2026 September 26/ 08:50: 15am

           बनेपा/पोर्टेज तथा पुनस्र्थापन संस्था नेपालको २४ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सुरथ बहादुर थापाको अध्यक्षता तथा बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुवंरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सभामा संस्थाका सचिब बलराम दाहालले आ.व. २०८२/०८३ को संक्षिप्त कार्य प्रगति विवरण र २०८३/०८४ को लागि समाहित तथा बिशेष दिवा कक्षाहरु, छात्राबास, व्यावसायिक कक्षा, घरमा आधारित प्रारम्भिक छिटो प्रतिरोधात्मक कार्यक्रम संचालन र परामर्श सेवा कार्यक्रमलाई निरन्तरता दिन्दै प्रभावकारी रुपमा संचालन गर्ने बताएका थिए । 
त्यसैगरी संस्थाका कोषाध्यक्ष राजु सिल्वालले २०८२/०८३को आ.व. आय—व्यय विवरण तथा २०८३/०८४को लागि अनुमानित रु.२८,९२,८००। को आय—व्यय प्रस्तुत गरेका थिए ।                            विद्यार्थीहरु दीपा थापा र निश्चल थापाबाट नृत्य प्रस्तुत गरेको संस्थाको उक्त साधारण सभा कार्यक्रममा संस्थाका उपाध्यक्ष श्रीकृष्ण घिमिरेले स्वागत मन्तव्य, प्रमुख अतिथि राम बहादुर कुंवर, संस्थाका नि.बर्तमान अध्यक्ष सुमन कोख श्रेष्ठ, अभिभावक  सरिता शर्मा, बिष्णु माया घिमिरे निर्देशक मणिराज श्रेष्ठले संस्थाबाट भैरहेको कार्यक्रमको प्रशंसा गरेका थिए ।