2026 May 26/ 09:02: 15am

           बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान स्कुलले एसइई परीक्षा २०८२ मा सहभागी तथा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान विदाई गरेको छ । 
प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो  । 
           कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रिन्सिपलले राखेका थिए । प्रिन्सिपलले परिवारको तर्फबाट सम्पूर्ण अतिथि, अभिभावक तथा विद्यार्थीहरूलाई स्वागत गर्दै एसइई जीवनको एउटा महत्वपूर्ण मोड भएको बताए । उनले विद्यार्थीहरूलाई आगामी यात्रामा अनुशासन, लगनशीलता र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे । “विद्यालयले सिकाएको ज्ञान र संस्कारलाई जीवनभर आत्मसात् गर्न सके विद्यार्थी जहाँ पुगे पनि सफल हुन्छन्,” उनले भने । कार्यक्रममा शिक्षक निश्चल लामा, अभिभावक राजन अधिकारी, कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीहरूको तर्फबाट छात्र मिसन उप्रेती र छात्रा कृशला चौलागाईंले प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य लगायतले शुभकामन मन्तब्य राखेका थिए । 
          बैद्यले विद्यार्थीहरूलाई जीवनमा ठूलो सपना देख्न र त्यसलाई पूरा गर्न दृढ संकल्पका साथ अघि बढ्न आग्रह गरेका थिए । बैधले एसइई लाई जीवनको अन्तिम गन्तव्य नभई नयाँ यात्राको सुरुवातका रूपमा लिन आग्रह गरे । “शिक्षा भनेको केवल परीक्षा पास गर्नु मात्र होइन, असल नागरिक बन्ने प्रक्रिया पनि हो,” बैद्यले भने । वैद्यले विद्यार्थीहरूलाई आधुनिक प्रविधि र बदलिँदो विश्वसँग आफूलाई अनुकूल बनाउनु पर्नेमा जोड दिए । उनले समयको सदुपयोग, सकारात्मक सोच र निरन्तर अध्ययनले मात्र विद्यार्थीलाई सफलताको उचाईमा पु¥याउने धारणा राखे । साथै उनले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे । कार्यक्रमका सभापति सुरकृष्ण वैद्यले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । उनले शिक्षा जीवन परिवर्तन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन र मेहनत गर्न प्रेरित गरे । सभापति वैद्यले विद्यार्थीहरूलाई जहाँ पुगे पनि विद्यालयको नाम र प्रतिष्ठा कायम राख्न आग्रह गर्दै असल आचरण र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिए । 
          कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुति समेत दिएका थिए ।