । उनले नै नेपालमा बालबालिकासँग सम्बन्धीत संस्था खोल्न भनेपछि पाँचखालमा इशारा बालमैत्री संस्था पाँचखालमा खोलेका थिए । त्यहि संस्था खोल्ने क्रममा पाँचखालका दिदी बहिनीसँग उनको सम्बन्ध रहेको थियो ।
सानै उमेरमा सामाजिक सञ्जालको प्रयोगबाट चिनजान र हुँदै प्रेम सम्बन्धमा पुग्ने र अपरिपक्व उमेरमा नै सही निर्णय गर्न नसक्दा झगडा हुँदै सामाजिक सञ्जालबाटै अपराध गर्नसम्म बालबालिका पुग्ने गरेको छन् । साइबर ब्युरोका अनुसन्धान अधिकारी बुद्धि सुवेदीले विद्युतीय कारोबार ऐन २०६३ अनुसार नै अहिले अनुसन्धान र मुद्दा चल्ने गरेको बताउनु भयो । सामाजिक सञ्जाललाई नियन्त्रण र नियमन गर्ने कानुन अहिलेसम्म नेपालमा बन्न सकेको छैन । ३५ दिने हदम्यादका कारण कतिपय घटनामा प्रभावकारी अनुसन्धान गर्न प्रहरीले सकेको छैन । साइबर क्राइमको जोखिमबाट बालबालिकालाई बचाउनको लागि परिवारभित्रकै सदस्यले ख्याल गर्नुपर्ने बालमनो विश्लेषकहरुको अनुभव छ । इमेल, इन्टरनेटसँगै विकास भएको सामाजिक सञ्जालले नागरिकको दैनिकीलाई सहज बनाएको छ । छिनभरमै विश्वको जुनसुकै कुनामा भएकासँग पनि सहजै कुराकानी हुन्छ । विशाल विश्वलाई खुम्च्याएर एउटा गाउँजस्तो बनाएको छ । तर, यसले सहजता मात्रै दिएन, अपराध पनि बढाउँदै लगेको प्रहरीको तथ्यांकले देखाउँछ । आव २०७८÷०७९ को पहिलो तीन महिनामा नै १ हजार ५ सय ४७ वटा साइबर क्राइमका घटना भए । यो तथ्यले यो आर्थिक वर्षमा यस्ता प्रकृतिको घटना अझै बढ्ने देखिन्छ । पछिल्लो घटनामा १८ वर्षमुनिका ४९ जना बालिका र २५ जना बालक पीडित छन् ।
‘आशुतोष’ पीडित बालक
काठमाडौ





