2026 August 02/ 03:44: 46am

    धुलिखेल/रोटरी क्लब अफ धुलिखेलको बर्ष २०१९-२०को अध्यक्षमा विष्णु प्रसाद सापकोटाले सपथ लिएका छन् । 
    रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ मा सबैभन्दा क्लबको रुपमा चिनिएको रोटरी धुलिखेललाई आगामी दिनमा अझ सशक्त तरिकाले अगाडि लग्ने प्रतिबद्धतासाथ नयाँ अध्यक्षले रोटरी बर्ष २०१९-२० मा स्वास्थ्य, शिक्षा र आय आर्जनको कार्यक्रममा बढि प्राथमिकतामा राख्ने जानकारी दिए । सपथ कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व मूख्य सचिब तथा रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर तिर्थमान शाक्यले रोटरी क्लब अफ धुलिखेल जस्तो गरिमामाय संस्थाको अध्यक्ष हुनु धेरै गौरबको विषय रहेको बताए । धुलिखेल रोटरीले समाजमा पु¥याएको योगदान साहै्र सह्रानीय रहेको उनले बताए । रोटरी क्लब अफ धुलिखेल २०१८–१९ मा उत्कृष्ट क्लब छानिएको हो ।