2026 September 26/ 08:49: 56am

           बनेपा/हाचिको ल्याङग्वेज एण्ड ट्रेनिङ सेन्टरले रसुवा बाढी प्रभावितलाई ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ । 
हाचीकोमा अध्ययनरत विद्यार्थी र कर्मचारीबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरिएको सिइओ तथा प्रिन्सिपल आशिष लामाले जानकारी दिए । संस्थाको तर्फबाट २० हजार १ सय, सिईओ तथा प्रिन्सिपल आशिष लामाबाट १० हजार ८ सय ५६, सहायक प्रिन्सिपल सुर्य बहादुर तामाङबाट ५ हजार ५, प्रशासकीय अधिकृत सुनिता श्रेष्ठ मार्फत २ हजार सहित कर्मचारीहरु सुदीप तामाङ, राधा खड्का, सन्तोष तामाङले आर्थिक सहयोग गरेका छन् । विद्यार्थीबाट १० हजार ६ सय ६० रुपैयाँ संकलन भएको थियो । उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । विपत्तिको समयमा कन्सल्टेन्सीले देखाएको मानवीय संवेदनालाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ । विद्यार्थी, कर्मचारी र हाचिकोको सहभागितामा संकलित सहयोगले विपत्तिमा परेका परिवारलाई राहत पु¥याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । विपत्तिमा परेका नागरिकको पीडामा साथ दिनु सबैको साझा मानवीय दायित्व भएको हाचिको बनेपाका प्रिन्सिपल आशिष लामाले बताए ।